NEWS: बिबिसी नेपाली सेवा ::

Inside

१६ औं क्यान ईन्फोटेक (16th CAN INFO-TECH 2010) काठमाडौमा सुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 13 January 2010 02:03

काठमाडौ- नेपालमा सूचना प्रविधिको महाकुम्भ मेलाको रुपमा लिईने १६ औं क्यान ईन्फोटेक (16th CAN INFO-TECH 2010) राजधानी काठमाडौमा सुरु भएको छ ।


 


चार दिनसम्म चल्ने मेला पुस २९ (जनवरी १३) गते भृकुटी मण्डपमा शूरु भएको हो । सुचना प्रविधि मेलामा एक सय ब्यवसायीहरुका दुईसय सत्तरी स्टल राखिएको मेला आयोजक कम्प्यूटर एसोसिएसन अफ नेपाल (क्यान) ले जनाएको छ ।

मेलाको उदघाटन प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभा गृहमा एक कार्यक्रमका बीच गरेका छन् । मेलाको क्रममा सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन र त्यसबारे जानकारी दिनुका साथै सामाग्रीहरुको विक्री वितरणसमेत गरिने छ ।

क्यानले मेला अवधि भर ४ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरेको छ । मेलामा नयाँ प्रविधिबारे जानकारीसँगै प्राविधिक सामग्रीहरु सस्तो दरमा किन्न पाईन्छ ।

विश्व सूचना प्रविधिकै वरीपरी घुमीरहेको बेला यस्तो मेलाले नयाँ इँटा थप्ने काम गरेको आयोजक क्यानले जनाएको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?