NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

को, कति बलियो? कस्ले जित्ला विश्व कप फूटबल? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Ngwang Sonam Sherpa   
Tuesday, 15 June 2010 04:37

बिशेष टिप्पणी: काठमाडौं- अफ्रिकी मुलुकमा पहिलो पटक हुन गैइ रहेको १९ औ विश्व कपका दावेदारका रुपमा बिशेष गरी दक्षिण अमेरिकि मुलुक ब्राजिल र अर्जेन्टिनासाथै युरोपेली मुलुकमा स्पेन, ईङ्ल्यान्ड, पोर्चुगल, नेदरल्याण्ड र जर्मनीलाई हेरिन्छ ।


FIFA World Cup 2010 emblem. Photo courtesy: Fifa.com

हाल सम्ममा सात राष्ट्रले मात्र यो उपादी उचालेका छन् । यी परम्परागत सात टिमले उपादी नउचालेमा नयाँ राष्ट्रको रुपमा स्पेन, नेदरल्याण्ड र पोर्चुगल नै हुनेछ । ईटाली आफ्ना उपादी रक्षा गर्नमा तल्लिन हुनेछ भने एसियाली मुलुक साउथ कोरियाले पनि आफ्नो खेलमा रण कौसल देखाएर दावेदरी पेश गरेको छ ।

युरोपेली मुलुकले युरोपभन्दा बहिरा कहिल्यै बिश्व कप जितेको छैन भने अरुले  पनि युरोपको भूमिमा बिश्व कप जितेको छैन । यसपाली हेरौं यो परम्परा रहला या नरहला ? यदि परम्परा दोहोरिएन भने ब्राजिल या अर्जेन्टिनाको पोल्टामा पनि जान सक्दछ, अर्जेन्टिनाको कोच डिएगो मारडोनाले ब्राजिलतर्फ लक्षित गर्दै पहेलो टी सर्ट खतरनाक भएको कुरा अन्तरबार्तामा खुलाए पनि त्यसको सामना गर्ने कुरा बताएका छन् ।

जुन ११ देखी जुलाई ११ सम्म हुन गईरहेको यो खेलमा यसपाली ३२ देशका राष्ट्रिय टिमहरुले प्रतिस्पर्धा गर्दैछन्। ३२ टिमका खेलाडिहरु ६४ खेलमा प्रतिस्प्रर्धा गर्दैछन् जस्मा- अर्जेन्टिना, अस्ट्रालिया, उत्तर कोरिया, उरुग्वे, इटाली, जापान, दक्षिण कोरिया, अल्जेरिया, क्यामरुन, कोट-आइभोर, घाना, साउथ अफ्रिका, होन्डुरस, मेक्सिको, संयुक्त राज्य अमेरिका, ब्राजिल, चिली, पाराग्वे, न्यू जिल्यान्ड, डेन्मार्क, ईङ्ल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, नेदरर्ल्यान्ड, नाइजेरिया, पोर्चुगल, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विजरल्यान्ड छन् ।

यसपालिको विश्व कप फुटवल प्रतियोगितामा पहिलो दिनको बराबरि र सुन्य अङ्कको बराबरको नतिजालाई तोड्दै एसियली पावर हाउस दक्षिण कोरियाले दोस्रो दिनको पहिलो खेलमा १९ औं विश्व कपको दोस्रो दिन शनिबार पहिलो जित दर्ता गरेर एसियाली मुलुकलाई थप खुसीयाली दिलाइसकेको छ । कोरियाले २००६ को युरोपेली च्याम्पियन ग्रिसलाई २-० ले पाखा लगाएर पहिलो जीत एसियाली मुलुकको नाममा दर्ता गराएको हो ।

कार्यक्रमको पहिलो दिन दक्षिण अफ्रिकाको आदिबासिहरुको परम्परागत नाचगानको साथै ग्रामी अवार्ड बिजेताहरुले पूर्ण मनोरञ्जन दिदै ४० मिनटको उदघाटन समारोह मनमोहक तुल्याए । पहिलो उद्घाटन दिनको खेलमा आयोजक राष्ट्र दक्षिण दक्षिण अफ्रिकाले विश्व कपमा पहिलो गोल गरेर आयोजकको उद्देश्यलाई सार्थक बनाउने प्रयास गर्यो र मेक्सिको बिचको खेल १-१ गोल बराबरीमा टुङियो ।

घानाले समूह 'डी' मा रहेको डार्क हस्र मानिएको युरोपेली टोली सर्बियालाई आइतबार १-० ले हराएर स्तब्ध तुल्याएको हो। प्रतियोगितामा सहभागी अफ्रिकी राष्ट्रमध्ये पहिलो जित हासिल गर्ने घाना पहिलो टोलीसमेत बन्यो। ८४ औं मिनेटमा पाएको पेनाल्टी किकलाई असामोह गयानले कुनै गल्ती नगरी गोल गरेपछि घानाले ऐतिहासिक जित हासिल गर्यो।

FIFA World Cup Trophy. Photo courtesy: Fifa.com

सर्बियाले भने घानाविरुद्ध आक्रामक खेल देखाउन सकेन। टोलीले ७४ औं मिनेटमा एलेक्सान्डर लुकोभिकलाई गुमाउन पुगेको थियो। उनले दोहोरो पहेलो कार्डमा मैदान छाड्नुपरेको थियो।

अल्जेरिया र स्लोभेनिया बिचको खेलमा कप्तान रोबर्ट कोरेनको एक मात्र गोलसँगै स्लोभेनियाले विश्व कपअन्तर्गत समूह 'सी' मा जितबाट शुरुआत गरेको छ।  
आइतबार स्लोभेनियाले १० खेलाडीमा सीमित अल्जेरियालाई १-० ले हराएपछि विश्व कपमा पहिलो जित भएको हो। यो टोली समूहमा इङ्ल्यान्ड र अमेरिकालाई उछिन्दै शीर्ष स्थानमा रहृयो। कोरेनले ७९ औं मिनेटमा गरेको लामो दूरीको प्रहार अल्जेरियाका किपर फाउजी चाउजीले गल्ती गर्दा सीधै गोलमा परिणत भएको थियो। बल चाउजीको बायाँ काँधमा छुँदै जाली चुम्न पुगेको थियो। एक दिनअगाडि मात्रै सोही समूहको खेलमा इङ्ल्यान्डका किपर ग्रिनले गल्ती गरेका थिए।

उता ईटाली आफ्ना उपादी रक्षा गर्नमा तल्लिन हुनेछ भने एसियाली मुलुक साउथ कोरियाले पनि आफ्नो रणकौसल देखाएर दावेदरी पेश गरेको छ ।

खेल पर्यबेक्षकहरु यसपाली माईकल बालाक लगायत ४ खेलाडी चोटग्रस्त रहेको कारण जर्मनीलाई त्यती बलिया टिम मानेका थिएनन् तर तेस्रो दिनको खेलमा सशक्त रुपमा आफ्ना खेल कौशल देखाउदै बिश्व कप जित्न सक्ने दावेदारी प्रस्तुत गरे पुदुस्की र क्लोसलगायत उदियमान खेलाडीहरुले भरिएका टिमले अस्ट्रेलियालाई ४-० गोल अन्तरले पाखा लगाएर ।

हिजै जापानले ३९ औं मिनेटमा डेडलक तोडेको थियो। डाइसुके माटसुइले दायाँ विङबाट गरेको क्रसलाई क्यामरुनको डिफेन्सले क्लियर गर्न सकेन। क्यामरुनको खुकुलो डिफेन्सको फाइदा उठाउँदै होन्डाले पोस्टतिर सट हाने जसले गोलरक्षक हामिडउ सउलिमानउलाई छक्याउँदै क्यामरुनको जाली हल्लाउन पुग्यो।

जापानले क्यामरुनलाई बाँकी समयसम्म रोकेपछि टोलीको दोस्रो चरणमा पुग्ने आधार बन्यो। जापानले समूहमा नेदरल्यान्ड्सपछि दोस्रो स्थानमा कब्जा जमायो। टोलीले नकआउट चरणमा पुग्न समूहमा रहेका डेनमार्क वा नेदरल्यान्ड्सलाई रोक्नु जरुरी छ।

चतुर इन्टर मिलानका खेलाडी अफ्रिकी बाघ क्यामरुनका फरवार्ड सामुइल इटोलाई जापानले पूरै समयसम्म चलमलाउन दिएन। जापानी रक्षापङ्क्तीले फिका बनाई दिए।

समूह 'ई' को कडा प्रतिद्वन्द्वी डेनमार्कलाई २-० ले पन्छाएपछि नेदरल्यान्ड्सको जारी विश्व कपको दोस्रो चरणमा पुग्ने बाटो सहज बनेको छ। पहिलो गोल रक्षापङ्क्तीको आत्मघाती गोलले १-० ले पछी परेको थियो।

एसियाली स्तर

एसियाली स्तरको हिसावमा भन्ने हो भने ईतिहास रच्ने काम भएको छ साथै एसियाका दुवै प्रतिद्वन्धि टिमहरु जापान र दक्षिण कोरिया आ-आफ्ना क्षेत्रका माहिर ठानिन्छन् । हामी कामना गरौं, एसियाले अझ आफ्ना दावेदारी कडा रुपमा पेश गर्नेछ ।

यसपालिको १९ औ विश्व कपमा ब्राजिलका काका, रोबिन्हो, लुइस फब्रिगास, अर्जेन्टिनाका लियोन मेस्सी र टेवेज, ईङ्ल्यान्डका ब्रा ईन रुनी, स्टे फेन जेरार्ड, हेस्की, फ्रन्क लम्पर्ड, स्पेनका डेविड विल्ला, फर्नाण्डो टोरेस, फर्बिगास, पोर्चुगलका क्रिस्चिएनो रोनाल्डो, दक्षिण कोरियाका किम जोङ पार्क, फ्रान्सका थिएरी हेनरीका खेलको मज्जा लिन पाउनेछन भने रोनाल्डो, जिनेदिन जिदान, रोनाल्डिनो, लुइसे फिगो, डेविड बेकम, निस्टोरोए जस्ता गत विश्व कपका फुटबल हस्तिहरु यसपालिको विश्व कपमा देख्न पाईने छैन ।

-Ngwang Sonam Sherpa in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?