NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकाबाट नेपाल घुम्न जाने पर्यटकको संख्या १७ प्रतिसत बृद्धि PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 01 November 2010 14:26

काठमाडौं- नेपाल पर्यटन बर्ष २०११ को पूर्व सन्ध्या अरु सकारात्मक देखिन थालेको छ । नेपाल पर्यटन बोर्डकाअनुसार अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या १७ प्रतिसतले बढेको छ ।

गत बर्ष यही अक्टोबर महिनामा आउने पर्यटकभन्दा यस बर्ष यही महिनामा आउने पर्यटकको संख्या बृद्धि भएको जानकारी नेपाल पर्यटन बोर्डले दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुको संख्यालाई आधार बनाएर बोर्डले यो कुरा बताएको हो ।

अक्टोवर महिनामा ६२ हजार ७ सय १२ पर्यटकहरु नेपाल भित्रिएका छन् । बोर्डकाअनुसार, यो संख्या गत सालकोभन्दा १२ प्रतिसतले बढि हो । यसमध्ये दक्षिण एसियाबाट आउने पर्यटकको संख्यामा १३ दशमलब ७ ले प्रतिसतले बृद्धि भएको छ । तर अन्य एसियाली मुलकबाट आउनेको संख्या भने २ दशमलब ३ प्रतिसतका दरले घटेको देखिएको छ ।

यही महिनामा गत सालभन्दा नेपाल आउने यूरोपेली मुलुकका पर्यटकहरुको संख्या १४ दशमलब ५ प्रतिसतका दरले बढेको छ भने अष्ट्रलिया, स्केण्डेनेभियन मुलुकका पर्यटकको संख्यापनि गत सालभन्दा बढेको देखिएको छ ।

यसैगरी, ५७ हजार विदेशी पर्यटकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका छन् । ७३ हजार ८ सय ६८ नेपालीहरु यो विमानस्थबाट नेपाल आएका छन् भने ५१ हजार १ सय ७७ नेपालीहरु विदेशिएका छन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?