NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रेमको प्रतीक नेपालको 'ताज महल' भनेर चर्चित 'रानीघाट दरबार' मा सर्वदलीय बैठक PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Haribahadur Saru Magar   
Wednesday, 13 January 2010 01:46

'मन्त्रीहरु हेलिकप्टर चढेर काला पत्थर पुगे होलान् तर हामी हिडेर आयौं ।'
Exclusive 4 photos: पाल्पा- अघिल्लो महिना हिमाल बचाउन काला पत्थर पहाडमा पुगेर मन्त्रिहरुले बैठक गरेको सम्झना ताजै छदां कालापत्थर बैठक जस्तै छाया बैठक पाल्पाका राजनीतिक दलहरुले नेपालको ताजमहल मानिएको रानीघाट दरबार संरक्षणका लागि भन्दै दरबारको आंगनमै पुगेर सम्पन्न गरेका छन् ।


 

Ranighat Palace is located in Palpa. Photos: Hari


ऐतिहासिक र पुरातात्विक महत्वको रानीघाट दरबारको संरक्षणमा जिल्लाका राजनीतिक दलहरुले यसरी चासो देखाएर दरबारमै पुगी बैठक बसेको यो पहिलो पटक हो । बैठकको अरु कुनै एजेण्डा थिएन मात्र एक एजेण्डा थियो-दरबार संरक्षण र संबद्र्धन ।

पाल्पामा कि्रयाशिल दलहरुका नेताहरु दरबारको आंगनमा गुन्द्रि दच्छ्याएर सर्वदलीय बैठक बसेका हुन् । रानीघाट दरबारको आगनमा बैठक बस्दै गर्दा कालापत्थर बैठकको प्रसंग पटक पटक उठ्यो र हांसो ठट्टा पनि उत्तिकै भयो । बैठकमा सहभागि माओवादीका गिरबहादुरले ठट्टा गरे- 'मन्त्रिहरु त हेलिकप्टरमा गए तर हामि पैदल हिँड्दै आयौं ।' यत्तिकैमा अर्का एमाले नेता धनेन्द्रराज घिमिरेले फ्याट्टै भने- 'अर्को बर्ष बैठक बस्दा गाडिमा आउनु पर्छ, खुट्टा बेस्सरी दुखायो मेरो त ।'



सर्वदलीय बैठक आयोजनाका लागि ३ बर्षदेखि दरबार संरक्षणको जिम्मेवारी सम्हाल्दै आएको स्थानीय समाज सेवा असल शासन क्लबले चाजो मिलाएको थियो । दरबार संरक्षण समितिका पदाधिकारीले सर्वदलीयलाई दरबारको अवस्था र संरक्षणका लागि गरिएका प्रयासको बारेमा जानकारी गराएका थिए ।

समितिका उपाध्यक्ष सागरमणि पाण्डे क्षेत्रीले जिर्ण बन्दै गएको रानीघाट दरबार बचाउन सर्वदलीय टोलि काठमाडौंको िसंहदरबार पुग्नु पर्ने खांचो भएको धारणा राखेका थिए । एउटा दरबार बचाउन अर्को दरबार पुग्नु पर्ने देखिएको छ । क्षेत्रीले दरबार संरक्षणका लागि केन्द्रिय पहलको खांचो भएको बताए । दरबारमै लिखित निर्णयसमेत गरेर सोहि दिन साझ सर्वदलीय टोलि सदरमुकाम तानसेन फर्केको थियो ।

बैठकले एक नंम्बरमा यहि बर्ष भित्रमा दरबारमा सडक यातायात पुर्याउने निर्णय गरेको छ । दरबार संरक्षणका लागि १० लाख बजेटले तत्काल काम थाल्नेसमेत निर्णय भएको छ । निर्णयको प्रति देखाउँदै क्लबका अध्यक्ष दिपक पाण्डेले भने कालापत्थर बैठकले केहि होला नहोला तर रानीघाट बैठकमा केहि महत्वपुर्ण बुंदामा लिखित सहमति भएकोले आशा गर्ने ठाउँ छ ।

सर्वदलीय बैठकले रानीघाट दरबारमा अस्थायी प्रहरी चौकीको समेत व्यवस्था गर्ने निर्णय गरेको छ । क्लबले मासिक १५ सय खर्चमा दरबार रेखदेख गर्दै आएकोमा थप बजेटको व्यवस्था गर्नेसमेत यो बैठकले निर्णय गरेकॊ छ । दरबारको आंगनमा सम्पन्न बैठकमा माओवादी पाल्पाका गिरबहादुर थापा, नेपाली कांग्रेसका शिबचन्द्र खनाल, एमालेका धनेन्द्रराज घिमिरे, राष्ट्रिय जनमोर्चाका सोम कुमार कार्की र नेकपा एकिकृतका नबिन थापा सहभागी थिए ।



जिल्ला बिकास समितिका स्थानीय बिकास अधिकारी कृष्णचन्द्र घिमिरे सहित पत्रकार टोली पनि सर्वदलीयमा सहभागि थिए । दलका नेताहरु दरबारको आंगनमै पुगेर सर्वदलीय बैठकको आयोजना गरेकोमा स्थानीयबासी निकै खुसी बनेका छन् । बैठकको लागि दरबारमा पुगेको सर्वदलीयका पदाधिकारीलाई स्थानीयबासीले फुलमाला र अबिरले स्वागत गरेका थिए ।

नेपालमा प्रेम प्रतिकको रुपमा रहेको एकमात्र ताजमहल दिनप्रतिदिन जीर्ण बन्दै गएपछि पाल्पाका राजनितिक दलहरुले यसतर्फ ध्यान दिएका हुन् । उचित संरक्षण र सम्बद्धनको अभावमा उक्त ताजमहल 'रानीघाट' दरबार धरासायी र कमजोर अबस्थामा पुगेको हो ।

तानसेन सदरमुकाम देखि २५ किलोमिटर उत्तर पश्चिम बौघागुम्बा गाउ बिकास समितिको रानीघाटमा अबस्थित उक्त दरबार विसं १९४९ सालमा निमार्ण भएको थियो । खड्ग शमशेरले आफ्ना प्रिय रानी तेजकुमारीको निधनपछि रानीको सम्झनामा रानी तेजकुमारीकै अन्तिम ईच्छा अनुसार उक्त स्थानमा रानीघाट दरबार निमार्ण गरेका थिए । एक सय १६ बर्ष पुरानो उक्त दरबार अहिले भने संरक्षणको पर्खाइमा धरासायी अबस्थामा रहेको छ ।

उतिबेला निमार्ण भएको उक्त दरबार भित्र पाटी, पौवा, धारा र मन्दिर सहितको दरबार मार्ग रहेको छ । तर पाटी, पौवा, धारा र मन्दिर अहिले नचिनिने अबस्थामा पुगेको छ । मन्दिर भित्रको मूर्ति र मन्दिरको गजुरसमेत चोरी भईसकेको छ । फलामबाट निमार्ण भएका मुर्ति तथा अन्य महत्वपूर्ण धातुबाट बनेका बस्तुहरु हराएर गएका छन् । यसले पुराना धरोहर र ऐतिहासिक रुपमा र धार्मिक रुपमा चर्चित रानीघाट दरबारको अस्तित्व नै संकटमा परेको छ । यो दरबारलाई बिश्व सम्पदा सूचीमा राख्नको लागि काम भईरहेको सरकारी कार्यालयहरुले बताउदै आएका छन् तर दरबार जीर्ण बन्दै गएको छ ।



भारतको आग्रामा रहेको ताजमहलको प्रतिकको रुपमा रहेको यो ताजमहल रानीघाट दरबार प्रेम र बचन बद्धताको प्रतिकको रुपमासमेत लिने गरेको पाईन्छ । करिब ६ रोपनी जग्घामा फैलिएको उक्त दरबारको यसअघि जिल्ला बिकास समिति पाल्पाले समान्य रुपमा मर्मत संभार गरेपनि दरबार फेरी पुरानै अबस्थामा फर्किएको छ ।

हाल राजधानी जोड्ने फास्ट ट्याकको रुपमा कालीगण्डकी लोकमार्ग निमार्ण कार्य भईरहेको छ । यो लोक मार्गले कालीगण्डगीको छेउमा रहेको ताजमहल रानीघाटमा पर्यटक भित्राउन सहयोग पुग्ने बिस्वास लिईएको छ । यसले आगामी दिनमा उक्त दरबारको संरक्षणसमेत हुने त्यहाँका स्थानिय बासिन्दहरुले बताएका छन् । आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिएमा यसले पाल्पा लगायत अन्य आसपासका जिल्लाहरुलाई पर्यटन बिकासमा टेवा पुग्ने निश्चित छ ।

दरबारको संरक्षण भने अहिलेदेखि नै गर्दा पाल्पालाई मात्र होईन नेपाल र नेपालीलाई नै फाईदा हुने कुरामा कसैको असहमति भने छैन । पाल्पा, गुल्मी र स्याङजाको संगम स्थलमा रहेको रानीघाट दरबार अहिले बर्षको एक दिन प्रेम दिबसको दिन प्रेम पारखीहरु यस स्थानमा ३ घण्टा हिडरै भएपनि घुम्न र प्रेम साटासाट गर्न जाने गर्दछन् । यस बाहेक अन्य दिन पाल्पा र अन्य क्षेत्रका मानिसहरु यो स्थानमा घुम्न र दरबार अबलोकन गर्न जाने गरेका छन् ।

कालीकगडकी लोकमार्ग निमार्ण भएपछि भने आन्तरिक तथा बाह्य पर्यटक यो स्थानमा घुम्न पाउने आशा राखेका छन् ।

-Hari Bahadur Saru in Palpa

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?