NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपालमा अन्तर्राष्ट्रिय कबड्डी लिग च्याम्पीयनसिप प्रतियोगिता सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Wednesday, 16 September 2009 03:00
रुपन्देही- भैरहवामा भएको अन्तर्राष्ट्रिय कबड्डी लिग च्याम्पीयनसिप प्रतियोगितामा अमेरिकी टिम निरभिरले आज भएको पुरुष तर्फको एशियन स्टाईलको कबड्डीको फाईनलमा भारतको सेर ए पन्जाब टिमलाई ५३:२८ अंकले हराउदै प्रथम भएको छ ।

पुरुष तर्फकै तृतिय स्थानका लागी भएको खेलमा बिएसईस स्वीडेनले ईण्डियन कबड्डी फेडरेशनलाई ३२:१६ ले हरायो । त्यस्तै, अमेरीकाको निरभिर टिम युथ तर्फ पनि प्रथम भयो । उस्ले नेपालको नवकिरणलाई टिमलाई ५३:२७ अंकले पराजित गरयो ।युथ तर्फ अल स्पोर्टस फेडरेशन ईन्डिया तृतिय भयो ।

त्यस्तै गरी, महीला तर्फको नेशनल स्टाईल कबड्डीमा नर्वेको महीला कबड्डी टमले भारतको शेर ए पन्जाब टिमलाई ५९:१२ को फराकिलो अन्तरले हराउदै प्रथम भयो भने नेपालको महीला कबड्डी टिम तृतिय स्थानमा सिमीत भयो ।

उता पुरुषहरुको बिच कबड्डी तर्फ ईन्डिया कबड्डी टिम ले अमेरीकाको निरभिर टिमलार्इे ३०:२० ले हराउदै प्रथम भयो भने तृतिय स्थानका लागी भएको खेलमा नेपालको नवकिरण टिम भारतको शेर ए पन्जाब संग ४९:५१ को झिनो अन्तरले पराजित हुन पुग्यो ।

महीला तर्फको बिच कबड्डीमा नर्वेको टिमले नेपालको नवकिरण टिमलाई ७३:२१ ले हराउदै प्रथम भयो ।

त्यस्तै गरी, सर्कल स्टाईल कबड्डी तर्फ निर्मल निम्मा भारतले हराउदै प्रथम भएको छ भने दिल्ली टाईगस्र भारतले भारतकै शेर ए पन्जाब टिमलाई २३:१५ले हराउदै तृतिय स्थान प्राप्त गर्न सफल भयो ।

उता सर्कल कबड्डीकै युथ तर्फ निरभर टिम अमेरीका प्रथम, भारतको नाईट राईडस्र द्धितिय र एलेभेन पन्जाब भारतले तृतिय स्थान प्राप्त गरे भने महीला तर्फको सर्कल स्टाईलमा नर्वेको महीला टिमले भारतको शेर ए पन्जाब टिमलाई २६:१२ ले पाखा लगाउदै प्रथम स्थान हात पार्न सफल भयो ।

बिजेता उप बिजेताहरुलाई प्रमुख अतिथी बरीष्ठ प्रहरी उपरीक्षक तथा लुम्बिनी अचल प्रहरी प्रहरी प्रमुख बिज्ञान राज शर्मा, बिश्व कबड्डी महासंघका कार्यकारी अध्यक्ष लोन्डुप दोर्जे लामा, प्रतियोगिता संयोजक ज्ञानदेब हटुवाल लगायतले पदक तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

बिश्व कबड्डी महासंघको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा नेपाल सहीत भारत, अमेरीका, नर्वे, स्वीडेन, मलेसियाका महीला तथा पुरुष गरी २ सय ५० खेलाडीहरुले नेशनल, स्टाईल, बिच र सर्कल कबड्डीका ईभेन्टमा प्रतिष्पर्धा गरेका थिए ।

-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?