NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

खेलकूदमा स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन भत्ता दिईने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 11 February 2010 12:16

काठमाण्डौं- युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले ढाकाका सम्पन्न सार्कस्तरीय साग खेलकूदमा स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन भत्ता दिने बताएका छन् ।

ढाकामा सम्पन्न सार्क खेलकूद प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीहरुको अभिनन्दन कार्यक्रममा मन्त्री नेपालीले सो कुरा बताएका हुन् ।

'यसबारेमा प्रधानमन्त्रीसँग कुरा गरेर आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिनेछ' मन्त्री नेपालीले भने- 'खेलाडीको प्रोत्साहनका लागि स्वर्ण पदक विजेतालाई ३ लाख, रजत पदक विजेता २ लाख र काँस्य पदक विजेतालाई १ लाख दिइनेछ ।'

सरकारले जति गर्न सकेको छ त्यतिमा सन्तुष्ट हुने स्थिति नरहेको बताउँदै मन्त्री नेपालीले यो अरु मुलुकका तुलनामा खासै ठूलो नभएपनि सरकारमा स्थिरता र राजनीतिक सुधार भएपछि निरन्तर खेलकुद कार्यक्रम हुने वातावरण बनाइने बताए ।

राष्ट्रिय खेल नीति ल्याउन आफूले पहल गर्ने बताउँदै मन्त्री नेपालीले बार्हौं साग खेलमा कम्तीमा तेस्रो स्थान ल्याउनका लागि विशेष कार्ययोजना बनाइने जानकारी पनि उनले दिए ।

साग खेल स्थलमा उल्टो झन्डा राखेको र पुरानो राष्ट्रिय गान बजाएकोबारे बंगलादेशी राजदूतसँग कुरा गरेको र आयोजक बंगलादेशले आत्मालोचना गरिसकेको जानकारी दिए । 'हामीले आयोजकले मागेअनुसार झन्डा र क्यासेट बुझाएका थियौं' उनले भने- 'आयोजकबाट भूलचुक भएको बुझिएको छ ।'

मन्त्री नेपालीले सागमा स्वर्ण पदक विजेता दीपक विष्ट, राजेन्द्र भण्डारी, आयुष्मा शाक्य, विनोद शाक्य, गंगा अधिकारी, विनिता महर्जन, आङबाबु लामा र सुनील लामाका साथै प्रशिक्षक दीपक श्रेष्ठलाई फूलको गुच्छा र माला दिएर अभिनन्दन गरेका थिए ।

कार्यक्रममा खेलाडीहरुले सरकारले खेलका बेलामा मात्र खेलाडीलाई सम्झने र खेलकुदको समग्र विकासमा ध्यान दिन नसकेको गुनासो गरेका थिए । दुई महिना तयारी गरेर यति पदक जित्नु पनि महत्वपूर्ण रहेको उनीहरुको भनाई थियो ।

सागमा अहिलेसम्मकै सर्वाधिक स्वर्ण पदक विजयी तेक्वान्दो खेलाडी दीपक विष्टले मुलुकको खेल नीति नै अस्पष्ट र अपुरो भएको बताएका थिए भने अर्का कीर्तिमानधारी म्याराथन धावक राजेन्द्र भण्डारीले राज्यले खेलाडीको सम्मान गर्न नसकेको गुनासो गरेका थिए ।

स्वर्ण पदक बिजेताहरु आयुष्मा शाक्य र विनिता महर्जनले खेलकुद क्षेत्रमा आउनेलाई प्रोत्साहन हुने र सुरक्षित हुने कार्यक्रम ल्याउन सरकारसँग माग गरेका थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?