Inside

All Time Top 50 News

एनआरएनए आईसिसीद्वारा ५१ सदस्यीय अनरेरी परिषद समिति गठन, परिषदमा ११.७ प्रतिशत महिला प्रतिनिधित्व, १४१ सदस्यीय आईसिसीमा १९.१ प्रतिशत महिला नेतृत्वको सहभागिता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 10 December 2017 23:13

११ सदस्यीय सल्लाहकार समिति र ५ सदस्यीय संरक्षक परिषद गठन, २१ मनोनित आईसिसी सदस्य नियुक्त
Exclusive: 37 photos:
न्यू योर्क / काठमाण्डौं- नव निर्वाचित गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसिसी) को डिसेम्बर ८ तारिख बसेको ६० औं बैठकले एनआरएन अभियानमा लामो समयदेखि सकृय रहँदै आएका पाँचै महादेशका एनआरएन अगुवाहरुलाई समेट्ने गरी ५१ सदस्यीय अनररी परिषद समिति गठन गरेको छ । संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा बसेको बैठकले ५ सदस्यीय संरक्षक परिषद, ११ सदस्यीय सल्लाहकार समिति र २१ सदस्यीय मनोनित आइसिसि सदस्य चयन गरेको छ । ५१ सदस्यीय अनररी परिषद समितिमा ६ जना महिला नेत्रीहरु मनोनयनमा परेका छन् अर्थात ११.७ प्रतिशत मात्र महिला प्रतिनिधित्व हुन सकेको छ । त्यसैगरी, एनआरएनए आईसिसीको नव निर्वाचन १२० कार्य समिति र २१ मनोनित सदस्य गरी बनेको जम्बो १४१ सदस्यीय आईसिसी कार्य समितिमा २७ जना महिला नेत्रीहरु चुनिएका छन् अर्थात १९.१ प्रतिशत महिला नेतृत्वको सहभागिता छ । नेपालमा संबैधानिक रुपमा ३३ प्रतिशत महिला आरक्षणको व्यबस्था रहेको सन्दर्भसंग तुलना गर्ने हो भने आईसिसीका एनआरएन पुरुष अगुवाहरुले ३३ प्रतिशत महिला नेतृत्व पुर्याउन अरु कसरत गर्नु पर्ने र एनआरएन महिलाहरुलाई अगुवा नेत्रीको रुपमा देख्न सक्ने मानसिकताको बिकास गर्नु पर्ने देखिन्छ ।

NRNA ICC Honorary Council 2017-2019. Photos courtesy: fb profiles, internet search. If you own copyright of any of these photos or error, please inform with detail photo credit at: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it . Compiled for USNepalOnline.com & NRNElection.com. Powered by 101Nepali.com

अनररी परिषद समिति

आईसिसी बैठकले गठन गरेको ५१ सदस्यीय अनररी परिषद समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, रिशी ढकाल र डा विष्णुमाया परियार मनोनित गरिएकाछन् भने ओसिनियाबाट जमुना गुरुङ, इन्द्रा वन, दिपक खड्का, मन केसी, चन्द्र योन्जन, भवानी ओली, डा. कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का मनोनित गरिएकाछन् । मध्यपूर्वबाट डा. देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाइँ, मोहन शर्मा, राजु सएद, बिल गुरुङ र महेन्द्र चौलागाइँलाई चुनिएको छ भने युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्वआदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल, गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी गरिएकाछन्। त्यसैगरी, एसिया प्यासिफिकबाट रन्जना उदास, प्रितम श्रेष्ठ, भारति लिम्बुनी, शंकर पौडेल, डा. कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राईलाई चुनिएको छ भने अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र बिदुर खनाललाई मनोनित गरिएको छ ।

सल्लाहकार समिति

त्यसैगरी, आईसिसी बैठकले ११ सदस्यीय सल्लाहकार समितिमा डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य, शेरबहादुर केसी, दिपकराज जोशी र डा. महाविर पुन मगरलाई मनोनित गरेको छ ।

संरक्षक परिषद

त्यसैगरी, आईसिसी बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो प्रमुख संरक्षक र डा. शेष घले, जीवा लामिछाने, देवमान हिराचन र रामप्रताप थापा संरक्षक रहेको संरक्षक परिषद गठन गरेको छ ।

२१ मनोनित सदस्यहरु

आईसिसी बैठकले आफ्नो मौजुदा १२० जनाको कार्य समितिमा थप २१ सदस्यीय मनोनित सदस्यहरुको मनोनयन गरेको छ । जस मध्ये ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठ, युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वनेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भूर्तेल भूसाल र सुष्मा राई, मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङ, अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुङ्गा शेर्पा, अभिमन्यू बस्नेत र सरला कँडेल र एसिया प्यासिफिकबाट अजिव (ओम) गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।

-Pradeep Pariyar Thapa in New York. Comments? 917-570-1098, or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-एनआरएनए आईसिसी अध्यक्षमा जापानका व्याबसायी भवन भट्ट विजयी, अमेरिका संयोजकमा गौरी जोशी निर्वाचित

एनआरएनए आईसिसीद्वारा जारी प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको हिजो २०१७ डिसेम्बर ८ का दिन संघका अध्यक्ष श्री भवन भट्टको अध्यक्षतामा बसेको बैठकले संरक्षक परिषद, सल्लाहकार समिति, अनररी परिषद समिति र आइसिसिमा मनोनित सदस्य चयन गर्ने महत्वपूर्ण निर्णय सर्वसम्मत रुपमा गरेको छ ।

अनलाइनमा भएको संघको उक्त ६० औं बैठकमा ७५ जना भन्दा बढीको सहभागिता थियो। संघले आफ्नो अभियानमा बढी भन्दा बढीलाई समेट्दै सक्रिय सहभागिताको अवसर प्रदान गर्ने सोचका साथ यस पटक ५१ सदस्यीय अनररी परिषद समिति गठन गर्ने नयाँ निर्णय गरेको हो।
हिजोको बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो प्रमुख संरक्षक र डा. शेष घले, जीवा लामिछाने, देवमान हिराचन र रामप्रताप थापा संरक्षक रहनुभएको संरक्षक परिषद गठन गरेको छ ।

यसै गरी डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य, शेरबहादुर केसी, दिपकराज जोशी र डा. महाविर पुनलाई सल्लाहकारमा चयन गरेको छ ।

यसैगरी अनररी परिषद समितिमा जमुना गुरुङ, इन्द्रा वन, दिपक खड्का, मन केसी, चन्द्र योन्जन, भवानी ओली, डा. कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का ओसिनियाबाट छानिनुभएको छ भने मध्यपूर्वबाट डा. देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाइँ, मोहन शर्मा, राजु सएद, बिल गुरुङ र महेन्द्र चौलागाइँ चुनिनु भएको छ । यस समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, रिशी ढकाल र डा विष्णुमाया परियार, युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्वआदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल, गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी, एसिया प्यासिफिकबाट रन्जना उदास, प्रितम श्रेष्ठ, भारति लिम्बुनी, शंकर पौडेल, डा. कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राई तथा अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र बिदुर खनाललाई मनोनित गरिएको छ ।

संघको बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषदको २१ सदस्यीय मनोनित सदस्यमा ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठलाई, युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वानेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भूर्तेल भूसाल र सुष्मा राईलाई र मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङलाई ल्याउने निर्णय गरेको छ । यसैगरी अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुङ्गा शेर्पा, अभिमन्यू बस्नेत र सरला कँडेललाई र एसिया प्यासिफिकबाट अजिव (ओम) गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।

बैठकले विशेष प्रस्ताव पारित गर्दै नेपालमा संविधानको कार्यान्वयनका लागि महत्व महत्वपूर्ण अंग रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न गराउन नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकायहरु, राजनीतिक दलहरु र सम्पूर्ण नेपाली जनताले निर्वाह गर्नुभएको जिम्मेवारीपूर्ण भूमिकाका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ र निर्वाचनको परिणाम पछि देशले स्थिर सरकार पाउने र राजनीतिक संक्रमणकालको अन्त्य हुँदै सबैको सहयोग र सहकार्यमा राष्ट्र समृध्दिको बाटोमा अघि बढ्ने विश्वास संघले लिएको छ ।

मिति: ९ डिसेम्बर २०१७

भूषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.