NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आइसिसि वल्ड क्रिकेट डिभिजन फाइभमा नेपालको चौथो जीत PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Santa Bagam   
Wednesday, 24 February 2010 12:12

काठमाडौं- नेपालले आइसिसि वल्ड क्रिकेट डिभिजन फाइभमा नेपालले लगातार चौथो जीत दर्ता गराएको छ ।

घरेलु मैदानको फाइदा उठाउँदै नेपालले फागुन १२ गते भएको खेलमा फिजीलाई १ सय ९३ रनले पराजीत गरेको हो । यो जीतसँगै नेपालको डिभिजन फोरमा उक्लिने सम्भाबना बलियो भएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा नेपालले पेश गरेको २ सय ६८ रनको चुनौती पछ्याएको फिजी २६ दशमलव ४ ओभरमा ७४ रनमा समेटिएको थियो । प्रतियोगितामा अंक विहिन पुछारमा रहेको फिजीको ब्याटिङ पक्षलाई धरासायी बनाउन नेपालका लागि बसन्त रेग्मीले ४ तथा शक्ति गौचनले दुई विकेट लिन सफल भए । विनोद दास र मेहबुब आलामले एक\एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै शुरुवाति क्रममा फितलो प्रदर्शन गरेको नेपालले सरद भेसवाकर तथा पारस खड्काको उत्कृष्ट साझेदारीसँगै निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ६७ रनको योगफल खडा गरेको थियो ।  
लगातार खराब फर्मबाट गुजि्ररहेका ओपनिङ ब्याटसम्यान मेहबुब आलम १० रनमा तथा शक्ति गौचन बिनारन बनाई पवेलियन फर्केपछि नेपाल दबाबमा परेको थियो ।

नेपालको लागि सरद भेष्वाकरले अविजीत १ सय ५ रन तथा पारस खड्काले ७५ रन बनाएका थिए । सरद र पारसले चौथो विकेटको लागि १ सय ३० रनको महत्वपुर्ण साझेदारीसमेत गरेका थिए । चोथौ जीतसँगै नेपालले कुल ८ अंक जोडेको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?