Inside

All Time Top 50 News

नेपालमा "गैरआवासीय नेपाली दिवस" (NRN Day) यसरी मनाइयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Non-Resident Nepali Association ICC   
Friday, 12 October 2012 05:29

काठमाडौं- यस बर्षको "गैरआवासीय नेपाली दिवस" १-११ अक्टुवर (१५-२५ असोज) सम्म बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो ।

 

NRN Day being celebrated in Kathmandu by NRN ICC on October 11, 2012. Photos: NRN.org.np

यस अवसरमा साधै जस्तै स्वयम्भु र पशुपतीनाथमा पुजाअर्चना, रक्तदान कार्यक्रमकासाथै प्रदुषण रहित नेपालको परिकल्पना गर्दै स्वयम्भुबाट पशुपतिसम्म साईकल ऱ्यालीको आयोजना गरियो ।

सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले उद्घाटन गर्नु भएको औपचारिक समारोहमा नेपाल सरकारका मुख्य सचिव लगायत सरकारी उच्च अधिकारीहरु, प्रधानमन्त्रीका सल्लाहकार, नेपाल उद्योग बाणिज्य  महासंघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सम्माननिय प्रधानमन्त्री डा. भट्टराईले नेपालमा लगानीकोलागि उचित वातावरण बनाउन सरकार प्रतिबद्ध भएको बताउनु भयो । प्रधानमन्त्री भट्टराईले बिदेशी लगानी भित्राउन पनि बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले लगानी गर्नु पर्ने बताउनु भयो । प्रधानमन्त्री भट्टराईले भन्नुभयो “यदि तपाईहरुले लगानी मैत्री वातावरण छैन भन्नु भयो भने बिदेशी लगानीकर्ताले पनि लगानी गर्दैन त्यसैले तपाई  स्वयमसेवी राजदुतको रुपमा बिश्वभर रहेका नेपालीहरुले लगानीको लागि वतावरण बनाउनु पर्छ ।”



बैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने र यसको बिकास र बिकल्पमा समेत केन्द्रित हुदै नेपालको बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्ने उदेश्यले यस बर्षको गैरवासीय नेपाली दिवसको मूलनारा “बैदेशिक रोजगार विकास र निकाश” रहेको थियो । जसमा केन्द्रीत भएर सम्बन्धित निकायका ब्यक्तिहरुको उपस्थितिमा एक छलफल कार्यक्रमको आयोजना गरियो । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालको अध्यक्षतामा भएको यस छलफल कार्यक्रममा बैदेशिक रोजकार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई, बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कामू कार्यकारी निर्देशक गिरिजा शर्मा लगायतको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपााली संघको गत बर्ष सम्पन्न पाचौ बिश्व सम्मेलनले अवलम्बन गरेको सामूहिक लगानी र परोपकारी कार्यहरु अगाडि बढाउने नियमित कार्यक्रम स्वरुप एनआरएन इन्भेष्टमेन्ट लिमिटेड, संघका कोषाध्यक्ष लगायत एनआरएनहरुको लगानीमा स्थापना भएको बीबी एयरवेजले आजैबाट औपचारिक रुपमा उडानको थालनी गरेको छ भने एमआईटि गु्रपहोल्डिङका अध्यक्ष शेष घलेले नेपालमा एक पााच तारे होटल स्थापना गर्न लागेको घोषणा पनि यसै दिवसको अवसरमा गर्नु भएको छ । त्यस्तै सामाजिक परोपकारी प्रतिवद्धता अनुसार पााचै बिकाश क्षेत्रमा गैरआवासीय नेपालीहरुले घोषणा गरेका बिभिन्न परोपकारी काम सम्पन्न भएका छन् भने कतिपय नयाा योजनाहरु पनि आजै घोषणा गरिएकाछन् ।



परोपकारी परियोजना कार्यक्रम सन् २०११-१३ मा गैरआवासीय नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपालमा परोपकारी परियोजनाहरु गर्ने प्रतिबद्धता अनुसार आजसम्म सामाजिक कल्याणको लागि करीव ३ करोड २५ लाख रुपैया नेपालको बिभिन्न क्षेत्रहरुमा उपलव्ध गराइसकिएको छ । गैरआवासीय नेपाली दिवसको अवसर पारेर अक्टोवर भरी नेपालको पाँचै विकास क्षेत्रका विभिन्न ठाउाहरुमा सामाजिक, शिक्षा, स्वस्थ्य, खानेपानी, शिपमुलक हस्तकला तालिम साथै आपातकालिक राहत सम्बन्धी परियोजनाको लागि विभिन्न औपचारिक कार्यक्रमहरु  गरिएको छ । यी योजनाहरु मध्ये चेपाङ्ग जातिका बालबालिकाहरुको अध्ययनका साथै आवास निर्माणको लागि सहयोग, विभिन्न विद्यालयहरुमा प्रयोगशाला तथा पुस्तकालयको निर्माणको लागि आर्थिक सहयोग, विभिन्न विकास क्षेत्रका स्कुलहरुमा कम्प्युटर उपलव्ध गराएको,  भक्तपुर उद्योग वाणिज्य संघसंग नेपाली हस्तकला शीपको प्रवर्धनको लागि तालिम दिने सम्बन्धमा सम्झौता गरिएको, विभिन्न अक्षकोषमा आर्थिक सहयोग गरिएको,  सेती नदिको बाढीबाट प्रभावित भएका बालबालिकाहरुको शिक्षाको लागि सहयोग, चितवन एड ट्रष्टमा स्वास्थ्य सामाजिक कृयाकालपको लागि सहयोग तथा स्वास्थ्य केन्द्र स्थापनामा सहयोग गरिएको छ ।

हरेक राष्टीय समन्वय परिषदले दुई बर्षमा कम्तिमा पनि एउटा परोपकारी योजना सम्पन्न गर्ने लक्ष्य अनुरुप  राष्टिय समन्वय परिषद् रसिया, बेलायत, जापान, नाइजेरीया, साउदी अरेविया, डेनमार्क मलेशिया, जर्मर्नी, पोल्याण्ड, स्वीटजरल्याण्ड, इटाली, नर्वे, न्युजील्याण्ड, स्पेन, थाइल्याण्ड, युएसए, फिनल्याण्ड, युएइ, कुवेत, लेवनान, फ्रान्स, मकाउ, कतार, बेलारुस, वेल्जियम, नेदरल्याण्ड्स, चीन, क्यानडा, इजरायल, कोरीया, हंगकंग, बहराइन, लगायतका देशहरुले परोपकारी कामहरु सम्पन्न गरिसकेका छन् । यसैगरी अन्य राष्ट्रिय समन्वय परिषद्हरुले आउदो बर्षमा सम्पन्नगर्ने परोपकारी कार्यक्रमको पनि घोषणा गरिसकेका छन् ।

आज  दशौ गैरआवासीय नेपाली दिवसका अवसरमा  गैरआवासीय नेपाली संघसाग आवद्ध कम्पनी  तथा राष्ट्रिय समन्वय परिषद्ले थप उल्लेखनीय समाजिक परोपकारी योजना घोषणा गरेका छन् । यस मध्ये एम आई टि फाउन्डेसन अष्ट्रेलियाले स्वास्थ्य र शिक्षामा दुई करोड रुपयााको सहयोग गर्ने भएको छ, बिबि ट्रष्टले गोर्खा जिल्लाका सम्पूर्ण उच्च माध्यमिक बिद्यालयहरुमा इन्फरमेसन टेक्नोलोजि केन्द्र संचालनको लागि प्रथम चरणमा २० लाख रुपैयाको सहयोग, राष्ट्रिय समन्वय परिषद् बेलायत, शिद्धार्थ नेपाली समाज तथा टुका क्षेत्रीको ब्यक्तिगत पहलमा  जुम्लामा १८ लाख रुपैंयाको लगानीमा प्रशुती केन्द्र स्थापनाको घोषणा गरिएको छ ।

२५ असोज २०६९ (११ अक्टोबर २०१२)

जीवा लामिछाने

अध्यक्ष

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
तथा, संयोजक, परोपकारी कार्य दल

Non-Resident Nepali Association ICC

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.