| पोखरामा रु. २३ अर्ब ४५ करोड सङ्कलन, ८१ वित्तीय कार्यालय, अधिकतम लगानी अनुत्पादक क्षेत्रमा |
|
|
|
| Written by Rajbahadur Gurung | |||
| Monday, 13 April 2009 04:55 | |||
|
पोखरा, पर्यटकीय नगरी पोखराको व्यस्त बजार चिप्लेढुङ्गामा कामना विकास बैङ्कसँगै जोडिएको घरमा सिटी डेभलपमेन्ट बैङ्क छ । जोडिएकै घरमा अन्नपूर्ण फाइनान्स कम्पनी छ । अन्नपूर्णसागै नारिएको छ-इन्भेस्टमेन्ट बैङ्क ।
चिप्लेढुङ्गाबाट न्युरोडतिर एक-दुई पाइला चलाउन नपाउादै सुरुहुन्छ- बैङ्कहरूको लस्कर । भनौ घरैपिच्छेजस्तो बैङ्क । पोखराको न्युरोड अर्थात् नया नाम बैङ्क रोड । कास्कीमा रहेका ७९ बैङ्क तथा वित्तीय संस्थाका न्युरोडमा मात्र ४८ वटा कार्यालय छन् । तिनमा रोजीछाडी बैकिङ कारोबार गर्न ग्राहकहरू हरदम दौडिरहेका देखिन्छन् । आर्थिक उदारिकरण, स्थापना गर्न राष्ट्र बैङ्कको लचिलोपन, अनुगमन, संरक्षण, जनशक्तिको प्रचुरता र पूजी हुनासाथ संस्थापक बन्ने चाहनाले बैङ्क स्थापनाको लहर आएको छ । कास्कीमा मात्रै वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी र लघु कारोबार गर्ने वित्तीय संस्थाका मुख्य र शाखा कार्यालय गरी ८२ पुगेको छ । न्युरोडमै यति धेरै किन त ? "सुरक्षा, महेन्द्रपुल चिप्लेढुङ्गाको व्यापारिक चहलपहलले ग्राहकको सजिलै पहुँच अर्थात् व्यापारिक केन्द्र," आठ वर्षअघि न्युरोडमा शाखा स्थापित एनबी बैङ्कका अधिकृत रामकुमार श्रेष्ठ भन्छन् । न्युरोडमा सरकारी बैङ्क छैनन् । स्टयान्डर्ड चार्टर्ड, नबिल, कुमारी, एभरेस्ट, हिमालयन, लक्ष्मी, सिटीजन्स, ग्लोबल, प्राइम बैङ्कदेखि गण्डकी, बिजनेस, साङ्गि्रला विकास बैङ्कको भीडमा थपिएका छन् ओम, कास्की, फेवा, अपि, प्रभु, बुटवल फाइनान्स कम्पनी र लघुवित्त कारोबार गर्ने संस्थाहरू । देशका 'क' वर्गका २५ वाणिज्य बैङ्कमध्ये लुम्बिनी, बैङ्क अफ एसिया र सनराइजबाहेक २२ वटाका ३६, 'ख' वर्गका ५९ विकास बैङ्कमध्ये १९, 'ग' वर्गका ७८ वित्त कम्पनीमा १५, लघुवित्त कारोबार गर्ने ८ र नेपाल औद्योगिक विकास निगम क्रियाशील छन् । सङ्ख्यात्मक रूपमा काठमाडौकै हाराहारीमा बैङ्क वित्तीय संस्था छन् । राजधानीपछिको मुख्य सहर मानिएकाले ठूला बैङ्कको प्रतिष्ठाका कारण यहा शाखा खोल्ने होडबाजी चलेको छ । पर्यटकीयक्षेत्र, लाहुरे र बढ्दो सहरीबस्तीले प्रशस्त भित्रिने रेमिटयान्स, निक्षेप सङ्कलन ज्यादा हुने विविध कारणले वाणिज्य बैङ्कहरू ओइरिएका छन् । सन् २०१० पछि भित्रिने विदेशी बैङ्कसँग प्रतिस्पर्धात्मक क्षमता निर्माण, सञ्जाल, कार्यक्षेत्र र पूजी बढाउने प्रयोजनका लागि उनीहरूले पोखरा रोजेको हुनसक्छ । समग्र क्षेत्रको अध्ययन, ग्राहकसँगको सम्बन्ध, अन्तर बैकिङ कार्यविस्तार र सुरुमा निक्षेप सङ्कलनार्थ बैङ्क यहा आए । यी संस्था ओइरिनुको कारण के हो त ? "काठमाडाैका बैङ्कको प्रतिष्ठा, सञ्जाल फैलाउन सजिलो, लाहुरेबस्तीले रेमिटयान्स राम्रो भित्रिनाले आकर्षक निक्षेप सङ्कलन र पश्चिमाञ्चलको आर्थिक केन्द्रका कारण बैङ्क बढेका हुन्," नेपाल राष्ट्र बैङ्क पोखराका मुख्य व्यवस्थापक शिवराज पाण्डे भन्छन् । हिजोसम्म ग्राहक बैङ्क धाउथे अब बैङ्क ग्राहककोमा धाउन थाले । हिमचुली विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल भन्छन्- बैङ्क संस्थापक हुने गर्वले सहकारीसरह बैङ्क बढे, अब प्रतिस्पर्धा गर्न बढी व्याजदर हैन सेवा र गुणस्तर बढाउनुपर्छ । कास्की र आसपास क्षेत्र अधिकतम बि्रटिस, भारतीय सेनाका बहालवाला, भूपू सैनिकको बसोवासको कारण वाणिज्य बैङ्कहरू स्रोत व्यवस्थापनका लागि निक्षेप सङ्कलन गर्न एकले अर्कालाई पछयाउदै पोखरा गन्तव्य बनाए् । यहा सङ्कलित निक्षेप काठमाडाै, वीरगन्ज, भैरहवाजस्ता क्षेत्रमा लगानी गर्नेगरेको भनाइ छ । " पोखरा निक्षेप सङ्कलन केन्द्र हो, उद्योगको न्यूनताले अरू ठाउमा लगानी गर्छन्," मुख्य व्यवस्थापक पाण्डे थप्छन् । आ.व. २०६४-०६५ सम्म यहा रहेका बैङ्क वित्तीय संस्थाले रु. २३ अर्ब ४५ करोड निक्षेप सङ्कलन गरी रु. २३ अर्ब ४४ करोड लगानी गरे । निक्षेपको हाराहारीमा लगानीले पुाजी निष्त्रिय रहेन । कुल लगानीमा थोक तथा खुद्रा बिक्रेता व्यापारमा रु. सात अर्ब ४४ करोड -३१ प्रतिशत) निर्माणमा रु. दुई अर्ब ८२ करोड -१२ प्रतिशत), उत्पादनमा रु. दुई अर्ब २५ करोड -९ प्रतिशत) र यातायात सञ्चारमा रु. एक अर्ब ८१ करोड -सात प्रतिशत) लगानी देखिन्छ । निर्माणमा घरजग्गा खरिद र निर्माण जनाउछ । सेवा उद्योगले पर्यटन जनाए पनि पर्यटन क्षेत्रको लगानी भने अझै पर्ख र हेरकै अवस्थामा छ । कृषिमा मात्र १.५७ प्रतिशत लगानी छ । विशेषतः विप्रेषण आय र उपभोगमुखी सहरको रूपमा विकसित पोखरामा घरजग्गा, सवारी साधन र उपभोग कर्जामा बैकिङ लगानी अधिकेन्द्रीत छ । "उद्योगको सम्भावना छैन, उपभोग्य, रियलस्टेट, थोक तथा खुद्रा व्यापार, यातायात, घरायसी प्रयोजनका अनुत्पादक क्षेत्रमा बढी लगानी देखिन्छ"- राष्ट्र बैङ्कका सह-व्यवस्थापक वसन्त थापा भन्छन् । अनुत्पादक क्षेत्रको लगानीले रोजगारी, उत्पादन, वस्तु र सेवाको गुणस्तर बढ्न नसक्ने हुँदा समग्र आर्थिक विकासमा योगदान दिन नसकेको बताइान्छ । उपभोग्य कर्जाले विलासिता बढाउछ । देशको आर्थिक विकासका लागि सुदृढ, सबल र विकसित बैकिङ प्रणाली पूर्वसर्त हो । बैङ्क वित्तीय संस्था निक्षेप सङ्कलन र प्रवाह गर्ने डिलरमात्र नभएर समग्र आर्थिक विकासको अगुवाइ गर्ने लिडर पनि हुन् । संस्थागत सुशासन र वाणिज्य बैङ्कको निष्त्रिय कर्जा घटाएर ऋण दिनुपर्ने र ग्रामीणस्तमा सेवा विस्तारको चुनौती बढ्दो बैङ्कसामु खडा भएका छन् । कास्कीका बैङ्क वित्तीय संस्थाको चालु आ.व.को पुस मसान्तसम्मको जम्मा निक्षेप रु. २६ अर्ब ३९ करोड २१ लाख छ । जसमा सम्पूर्ण वाणिज्य बैङ्कको कुल निक्षेप अङ्श ५८ प्रतिशत र बाकी विकास बैङ्क, फाइनान्स, लघुवित्त र अन्य वित्तीय संस्थाको छ । सोही अवधिमा रु. १५ अर्ब २३ करोड लगानी भई २२ अर्ब २५ करोड लगानीमा रहिरहेको देखिन्छ । बाकी कर्जामा १.३४ प्रतिशतले भाखा नाघेको छ । वाणिज्य बैङ्कहरूको कर्जाको ५० प्रतिशत हिस्सा छ । हाराहारीमा विकास बैङ्क, फाइनान्स कम्पनी लघुवित्त र वित्तीय संस्था छन् । लगानीमा चालु आ.व.को पुससम्म कुल लगानीमा थोक तथा खुद्रा बिक्रेता व्यापारमा ३३, निर्माणमा १२, उत्पादनमा छ, यातायात सञ्चारमा ११ र कृषिमा १.७० प्रतिशत लगानी रहेको राष्ट्र बैङ्क, पोखरा कार्यालयले जनाएको छ । यसले अनुत्पादक क्षेत्रमा लगानी बढाएको देखाएको छ । आव २०६४-०६५ मा १४२ अर्ब रेमिटयान्स नेपाल भित्रियो । सो आ.व.मा पोखराका नौवटा बैङ्क वित्तीय संस्थाले रु. चार अर्ब ९१ करोड ३० लाख विप्रेषणबापत भुक्तान गरेका र त्यही अनुपातमा अनौपचारिक क्षेत्रबाट विप्रेषण भित्रिएको अनुमान छ । देशका ६५ प्रतिशत जनता अझै पनि बैङ्कको पहुँचबाहिर छन् । सहरबजार र तराईका सुगम ठाउका ३५ प्रतिशत जनताले बैङ्कको लाभ उठाइरहेका छन् । राष्ट्रियस्तरमा झन्डै ४० देखि ४५ हजार जनताको लागि एउटा बैङ्क रहेकोमा काठमाडौमा प्रति १० हजार र पोखरामा प्रति १२ हजारलाई बैङ्क सुविधा उपलब्ध रहेको राष्ट बैङ्क पोखराका व्यवस्थापक केशव थापा बताउाछन् । हिमाली, पहाडी र दुर्गम भेकमा बैङ्क सञ्जाल फैलिन सकेको छैन । कर्जा प्रवाहमा अनुचित लाभ लिने प्रवृत्तिको अन्त्यसगै बैकिङ बानीको विकास, व्यापार व्यवसायमा सघाउ, एटिएम तथा खाताहरूमा नयानया सुविधा र सामाजिक उत्तरदायित्वका भावना बैङ्कको बढोत्तरीसगै थपिएका छन् । -Rajbahadur Gurung in Pokhara
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments