NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पाँच नेपाली ओलम्पीयनद्धारा लुम्बिनीबाट पीस पुलेम वाक सुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Monday, 22 February 2010 01:01

रुपन्देही -पाँच नेपाली ओलम्पीयनहरुले शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मस्थली लुम्बिनीबाट पिस पुलेम वाक सुरु गरेका छन् ।



लुम्बिनीबाट सुरु भएको पीस वाक ६ दिन पछी काठमाण्डौमा पुगेर टुंगिनेछ । नेपाली ओलम्पीयनहरु जितबहादुर केसी, मुकुन्द हरी श्रेष्ठ, लक्ष्मण बस्नेत, उमेश मास्के र बिमला राना मगर पिस वाकमा सहभागी छन्।

नेपाल सरकारले सन् २०११ लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने घोषणा गरे अनुसार भ्रमण बर्ष कार्यक्रमलाई सार्थक बनाउन उनिहरुले लुम्बिनी बाट पिस वाक प्रारम्भ गरेका हुन् । पीस वाकको संयोजक किर्तिमान धारी धावक बैकुन्ठ मानन्धरले गरेता पनि स्वास्थका कारणले गर्दा अन्तिम समयमा उनी उपस्थीत हुन सकेनन् ।

पाँच जना ओलम्पीयनहरु मध्ये चार जनाले नेपालको राष्ट्रिय झन्डा बोकेका छन् भने एक जनाले शान्ती दिप पीस पुलेम बोकेका छन् । पीस वाकका क्रममा उनिहरुले पालै पालो झन्डा र शान्ती दिप बोक्नेछन् ।

पीस वाकका क्रममा उनिहरुले लुम्बिनीबाट काठमाण्डौ सम्मको ३ सय १५ किलोमिटरको दुरी ६ दिनमा तय गर्नेछन् । १४ गते पीस वाक टोली काठमाण्डौ पुगेपछी नेपाल सरकारले आधिकारीक रुपमा नेपाल भ्रमण बर्ष २०११ को प्रचार प्रसारको कार्यक्रम सोही दिनबाट सुरु गर्ने जनाएको छ ।

ओलम्पीयनहरुले लुम्बिनीमा रहेको बिश्वशान्ती दिपबाट दिप प्रज्वलोन गर्दै पीस वाकको सुरुवात गरेका हुन् । सो क्रममा पर्यटन मन्त्री शरद िसंह भण्डारीले उनिहरुलाई राष्ट्रिय झन्डा र पुलेम हस्तान्तरण गरेका थिए ।

पीस वाक टोलीले पहीलो दिन लुम्बिनीबाट भैरहवा हुदै बुटवल पुगेर बिश्राम लिएको र सोमबारबाट यात्रा निरन्तर चल्ने पर्यटन कार्यालय भैरहवाका ईन्चाजए प्रदिप बस्नेतले बताउनु भयो । यात्राका क्रममा पर्ने बिभिन्न ठाउहरु बुटवल, नवलपरासी, नारायणगढ लगायतका स्थानमा स्थानीय तहबाट बिभिन्न कार्यक्रम गरी उनिहरुको सम्मान गरीने भएको छ ।

एकै पटक ५ नेपाली ओलम्पीयनहरुले एक साथ बुद्धजन्मस्थली लुम्बिनीबाट पीस पुलेम वाक गर्न थालेको यो पहिलो अबसर हो ।

ओलम्पीयन जीत बहादुर केसीले सन् १९७२ को म्युनिक जर्मनीमा भएको २० औं ओलम्पीकमा एथलेटिक्समा सहभागीता जनाएका थिए भने लक्ष्मण बस्नेत एथलेटिक्स, मुकुन्द हरी श्रेष्ठ, एथलेटिक्स र उमेश मास्के बक्सींगले सन् १९८० मा मस्कोमा भएको २२ औं ओलम्पीक खेलकुदमा नेपालको प्रतिनिधीत्व गरेका थिए । त्यस्तै गरी बिमला रानामगर, एथलेटिक्सले अमेरीकाको एटलान्टामा भएको २६ औं ओलम्पीक खेलकुदमा सहभागीता जनाएकी थिईन् ।

पीस वाकमा सहभागी ओलम्पीयनहरुले बिश्व शान्तिकादुत गौतम बुद्धको जन्मथलोबाट शान्तीद्धिप सहीत पीस वाक गर्ने अबसर प्राप्त गरेकोमा गौरब महशुस गरेको बताएका छन् ।

पीस वाक पुर्ब आईतबार बिहान मायादेबी मन्दीरमा बौद्ध भिक्षुहरुद्धारा शान्तिकोकामना सहीत पुजा पाठ भएको थियो ।

-Chandrakant Khanal in Butwal

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?