NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गैरआवासीय नेपाली संघ (NRNA) दुवई घोषणा पत्र PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 16 January 2011 04:42

गैरआवासीय नेपाली संघ (NRNA) दुवई घोषणा पत्र

२०११ जनवरी १५

माननीय उपप्रधान तथा परराष्ट्रमन्त्री, माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राष्ट्र बैंकका गभर्नर, संविधान सभाका सदस्य,, मध्यपुर्व क्षेत्रका नेपाली कुटनीतिक नियोग प्रमुखहरु नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु तथा गैरआवासिय नेपाली संघका २१ देशका प्रतिनिधिहरुको उपस्थितिमा सामुहिक लगानी एवं सुरक्षित आप्रवासनको मुल नाराकासाथ संयुक्त अरब इमिरेटसको दुवईमा जनवरी १४-१५ २०११ मा सफलतापूर्वक सम्पन्न पाँचौ गैरआवासिय नेपाली क्षेत्रिय सम्मेलनमा अभिव्यक्त बिचारलाई सम्बोधन गर्दै यो सम्मेलन निम्न प्रतिवद्धतासहितको दुवई घोपणापत्र जारी गर्दछ ।



१. नेपाल राष्ट्रको सार्वभौम सत्ता, राष्ट्रिय एकता र अखण्डता, दिगो शान्ती, लोकतान्त्रिक एवं समावेशी गणतन्त्रको संस्थागत बिकास, मानव अधिकार र मौलिक स्वतन्त्रताको प्रत्याभूति हुनुपर्ने देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुको भावना बमोजिम जारी शान्ति प्रकि्रयालाई तार्किक एवं सकारात्मक निष्कर्षमा पुर्याउन र निर्धारित समयभित्र संविधान बनाउन यो सम्मेलन सम्पूर्ण राजनीतिक दलहरुबीच निरन्तर सम्वाद सहमति र सहकार्य जारी राख्न हार्दिक आग्रह गर्दछ ।

२. वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सूचनाको आवश्यकतालाई पहिचान गरि नेपाल सरकार र निजी क्षेत्रसंगको सहकार्यमा नेपालका सबै गाउँ बिकास समिति र नगरपालिकाहरुमा वैदेशिक रोजगार सम्बन्धी सूचना पुस्तिका वितरण गर्ने गैरआवासिय नेपाली संघ प्रतिवद्धता व्यक्त गर्दछ । त्यसकालागि आवश्यक सूचना संकलन गर्न राष्ट्रिय समन्वय परिषदलाई परिचालित गरिने छ र यसमा लाग्ने सम्पूर्ण खर्च गैरआवासिय नेपाली संघले जुटाउने छ । साथै गाउँ बिकास समिति र नगरपालिकाहरुमा क्रमशः वैदेशिक रोजगार सेवा केन्द्रको स्थापना गर्न सरकारसंग आग्रह गर्दछ । गैरआवासिय नेपाली संघको काठमाडौंस्थित केन्द्रिय सचिवालयलेसमेत वैदेशिक रोजगारका सरोकारवाला संघसंस्थासंग सहकार्य गरि सूचना सम्पे्रषण तथा उद्धार कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

३. वैदेशिक रोजगारले मुलुकको गरिबी निवारण र मानव संसाधनको बिकासमा  पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन गैरआवासिय नेपाली संघले बिभिन्न अवसरमा दिएका सुझावलाईसमेत समावेश गरि यथाशिघ्र वैदेशिक रोजगार नीति ल्याउन नेपाल सरकारसंग यो सम्मेलन आग्रह गर्दछ ।

४. मध्यपूर्व क्षेत्रमा रहेका कामदारहरु विशेष गरि महिलाहरुको व्यक्तिगत र रोजगार सुरक्षाको बिषय जटिल वनिरहेको निष्कर्ष निकाल्दै कामदारको आवश्यक सिप प्रवद्र्धन गर्नेलगायत सुरक्षित आप्रवासनकालागि गरिने सम्झौतासहित तत्कालका समस्या समाधान गर्न कुटनीतिक नियोगसंग सहकार्य गर्ने गैरआवासिय नेपाली संघ प्रतिवद्धता व्यक्त गर्दछ । उल्लेख्य संख्यामा नेपालीहरु रोजगारमा रहेका तर नेपाली नियोग नभएका विशेषगरि मध्यपूर्वी राष्ट्रहरुमा दुतावासको स्थापना गर्नुकासाथै त्यस क्षेत्रमा महिला कामदारको संख्या निरन्तर वृद्धि भइरहेकोले सबै कुटनीतिक नियोगमा अनिवार्य महिला कर्मचारीको व्यवस्था गर्न यो सम्मेलन नेपाल सरकारलाई आग्रह गर्दछ ।

५. वैदेशिक रोजगार बजार अनुसन्धान, पहिचान, विविधिकरण र प्रवद्र्धनमा नेपाल सरकार निजी क्षेत्र तथा गैरआवासिय नेपाली संघबीच सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता बोध गर्दै त्यस्तो किसिमको संयन्त्र निर्माण गर्न गैरआवासिय नेपाली संघले पहल गर्नेछ र नेपाल सरकारबाट आवश्यक सहयोग रहनेमा विश्वास व्यक्त गर्दछ ।

६. वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र सम्मानित गराउन विदेशमा रहेका नेपाली संघसंस्थाहरुको सकि्रय सहयोग अपेक्षित रहेको सन्दर्भमा संस्थागत संरक्षण लिएर हुने गरेका गैर कानुनी कामलाई पुर्णत निषेध गर्नुपर्ने आवश्यकतालाई मनन गर्दै गैरआवासिय नेपाली संघको सम्मानित पहिचानलाई यसका सदस्यहरुबाट दुरुपयोग हुन नदिन यो संघ आफ्ना सम्पूर्ण इकाइहरुलाई निर्देशन जारी गर्दछ । साथै अधिकांश गैरआवासिय नेपालीहरु विदेशमा नेपालका अवैतनिक दूतको रुपमा रहेको भावनालाई हृदयंगम गरि स्थानिय गैरआवासिय नेपाली समुदायसंग सौहार्दपूर्ण सहकार्य गर्न नेपाली कुटनीतिक नियोगहरुलाई हार्दिक अनुरोध गर्दछ ।

७. वैदेशिक रोजगारमा जान र स्वदेश फर्केपछि आवश्यक पर्ने सम्पूर्ण बैंकिग  आवश्यकता पुरा गर्न बैंकहरुले देखाएको सहयोगको तत्परतालाई स्वागत गर्दै सस्तो र झन्झटमुक्त वैदेशिक रोजगार बैंकिग सेवा उपलब्ध गराउन नेपालको वित्तीय क्षेत्रसंग यो सम्मेलन आग्रह गर्दछ ।

८. गैरआवासीय नेपाली सामुहिक लगानी कोष स्थापनाकालागि बिगतमा भएका प्रतिवद्धतालाई मूर्तरुप दिन नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बैंकिग क्षेत्र र गैरआवासिय नेपाली संघका प्रतिनिधिसहितको सात सदस्यीय कार्यदल यथासिघ्र गठन गर्ने प्रस्तावअनुसार यसको संयोजनका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरिनेछ ।

९. सामुहिक लगानीका बिभिन्न आयामहरुको अध्ययन, अनुसन्धानलाई जारि राख्दै हाल गैरआवासिय नेपाली समुदायले नेपालमा निश्चित कम्पनीहरुको माध्यमबाट विभिन्न परियोजनामा गर्दै आएको आर्थिक लगानीको माडेलको प्रयोगलाई निरन्तरता दिने र गैरआवासिय नेपाली सम्बन्धि ऐन २०६४ तथा नियमावली २०६६ ले प्रदान गरेको सुविधालाई अझ व्यापकताकासाथ उपयोग गर्न सम्पूर्ण गैरआवासिय नेपालीहरुलाई यो सम्मेलन आव्हान गर्दछ । साथै गैरआवासिय नेपालीको परिभाषालगायत अन्य बिषयमा संघले दिएको सुझावलाई यथासिघ्र सम्बोधन गरि ऐनको समयानुकल परिमार्जन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।

१०. नेपाली मुलका विदेशी नागरिकलाई सिमित अधिकार सहितको गैरआवासिय नेपाली नागरिकता प्रदान गर्ने उच्चस्तरिय राजनीतिक संयन्त्रले गरेको सहमतिको स्वागत गर्दै अब बन्ने संविधानमा गैरआवासिय नेपाली समुदायको अपेक्षा बमोजिम एक पटकको नेपाली संधैको नेपाली रहने व्यवस्था गर्न यो सम्मेलन आग्रह गर्दछ ।

 

११. गैरआवासिय नेपाली समुदायले नेपालमा बिकासमूलक सामाजिक एवं परोपकारी कार्यमा गर्दै आएको आर्थिक सहयोगलाई स्वागत गर्दै यस क्षेत्रमा अझ प्रतिवद्ध भएर थप सहयोग गर्न सम्पूर्ण गैरआवासिय नेपालीहरुलाई आग्रह गर्दछ ।

१२. यस सम्मेलनलाई भव्यतापूर्वक आयोजना गर्न मुख्य भूमिका निर्वाह गर्ने गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइ तथा स्थानिय  नेपाली समुदायप्रति हार्दिक आभार प्रकट गर्दछ ।

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Read related news:

http://www.usnepalonline.com/nrn-issues/

-गैर आबासीय नेपाली संघ (NRNA) को ५ औं क्षेत्रीय सम्मेलन १२ बुँदे दुबइ घोषणा पत्र जारी गर्दै समापन

-दुबइमा प्रबासी नेपालीहरु आनी छोयिङ र प्रेमराजा महतसंगै झुमे

-एनआरएनए (गैर आबासीय नेपाली संघ) को ५ औं क्षेत्रीय सम्मेलनको दुबइमा उद्घाटन

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास

-एनआरएन अमेरिकामा सुमनराज तिम्सिना पुन: अध्यक्षमा निर्बिरोध, चुनावको अन्तिम घडीमा सबै निर्बिरोध !
संस्थाको नाम उल्लेख गरेकोमा आपत्ति, राजा घलेको नाम खोइ? २८ सदस्यीय कार्य समितिमा १४ जना जनजातिहरु निर्बाचित !

-न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर

-अमेरिकाको कनेक्टिकट र बोस्टनमा गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को भेला सम्पन्न

-गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?