NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अपाङ्गता भएका व्यक्तिहरु क्षेत्रिय स्तरीय खेलकुद सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Devika GM   
Sunday, 04 April 2010 15:55

Special 3 photos: दाङ- अपाङ्ग मानव अधिकार एवं सरोकार मच नेपाल दाङ्ग र नेपाल पारा ओलम्पिक कमिटी काठमाडौंको संयूक्त आयोजनामा दाङ्गको घोराहीमा अपाङ्गता भएका व्यक्तिहरुका फरक क्षमता भएका व्यक्तिहरुको लागि मध्यपश्चिमाचल क्षेत्रीय स्तरीय खेलकुद प्रतियोगीता आज आईतवार घोराहीमा सम्पन्न भएको छ ।

 

Disabled sportsmen and women taking part on the sports competition event in Dang. Photos: Devika GM

मध्यपश्चिमाचल विकास क्षेत्रका दाङ्ग, रुकुम, रोल्पा, प्यूठान, सल्यान, वाके, सुर्खेत, वर्दिया जिल्लाका फरक क्षमता भएका खेलाडीहरुको सहभागीता रहेको खेलकुद प्रतियोगितामा दुई बैसाखी तर्फको २०० मीटर दौडमा पुरुष तर्फ रामशंकर यादव प्रथम, जंगबहादुर नेपाली दितिय, ईन्द्रबहादुर नेपाली तृतिय हुनु भएको छ भने महिला तर्फ शुष्मा बिक प्रथम हुनु भएको छ । एक बैसाखी २०० मीटर दौडमा पुरुष तर्फ रुपलाल चौधरी प्रथम, कुजुराम चौधरी दितिय हुनुभएको छ भने महिला तर्फ नोखि बस्नेत प्रथम हुनुभएको छ ।



त्यस्तै, सुस्तमनःस्थिति भएका व्यक्ति २०० मीटर दौड पुरुष तर्फ प्रकास चौधरी प्रथम, कृष्णबहादुर रानामगर दितिय, सुर्यबहादुर बस्नेत तृतिय हुनु भएको छ । महिला तर्फ डिम्पल पुन प्रथमसंगिता विक, दितिय र कल्पना गौतम तृतिय भएका छन् । होचा-पुड्का २०० मीटर दौड महिला तर्फ रिता पौडेल प्रथम हुनु भएको छ । हातको समस्या भएका व्यक्तिको २०० मीटर दौडमा महिला तर्फ बसन्ती वली प्रथम हुनुभएको छ । खुटटाको समस्या भएका व्यक्तिहरुको २०० मीटर दौडमा महिला तर्फ निर्मला नेपाली प्रथम, लक्ष्मी शर्मा दितिय, कोमलता बुढाथोकी तृतिय हुनु भएको छ । पुरुष तर्फ विमल चौधरी प्रथम, सोभाराम नेपाली दितिय र ईश्वर खत्री तृतिय हुनुभएको छ ।

ह्वीलचियर ४०० मीटर दौडमा नरेन्द्रराज राना क्षेत्री प्रथम, दलबहादुर रायमाझी दितिय र रोशन गिरी तृतिय हुनु भएको छ । त्यस्तै महिला तर्फ दामकुमारी भण्डारी प्रथम हुनु भएको छ ।


Photos: Devika GM


प्रत्येक खेलमा प्रथम हुने खेलाडी राष्ट्रिय खेलकुदमा सहभागि हुने आयोजक संस्थाले जनाएको छ । अपाङ्ग मानव अधिकार एंव सरोकार मच नेपालका अध्यक्ष चिन्तामणि पौडेलको सभाध्यक्षता एंव जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्य तथा नेपाल पाराओलम्पीक कमिटी काठ्माण्डौका केन्दीय सदस्य प्रेमप्रसाद निरौलाको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सचिव सविन पि्रयासन, नेपाल अपाङ्ग संघका कार्यालय सचिव कशा पौडेल, सिविआर राष्ट्रिय नेटवर्क नेपालका संयोजक प्रकास वाग्ले, विष्णु आर्ट पत्रकार तुलसीराम सवेदी, सहभागीहरु नरेन्द्रराज राण क्षेत्री र सुष्मा विकलगाएतले बोल्नु भएको थियो । मचका सदस्य शिवराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सचालन शिव घर्तीले गर्नुभएको थियो ।

-Devika GM in Dang

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?