NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

चितवनको वाल्मीकी आश्रम ओझेलमा, भारत प्रवेश गरेर जानुपर्ने बाध्यता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Monday, 08 March 2010 13:33

काठमाडौं- पुरातात्विक र धार्मिक महत्वको क्षेत्र मात्र नभई लाखौं वर्ष पूरानो इतिहाससमेत बोकेको भएपनि कसैको उचित ध्यान जान नसक्दा चितवनको वाल्मीकी आश्रम ओझेलमा पर्दै गएको छ ।

विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलका रुपमा परिचित वाल्मीकी आश्रम चितवन राष्ट्रिय निकुज भित्र अवस्थित छ ।

चितवनको गर्दी गाविसको वडा नं ९ मा पर्ने वाल्मीकी आश्रम पर्न त नेपालकै भूमीमा पर्छ तर त्यहाँ जान भने भारत प्रवेश गरेर जानुपर्ने बाध्यता रहेको छ । नेपालको त्रिवेणी हुदै भारतको वाल्मीकीनगरको जंगल काटेर मात्रै वाल्मीकी आश्रम जानुपर्ने भएकाले पनि नेपालीहरुको त्यहाँ उल्लेखनीय उपस्थिति रहने नगरेको स्थानीय वासिन्दाहरुको भनाई छ ।

भारतीय सीमा क्षेत्र पार गरेर आउनु पर्ने भएको र यसको उचित प्रचार-प्रसार समेत गर्न नसकिएकाले नेपाली दर्शनार्थीहरु उल्लेख्य मात्रामा त्यस स्थानमा पुग्न सकिरहेका छैनन् । वाल्मीकी आश्रममा वर्षेनी हजारौंको संख्यामा दर्शनार्थी अर्थात भक्तजनहरु आउने गरेको भएपनि त्यसमा ९० प्रतिशत भन्दा बढी भारतीयहरु नै हुने गरेका छन् ।

आश्रममा आउनका लागि भारतीय सीमा र निकुजसमेतलाई छिचोलेर आउनुपर्ने भएकाले पनि नेपालीहरु चाहेर पनि आश्रममा आउन नसकेको अनुमान पुजारीहरुको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?