NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन अमेरिका (NRN USA) का प्रेसिडेन्ट सुमनराज तिम्सिनाद्वारा राजिनामा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 12 September 2011 10:00

बिबादको भुङ्ग्रोमा न्यू योर्कमा सेप्टेम्बर १७ मा हुने वार्षिक अधिबेशन
Updated: Exclusive:
न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) का अध्यक्ष सुमनराज तिम्सिनाले ब्यक्तिगत र पारिवारीक कारण देखाउँदै संघको सेप्टेम्बर १७ तारिख न्यू योर्कमा हुन लागेको वार्षिक साधारण सभा (अधिबेशन) को पूर्व सन्ध्यामा राजिनामा दिएकाछन्। तर गाँठी कुरो चाँही ब्यक्तिगत हैन रडाकोको भुङ्ग्रोमा भासिएको संस्थाको तातो कुर्ची (Hot seat) मा बस्न नसकेर हट्न वाध्य भएको भन्ने स्रोतले बताएकोछ।


NRN USA President Sumanraj Timsina. Photo: eEyeCam.com for USNepalOnline

राजिनामाको सम्बन्धमा अध्यक्ष तिम्सिनासंग संपर्क गर्न खोज्दा उनको फोन उठेन। उनको राजिनामाको विवरण यस्तो छ:

From: Suman Timsina < This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it >
To: " This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it " < This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it >

Sent: Saturday, September 10, 2011 10:50 AM

Subject: Thank you

Dear fellow board members

Due to personal and family reasons I have decided to step down from my current position of President. I will make myself available for transition. Thank you for everything.

- Suman R Timsina


NRN USA का बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिब के भन्छन्?

युएस नेपाल अनलाइनले अध्यक्ष सुमन तिम्सिनाको राजिनामापछि NRN USA का केही पदाधिकारीहरुसंग टेलिफोन वार्ता गरेको थियो। उनिहरुको भनाई यस्तो छ:

प्रह्लाद केसी, बरिस्ठ उपाध्यक्ष:

"हामी सुमन जिको राजिनामाको स्विकार गर्छौं किन कि उहाँले ब्यक्तिगत र पारिवारीक कारण दिनु भएको छ। उहाँले आफ्नो कार्यकालमा गरेको कामको उच्च मुल्याङ्कन हुने छ। उहाँको अनुपस्थितीमा पनि हामी न्यू योर्कमा सेप्टेम्बर १७ तारिखमा हुने Annual General Meeting (AGM) सफल पार्नतिर लाग्छौं। NRN USA को आगामी अक्टोबर १२-१४ मा काठमाडौंमा हुने विश्व सम्मेलनमा हामी अमेरिकाको United Team लिएर जानेछौं।"

डा. बिद्या रन्जित, उपाध्यक्ष:

"सुमन जिले गर्नु भएको कामकोलागि धन्यवाद दिन्छौं। उहाँले जुन पारिवारीक र ब्यक्तिगत कारण देखाउनु भएको छ, उहाँले मात्र होइन जो कसैले पदबाट हट्ने मौका पाउनु पर्छ। तर अब हामी अक्टोबर १७ को AGM सफल पार्नतिर लाग्नु पर्छ। We need to move forward."

शिवकुमार राई, महासचिब तथा अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)

"जे जस्तो अवस्थामा राजिनामा आएपनि सुमन जिले राजिनामा दिई हाल्नु पर्ने थिएन जस्तो लाग्छ। राजिनामा मात्र solution होइन। सानोतिनो गल्ती सबैको हुन्छ। काँक्रो चोरलाई मुड्के सास्ती दिनु पर्छ फाँसी नै चढाउनु पर्छ भन्ने परिपाटी हामी कहाँ बस्नु राम्रो होइन। NRN USA ICC सदस्य राजेन्द्र श्रेष्ठले गल्ती गरेको सप्रमाण फेला परेर बोर्डबाट कार्यवाही गर्ने निर्णय हुँदासम्म पनि हामीले उनलाई हटाउन सकेका छैनौं। बुढी मरी भन्नेभन्दा पनि काल पल्केला भन्ने पीर मान्नु पर्ने बेला आएको छ।"

भुवन गुरुङ, प्रबक्ता

"सुमन जिको राजिनामालाई हामीले सकारात्मक रुपमा लिनु पर्छ। उहाँको एक्लै निर्णय लिने बानीले अप्ठ्यारो स्थिती श्रीजना भएको थियो। सल्लाहकारको नियुक्ती एउटा उदाहरण हो। तर Let's go ahead. अब संस्थालाई ५० वटै राज्यमा पुर्याउने अभियानमा एक भएर जुट्नु पर्छ।"

मिलन राई, बोर्ड सदस्य तथा अध्यक्ष युनाइटेड किरात राई ओर्गनाइजेसन अफ अमेरिका (UKROA)

"सुमन जिले राजिनामा दिई हाल्नु नपर्ने हो। एउटै परिवारमा झैझगडा त भईहाल्छ। एउटै ओछ्यान मा सुतेपछि लात्ती त लागि हाल्छ नि। मैले त bylaws र system को कुरा उठाएको थिएं। हामीहरुले कानूनको पालना नगरे कस्ले गर्छ?"

राम खरेल, मिडिया को-अर्डिनेटर

"सुमन जिको राजिनामाले सबैलाई आश्चर्यमा पारेको छ। उहाँले राजिनामा दिने हक छ तर जुन प्रेसरका कारण राजिनामा दिन वाध्य हुनु पर्‍यो, त्यो दु:खद छ।"

अप्डेट जारी छ।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?