Inside

All Time Top 50 News

एनआरएन आईसिसि अध्यक्ष शेष घलेद्वारा नेपालमा बन्द हड्ताल तत्काल खुला गर्न माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 11 September 2015 13:52

काठ्माण्डौं- एनआरएन आईसिसि अध्यक्ष शेष घलेले एक प्रेस बिज्ञप्ती जारी गर्दै आफ्नो अधिकार प्राप्तिको आन्दोलनका कारण आम नागरिकको अधिकार हनन् भइरहेको र यसले अन्ततः मुलुकको अर्थतन्त्रलाई तहसनह बनाएको तथ्यप्रति गम्भीर बन्दै बन्द हड्ताल तत्काल खुला गर्न र आन्दोलनलाई संयमित बनाउन आन्दोलनकारी र बन्दकारीहरुलाई आग्रह गरेकाछन् ।


प्रेस विज्ञप्ति

मिति २०७२ साल बैशाख १२ गते नेपालमा गएको महाभूकम्प र त्यसपछि यसको अनगिन्ती पराकम्पहरुले पुर्‍याएको जनधनको क्षतिको राहतका लागि गैरआवासीय नेपाली संघले खेलेको भूमिका र पुर्‍याएको योगदानबारे सर्वविदितितै छ ।

तर, पछिल्ला केही सातायता नेपालका बिभिन्न भागमा भइरहेका बन्द, हड्ताल तथा हिंसात्मक आन्दोलनका घटनाप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ । दशैं तिहार जस्ता मुख्य चाडपर्वको सम्मुखमा मुलुकको अर्थतन्त्र नै डामाडोल बनाउनेगरी तीन सातायता भइरहेका आन्दोलनले सवैभन्दा ठूलो क्षति दैनिक श्रम गर्नुपर्ने आम नागरिकलाई परेको तथ्य जगजाहेर नै छ ।



आफ्नो अधिकार प्राप्तिको आन्दोलनका कारण आम नागरिकको अधिकार हनन् भइरहेको र यसले अन्ततः मुलुकको अर्थतन्त्रलाई तहसनह बनाएको तथ्यप्रति गम्भीर बन्दै बन्द हड्ताल तत्काल खुला गर्न र आन्दोलनलाई संयमित बनाउन गैरआवासीय नेपाली संघ सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गर्दछ ।

मुख्य राजनीतिक दलहरुले वाचा गरेको अवधिभित्र संविधान बन्न नसकेको दुखद् परिस्थीति एकातिर छ भने दशौं हजार मानिसको ज्यान र खर्बौ रुपैयांको भौतिक संरचना ध्वस्त हुने गरी गएको महाभूकम्पले भत्काएको देशलाई पुनःनिर्माण गर्ने हाम्रो गम्भिर दायित्वलाई अगाडी बढाउन ढिला भइरहेको छ ।

समयमै संविधान पनि नबने र पुनःनिर्माणको काम पनि कसैको प्राथमिकतामा नपर्ने यस्तो परिस्थीतिमा हामी कतातिर गइरहेका छौं भन्ने प्रश्नले हामी सम्पूर्ण गैरआवासीय नेपालीलाई गम्भिर बनाएको छ । राष्ट्र पुनःनिर्माण र सम्बृद्धिका लागि साझेदारी गर्न आतुर लाखौं गैरआवासीय नेपाली र बिदेशी दाताहरु समेत यही प्रश्नको जवाफ खोजिरहेका छन् ।

तसर्थ, अधिकतम सहमतिका आधारमा संविधान निर्माण प्रकृयालाई निष्र्कषमा पुर्‍याएइ राष्ट्र पुनःनिर्माणको अभियान सुरुवात गर्न गैरआवासीय नेपाली संघ मुलुकका सवै जिम्मेवार राजनीतिक दल, नागरिक समाज तथा आन्दोलनरत पक्षहरुसँग हार्दिक आह्वान गर्दछ । जनजीवन र अर्थतन्त्र नै संकटमा पर्नेगरी भएका हप्तौं लामो बन्द र हड्तालका कार्यक्रम स्थगित गरी जनजीवन र अर्थब्यबस्थालाई सहज बनाइदिनसमेत हामी सरोकारवाला सवैसमक्ष हार्दिक आह्वान गर्दछौं ।

शेष घले
अध्यक्ष
अन्तराष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ,
मितिः २०७२ भदौ २५ गते

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.