NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पोखरामा रु. २३ अर्ब ४५ करोड सङ्कलन, ८१ वित्तीय कार्यालय, अधिकतम लगानी अनुत्पादक क्षेत्रमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rajbahadur Gurung   
Monday, 13 April 2009 04:55
पोखरा, पर्यटकीय नगरी पोखराको व्यस्त बजार चिप्लेढुङ्गामा कामना विकास बैङ्कसँगै जोडिएको घरमा सिटी डेभलपमेन्ट बैङ्क छ । जोडिएकै घरमा अन्नपूर्ण फाइनान्स कम्पनी छ । अन्नपूर्णसागै नारिएको छ-इन्भेस्टमेन्ट बैङ्क ।

चिप्लेढुङ्गाबाट न्युरोडतिर एक-दुई पाइला चलाउन नपाउादै सुरुहुन्छ- बैङ्कहरूको लस्कर । भनौ घरैपिच्छेजस्तो बैङ्क । पोखराको न्युरोड अर्थात् नया नाम बैङ्क रोड । कास्कीमा रहेका ७९ बैङ्क तथा वित्तीय संस्थाका
न्युरोडमा मात्र ४८ वटा कार्यालय छन् । तिनमा रोजीछाडी बैकिङ कारोबार गर्न ग्राहकहरू हरदम दौडिरहेका देखिन्छन् ।

आर्थिक उदारिकरण, स्थापना गर्न राष्ट्र बैङ्कको लचिलोपन, अनुगमन, संरक्षण, जनशक्तिको प्रचुरता र पूजी हुनासाथ संस्थापक बन्ने चाहनाले बैङ्क स्थापनाको लहर आएको छ । कास्कीमा मात्रै वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी र लघु कारोबार गर्ने वित्तीय संस्थाका मुख्य र शाखा कार्यालय गरी ८२ पुगेको छ ।

न्युरोडमै यति धेरै किन त ? "सुरक्षा, महेन्द्रपुल चिप्लेढुङ्गाको व्यापारिक चहलपहलले ग्राहकको सजिलै पहुँच अर्थात् व्यापारिक केन्द्र," आठ वर्षअघि न्युरोडमा शाखा स्थापित एनबी बैङ्कका अधिकृत रामकुमार श्रेष्ठ
भन्छन् । न्युरोडमा सरकारी बैङ्क छैनन् । स्टयान्डर्ड चार्टर्ड, नबिल, कुमारी, एभरेस्ट, हिमालयन, लक्ष्मी, सिटीजन्स, ग्लोबल, प्राइम बैङ्कदेखि गण्डकी, बिजनेस, साङ्गि्रला विकास बैङ्कको भीडमा थपिएका छन् ओम, कास्की, फेवा, अपि, प्रभु, बुटवल फाइनान्स कम्पनी र लघुवित्त कारोबार गर्ने संस्थाहरू ।

देशका 'क' वर्गका २५ वाणिज्य बैङ्कमध्ये लुम्बिनी, बैङ्क अफ एसिया र सनराइजबाहेक २२ वटाका ३६, 'ख' वर्गका ५९ विकास बैङ्कमध्ये १९, 'ग' वर्गका ७८ वित्त कम्पनीमा १५, लघुवित्त कारोबार गर्ने ८ र नेपाल औद्योगिक विकास निगम क्रियाशील छन् । सङ्ख्यात्मक रूपमा काठमाडौकै हाराहारीमा बैङ्क वित्तीय संस्था छन् ।

राजधानीपछिको मुख्य सहर मानिएकाले ठूला बैङ्कको प्रतिष्ठाका कारण यहा शाखा खोल्ने होडबाजी चलेको छ । पर्यटकीयक्षेत्र, लाहुरे र बढ्दो सहरीबस्तीले प्रशस्त भित्रिने रेमिटयान्स, निक्षेप सङ्कलन ज्यादा हुने विविध कारणले वाणिज्य बैङ्कहरू ओइरिएका छन् ।

सन् २०१० पछि भित्रिने विदेशी बैङ्कसँग प्रतिस्पर्धात्मक क्षमता निर्माण, सञ्जाल, कार्यक्षेत्र र पूजी बढाउने प्रयोजनका लागि उनीहरूले पोखरा रोजेको हुनसक्छ ।

समग्र क्षेत्रको अध्ययन, ग्राहकसँगको सम्बन्ध, अन्तर बैकिङ कार्यविस्तार र सुरुमा निक्षेप सङ्कलनार्थ बैङ्क यहा आए । यी संस्था ओइरिनुको कारण के हो त ? "काठमाडाैका बैङ्कको प्रतिष्ठा, सञ्जाल फैलाउन सजिलो, लाहुरेबस्तीले रेमिटयान्स राम्रो भित्रिनाले आकर्षक निक्षेप सङ्कलन र पश्चिमाञ्चलको आर्थिक केन्द्रका कारण बैङ्क बढेका हुन्," नेपाल राष्ट्र बैङ्क पोखराका मुख्य व्यवस्थापक शिवराज पाण्डे भन्छन् ।

हिजोसम्म ग्राहक बैङ्क धाउथे अब बैङ्क ग्राहककोमा धाउन थाले । हिमचुली विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल भन्छन्- बैङ्क संस्थापक हुने गर्वले सहकारीसरह बैङ्क बढे, अब प्रतिस्पर्धा गर्न बढी व्याजदर हैन सेवा र गुणस्तर बढाउनुपर्छ ।

कास्की र आसपास क्षेत्र अधिकतम बि्रटिस, भारतीय सेनाका बहालवाला, भूपू सैनिकको बसोवासको कारण वाणिज्य बैङ्कहरू स्रोत व्यवस्थापनका लागि निक्षेप सङ्कलन गर्न एकले अर्कालाई पछयाउदै पोखरा गन्तव्य बनाए् । यहा सङ्कलित निक्षेप काठमाडाै, वीरगन्ज, भैरहवाजस्ता क्षेत्रमा लगानी गर्नेगरेको भनाइ छ । " पोखरा निक्षेप सङ्कलन केन्द्र हो, उद्योगको न्यूनताले अरू ठाउमा लगानी गर्छन्," मुख्य व्यवस्थापक पाण्डे थप्छन् ।

आ.व. २०६४-०६५ सम्म यहा रहेका बैङ्क वित्तीय संस्थाले रु. २३ अर्ब ४५ करोड निक्षेप सङ्कलन गरी रु. २३ अर्ब ४४ करोड लगानी गरे ।

निक्षेपको हाराहारीमा लगानीले पुाजी निष्त्रिय रहेन । कुल लगानीमा थोक तथा खुद्रा बिक्रेता व्यापारमा रु. सात अर्ब ४४ करोड -३१ प्रतिशत) निर्माणमा रु. दुई अर्ब ८२ करोड -१२ प्रतिशत), उत्पादनमा रु. दुई अर्ब २५ करोड -९ प्रतिशत) र यातायात सञ्चारमा रु. एक अर्ब ८१ करोड -सात प्रतिशत) लगानी देखिन्छ ।

निर्माणमा घरजग्गा खरिद र निर्माण जनाउछ । सेवा उद्योगले पर्यटन जनाए पनि पर्यटन क्षेत्रको लगानी भने अझै पर्ख र हेरकै अवस्थामा छ । कृषिमा मात्र १.५७ प्रतिशत लगानी छ ।

विशेषतः विप्रेषण आय र उपभोगमुखी सहरको रूपमा विकसित पोखरामा घरजग्गा, सवारी साधन र उपभोग कर्जामा बैकिङ लगानी अधिकेन्द्रीत छ । "उद्योगको सम्भावना छैन, उपभोग्य, रियलस्टेट, थोक तथा खुद्रा व्यापार, यातायात, घरायसी प्रयोजनका अनुत्पादक क्षेत्रमा बढी लगानी देखिन्छ"- राष्ट्र बैङ्कका सह-व्यवस्थापक वसन्त थापा भन्छन् ।

अनुत्पादक क्षेत्रको लगानीले रोजगारी, उत्पादन, वस्तु र सेवाको गुणस्तर बढ्न नसक्ने हुँदा समग्र आर्थिक विकासमा योगदान दिन नसकेको बताइान्छ । उपभोग्य कर्जाले विलासिता बढाउछ ।

देशको आर्थिक विकासका लागि सुदृढ, सबल र विकसित बैकिङ प्रणाली पूर्वसर्त हो । बैङ्क वित्तीय संस्था निक्षेप सङ्कलन र प्रवाह गर्ने डिलरमात्र नभएर समग्र आर्थिक विकासको अगुवाइ गर्ने लिडर पनि हुन् । संस्थागत सुशासन र वाणिज्य बैङ्कको निष्त्रिय कर्जा घटाएर ऋण दिनुपर्ने र ग्रामीणस्तमा सेवा विस्तारको चुनौती बढ्दो बैङ्कसामु खडा भएका छन् ।

कास्कीका बैङ्क वित्तीय संस्थाको चालु आ.व.को पुस मसान्तसम्मको जम्मा निक्षेप रु. २६ अर्ब ३९ करोड २१ लाख छ । जसमा सम्पूर्ण वाणिज्य बैङ्कको कुल निक्षेप अङ्श ५८ प्रतिशत र बाकी विकास बैङ्क, फाइनान्स, लघुवित्त र अन्य वित्तीय संस्थाको छ ।

सोही अवधिमा रु. १५ अर्ब २३ करोड लगानी भई २२ अर्ब २५ करोड लगानीमा रहिरहेको देखिन्छ । बाकी कर्जामा १.३४ प्रतिशतले भाखा नाघेको छ । वाणिज्य बैङ्कहरूको कर्जाको ५० प्रतिशत हिस्सा छ । हाराहारीमा विकास बैङ्क, फाइनान्स कम्पनी लघुवित्त र वित्तीय संस्था छन् ।

लगानीमा चालु आ.व.को पुससम्म कुल लगानीमा थोक तथा खुद्रा बिक्रेता व्यापारमा ३३, निर्माणमा १२, उत्पादनमा छ, यातायात सञ्चारमा ११ र कृषिमा १.७० प्रतिशत लगानी रहेको राष्ट्र बैङ्क, पोखरा कार्यालयले जनाएको छ । यसले अनुत्पादक क्षेत्रमा लगानी बढाएको देखाएको छ ।

आव २०६४-०६५ मा १४२ अर्ब रेमिटयान्स नेपाल भित्रियो । सो आ.व.मा पोखराका नौवटा बैङ्क वित्तीय संस्थाले रु. चार अर्ब ९१ करोड ३० लाख विप्रेषणबापत भुक्तान गरेका र त्यही अनुपातमा अनौपचारिक क्षेत्रबाट विप्रेषण भित्रिएको अनुमान छ ।

देशका ६५ प्रतिशत जनता अझै पनि बैङ्कको पहुँचबाहिर छन् । सहरबजार र तराईका सुगम ठाउका ३५ प्रतिशत जनताले बैङ्कको लाभ उठाइरहेका छन् । राष्ट्रियस्तरमा झन्डै ४० देखि ४५ हजार जनताको लागि एउटा बैङ्क रहेकोमा काठमाडौमा प्रति १० हजार र पोखरामा प्रति १२ हजारलाई बैङ्क सुविधा उपलब्ध रहेको राष्ट बैङ्क पोखराका व्यवस्थापक केशव थापा बताउाछन् ।

हिमाली, पहाडी र दुर्गम भेकमा बैङ्क सञ्जाल फैलिन सकेको छैन । कर्जा प्रवाहमा अनुचित लाभ लिने प्रवृत्तिको अन्त्यसगै बैकिङ बानीको विकास, व्यापार व्यवसायमा सघाउ, एटिएम तथा खाताहरूमा नयानया सुविधा र सामाजिक उत्तरदायित्वका भावना बैङ्कको बढोत्तरीसगै थपिएका छन् ।

-Rajbahadur Gurung in Pokhara

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?