NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

११ औँ साग खेलमा नेपालले ८ स्वर्ण ९ रजत र २० कास्य जित्यो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Wednesday, 10 February 2010 14:33

काठमाडौं -११ औँ दक्षिण एसियाली खेलकुद सागमा सन्तोषजनक प्रदर्शन गर्दै नेपाली खेलाडि स्वदेश फर्केका छन् ।


बंगलादेशको राजधानी ढाकामा सम्पन्न खेलमा सहभागी मध्ये नेपाल पाँचौ स्थानमा रह्यो । माघ १५ गतेदेखि सुरु भएको ११ औँ साग हिजो सकिएको थियो । नेपालले ८ स्वर्ण ९ रजत र २० कास्य जितेको थियो ।

खेलाडीहरुलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परीषद्का पदाधिकारीहरु माघ २७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । दशौ सागको तुलनामा यस वर्षको सागमा कमजोर प्रशिक्षणका बाबजुद पनि खेलाडीहरुले राम्रो प्रदर्शन गरेका छन् । म्याराथन धावक राजेन्द्र भण्डारीले यसअघि डोपिङ्ग प्रकरणका कारण खेलाडीमा परेको नकारात्मक प्रभाव यस पटक हटेको बताए । मानन्धरले म्याराथनमा विश्व कीर्तिमान कायम गर्दै स्वर्ण पदक जित्न सफल भए ।

महिला फुटबल खेलाडीले भने रेफ्रीको गलत निर्णयका कारण नेपाल रजत पदकमै सिमिति हुनु परेको बताएका छन् ।

खेलकुद मन्त्री गणेश नेपालीले नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि तयारी छोटो भएका कारण सोचेजस्तो हुन नसकेको बताउनुभयो ।

सागमा म्याराथनका राजेन्द्र भण्डारी, तेक्वान्दोका आयशा शाक्य र दिपक विष्ट, उसुका बिनिता महर्जन र आङ्बाबु लामा, कराँतेका गंगा अधिकारी, सुनिल लामा र बिनोद शाक्यले स्वर्ण पदक जितेका थिए ।

-Santa Bagam in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?