Inside

All Time Top 50 News

एनआरएन प्राध्यापकहरूको 'ग्लोबल पोलिसी फोरम फर नेपाल' को स्थापना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Global Policy Forum for Nepal (GPFN)   
Friday, 09 October 2015 21:08

स्टकहोल्म/लण्डन- संसारभरका विश्वविद्यालयहरूका एनआरएन प्राध्यापकहरूले 'ग्लोबल पोलिसी फोरम फर नेपाल (जीपीएफएन)' को स्थापना गरेकाछन्। उक्त फोरमको तदर्थ समितिको संयोजक बेलायतको लीड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुबेदी रहेकाछन् । तदर्थ समितिका सदस्यहरूमा संयुक्त राज्य अमेरिकाको हार्वाड विश्वविद्यालयलका प्राध्यापक डा. शिव गौतम, अष्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयका प्राध्यापक (मुटुरोग विशेषज्ञ) डा. कुमुद धिताल, स्वीडेनको स्टकहोल्म विश्वविद्यालयलका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. कटक मल्ल तथा संयुक्त राज्य अमेरिकाको गोञ्जागा विश्वविद्यालयलका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. उपेन्द्रदेव आचार्य रहेकाछन् ।

फोरमले एक प्रेस बिज्ञप्ती जारी गर्दै संविधान सभाले ३ असोज २०७२ का दिन नेपालको नयाँ संविधान जारी गरेकोमा स्वागत व्यक्त गरेकोछ। फोरमले आफ्ने प्रेस बिज्ञप्तीमा अगाडि भनेको छ- "जारी संविधानप्रति राष्ट्रका सबै समुदायको सहमति हुनु अत्यावश्यक हुन्छ। तर सो हुन नसक्दा हामीलाई दुःख लागेको छ। नेपालका थारु तथा मधेशी समुदायबाट संविधानप्रति असन्तोष प्रकट गर्दै शुरू गरिएको आन्दोलनलाई सरकारका तर्फबाट शक्तिको प्रयोग गरी दमन तथा हत्या गरिएको र सो क्रममा गम्भीर मानवअधिकारको उल्लंघन भएकोमा हामी चिन्तित छौं। अर्कातिर आन्दोलनकारीहरूका तर्फबाट पनि हत्या र हिंसाका घटनाहरू भएका छन्। दुवै पक्षबाट भएका यस्ता घटनाहरूको भत्सर्ना गर्दै दोषीहरूउपर कानूनी कार्वाहीको माग गर्दछौं।

 

नेपालको एक समुदाय वा क्षेत्रमा बसोबास गर्ने जनता अर्को कुनै समुदाय वा क्षेत्रमा बसोबास गर्ने जनताभन्दा बढी महत्वपूर्ण हुन सक्दैनन् किनभने कानूनी दृष्टिले सबै जनता समान हुन् र हुनुपर्छ। त्यसैले राष्ट्रको मूल कानूनले सबै समुदायका आकांक्षा समेट्नु अत्यावश्यक छ। तसर्थ तत्काल संविधान संशोधन गरेर विभिन्न समुदाय र क्षेत्रवीच सौहाद्र वातावरण श्रृजना गर्न नेपाल सरकार तथा संसदसँग हामी अनुरोध गर्दछौं।

भारतले नेपालविरुद्ध हाल अघोषित नाकाबन्दी गरेर एक भूपरिबेष्ठित मुलुक नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय कानूनी हकको ठाडो उल्लंघन गरेको छ। सो नाकाबन्दीको भत्सर्ना गर्दै यस विषयलाई विभिन्न अन्तर्राष्ट्रिय निकाय तथा फोरमहरूमा पुर्‌याउनुका साथै नेपाल सरकारले आवश्यक ठानेमा यस मुद्दालाई अन्तर्राष्ट्रिय कानूनी निकायमा पुर्‌याउनसमेत हामी नेपाल सरकारलाई मद्दत गर्न तत्पर छौं।

माथि उल्लिखित परिस्थिति र राष्ट्रको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राख्दै विश्वका विभिन्न मुलुकमा रहेर प्राज्ञिक तथा प्राविधिक क्षेत्रमा कार्यरत हामी नेपालीहरूले स्वतन्त्र, निष्पक्ष र गैरदलीय प्रकृतिको ग्लोबल पोलिसी फोरम फर नेपाल - जीपीएफएन (Global Policy Forum for Nepal - GPFN) गठन गरेका छौं। नेपाललाई एक स्वाबलम्बी मुलुकको रुपमा विकसित गर्नका लागि आवश्यक पर्ने ज्ञान, प्रविधि तथा नीति निर्माणमा सहयोग पुर्‌याउनु हाम्रो संगठनको उद्देश्य रहेको छ। साथै नेपालको समग्र विकासका लागि न्यायपूर्ण, निष्पक्ष र प्रगतिशिल नीति निर्माणका लागि सहयोग गर्न हामी प्रतिबद्ध छौं। यस संगठनलाई निकट भविष्यमा विश्वभर फैलाउने हाम्रो लक्ष्य छ। त्यसैले हामी नेपाल तथा विभिन्न मुलुकहरूमा बसोबास गर्ने बौद्धिक, प्राविधिक, उद्यमी तथा व्यवसायी नेपालीहरूलाई यस फोरमका उद्देश्य प्राप्तिका लागि सहयोग र सहकार्य गर्नहुन हार्दिक अपिल गर्दछौं।

जीपीएफएनका गतिविधहरूमा संलग्न हुन इच्छुक महानुभावहरूलाई निम्न फेसबूक पेजमार्फत् हामीलाई सम्पर्क गर्नहुनसमेत यसै विज्ञप्तिमार्फत् अनुरोध गर्न चाहन्छौं।"

७ अक्टोबर २०१५

 

Global Policy Forum for Nepal (GPFN)

https://www.facebook.com/global.policy.forum.nepal

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.