NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Sapana Shree

Read 0 Comments... >>

Exclusive on singer Sapana Shree PDF Print E-mail
Share
Written by Administrator   
Thursday, 26 May 2011 16:43

न्यू योर्कमा सपनाका नयाँ सपनाहरु

न्यू योर्कबाट पहिलो नेपाली म्युजिक एल्बम "फेस बुकले के यस्तो गरायो?" मे २९ मा रिलिज गरिदै
Exclusive: 3 videos, 4 photos:
न्यू योर्क- नेपालमा झन्डै २ हजार नेपाली गीतहरु गाएर आफ्नो बरिस्ठता, प्रतिभा र नाम कमाएकी बिगत ५ बर्षदेखी न्यू योर्कमा बसेर गिती साधनामा ब्यस्त नेपाली छोरी गायिका सपना श्री यतिखेर नितान्त नौलो लोक दोहोरी युगल गिती संग्रह "फेस बुकले के यस्तो गरायो?" लिएर प्रस्तुत हुने तरखरमा जुटेकिछिन्। तपाईं पनि उनको नौलो साँगितिक कोशेलीको मजा लुट्ने होइन त? हेर्नुहोस् युएस नेपाल अनलाइनले ति बरिस्ठ गायिका सपना श्रीसंग गरेको बिशेष भेटवार्ता र मे २९ तारिख न्यू योर्कमा हुने उनको कार्यक्रमबारेको जानकारी:



हेर्नुहोस् युएस नेपाल अनलाइनले ति बरिस्ठ गायिका सपना श्रीसंग गरेको बिशेष भेटवार्ता

Interview with singer Sapana Shree in New York, May 22, 2011



नेपाली गीत संगित पारखीहरुकोलागि सपना श्री कुनै नौलो नाम होइन। उनका दर्जनौं गीतहरु लाखौं नेपाली संगितप्रेमी श्रोताहरुबिच अत्यन्त लोकप्रिय रहेकाछन्, जस्तो कि हेर्नुहोस् केही बान्की:

"हेरेको तिमीलाई आँखाले होइन मायाले हो
बोलाको तिमीलाई मुखले होइन मनले हो"

"सगर भरी जून तारा, जून भित्र तिमी"

"किन हजुर नबोलेको केही कुरा लुकाएँकि,
जानी नजानी मैले कतै चित्त दुखाएँ कि?"

"चिउरी बोटैमा के सारो सुहाको लाली ओंठैमा"

"उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले"

Singer Sapana Shree. Photo: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

यस्ता लोकप्रिय गीतहरुकि धनी गायिका सपना श्री अब न्यू योर्कमा आफ्नो नौलो साँगितिक सौगात फेस बुकले के यस्तो गरायो?" लिएर प्रस्तुत हुँदैछिन्। र, उनलाई साथ दिएकाछन्- अर्का लोकप्रिय गायक यम बरालले ।

उता न्यू योर्कबासी नेपालीहरु सपनाका नयाँ साँगितिक सपनाहरुमा रमाउन उत्साहित देखिन्छन्। न्यू योर्क मै बसोबास गर्ने भोइस अफ लिटल पिपुलकि अध्यक्ष कृष्ण गौतमले मे २९ मा हुने लाइभ साँगितिक प्रस्तुतीकोबारेमा उत्साहित हुँदै भनिन्-" मेरो साथी भने पनि, बोइफ्रेन्ड भने पनि अहिले मेरो फेस बुक प्रोफाइल भएको छ। हाम्री सपना दिदिले फेसबुकलाई बिषय बनाएर गिती एल्बम निकाल्न लाग्नु भएको सुनेर म अति खुशी भएकिछु। कार्यक्रममा अबश्य जान्छु।"



न्यू योर्कबाट पहिलो नेपाली म्युजिक एल्बम "फेस बुकले के यस्तो गरायो?"

उक्त एल्बमको रिलिज र लाइभ प्रस्तुती मे २९ मा न्यू योर्कको अस्टोरियास्थित चियान फेडेरेसन भवनमा दिउँसो १ देखी ५ बजे आयोजना गरिदैछ। प्रबेश र लन्चसमेत निशुल्क ब्यबस्था गरिएको एल्बम प्रकाशक बिएस्बी रेकर्डिङ स्टुडियोले जनाएको छ।

उता गायिका सपना श्रीले न्यू योर्कबासी नेपालीहरुलाई आफ्नो साँगितिक प्रस्तुती सुन्नको निम्ती उक्त कार्यक्रममा आउन निम्ता दिएकिछिन्।

यो एल्बम सम्पूर्णरुपमा न्यू योर्क मै उक्त रेकर्डिङ स्टुडियोमा उनका श्रीमान संगीतकार बिमल बुढाथोकीले तयार गर्नुभएको हो।

५ वटा गीतको संगित कम्पोज संगीतकार बुढाथोकीलले गरेकाछन् भने ४ वटा गीतको लय सङ्कलन बिकास बिष्टले गरेकाछन्। एउटा गीतमा प्रज्ज्वल बज्रचार्यले संगित भरेका छन्।

त्यसैगरी, ५ वटा गीतको रचना न्यू योर्कका परिचित कवि रामचन्द्र थापा र ५ वटाको रचना बिकास बिष्टले गरेका छन्।



संगितकार बुढाथोकी नेपालको शुर संगित ब्यान्डको संस्थापक ग्रुप लिडर तथा किबोर्ड प्लेयर हुन्। उनले युएस नेपाल अनलाइन संगको भेटमा भने-" मैले नेपालका सम्भबत: सबै गायक गायिकाहरुसंग काम गरेको छु।"

"बरु मैले काम नगरेको गायक गायिकाहरुमा तारादेबी, अरुणा लामा, नारायण गोपाल र भक्तराज आचार्य मात्र हुन्" उनले थपे।

Singer Sapana Shree. Photo: eEyeCam.com

सपनाको साँगितिक यात्राको शुरुवात बाल्यकालदेखि

गायिका सपना श्रीले ५ बर्षको बाल्य उमेर बि.सं. २०३३ सालदेखी रेडियोमा गीत गाउन शुरु गरेकिहुन्। त्यस यता उनले दुई हजारभन्दाबेशी गीतहरु गाइसकेकिछिन् भने २०० भन्दाबेशी चलचित्रमा गाएकिछिन्।

उनका बुवा स्व. मदन परियार नेपाल र भारतका उम्दा संगितकार थिए। सपनाका हजुरबुवा पनि संगित बिधामै पारंगत भएको उनले बताइन्। आफ्नो बुवा भारतका ख्याती प्राप्त संगितकारहरु आरडी बर्मन, लक्ष्मीकान्त प्यारेलालसंग संगित भर्ने ए ग्रेडका बाद्यबादक रहेको जानकारी गराइन्।

काठमाडौंको महाबौद्ध जन्मस्थान रहेकी सपना श्रीकि आमा जानकी परियार नेपालमाछिन् भने उनका दुई छोरीहरु हालसालै न्यू योर्क आइ पुगेकाछन्।


Shreya Lama & Puja Lama. Photo courtesy: Sapana Pariyar faceebook profile

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

गायिका सपना श्रीका केही लोकप्रिय गीतहरुको भिडियो प्रस्तुती हेर्नुहोस्:

उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले
Jagdish Samal Magar & Sapana Shree




किन हजुर नबोलेको?...



हेरेको तिमीलाई आँखाले होइन

 

Read related news about singer Sapana Shree's performances in USA:

-न्यू योर्कमा सत्य साई बाबाको सम्झनामा नेपालीहरुद्वारा साई भजन

-न्यू योर्कमा प्रेस चैतारी डट कमको दोश्रो वार्षिककोत्सब सम्पन्न, "नेपाल चौतारी" मासिक पत्रिकाको शुरुवात

-न्यू योर्कमा नेपाली कविता उत्सब सम्पन्न, ५ ब्यक्तित्व सम्मानित

-न्यू योर्कबाट प्रकासित 'विश्व सन्देश' पत्रिकाको तेश्रो वार्षिकोत्सब सम्पन्न

-न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न

-न्यू योर्कमा युएस नेपाल अनलाइनको तेश्रो वार्षिकोत्सब सम्पन्न

-न्यू जर्सी नेपाली समाजद्वारा दीपावली साँझ सम्पन्न

-न्यू योर्कमा हिमाल बचाउ अभियानकालागि गायक गम्बु शेर्पा साँझ सम्पन्न

-न्यू योर्कमा स्व. गायिकाद्वय तारा देबी र अरुणा लामा स्‍मृति साँझ सम्पन्न

-नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा

-'एनआरएन' को चौंथो क्षेत्रीय सम्मेलन अमेरिकि राज्य टेक्सासको ह्युस्टन शहरमा शुरु
-
न्यू योर्कमा म्रिगौलाका रोगी साहित्यकार यासेलीको सहयोगार्थ ७ हजार डलर संकलन

-न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न

-न्यू योर्कमा नेपाली कलाकारहरुको साँगितिक क्रिस्ट्मस साँझ

-युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न

-न्यू योर्कमा विश्व साइकल यात्री फुर्टेम्बा शेर्पालाई ५ हजार १ डलर सहयोग प्रदान

-न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ

-लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !

-न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम

-न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्

-न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना

-Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)


Read 0 Comments... >>
 


Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?