NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पर्यटक रमाउने गाउँका बासिन्दा बाढीबाट उठिबास PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rajbahadur Gurung   
Thursday, 30 July 2009 08:03
मनाङ, धारापानी- मर्स्याङ्दी नदीको बाढी गाउमा पसेर बस्ती बगाउने त्रासले हिमालपारिको जिल्ला मनाङ, धारापानी गाविस ताल गाउका बासिन्दा चैनले रातभर सुत्न सकेका छैनन् ।

नदी किनारमा रहेको बाल शिक्षा र १० कक्षा पढाइने भानु माविको दुई कोठे भवन पनि बाढीले बगाउला भन्ने डरले दिनभरि पालेपहरा राखेर पढाइने गरिएको छ । अन्नपूर्ण पदयात्राको लमजुङ जिल्लाको सिमाना कट्नासाथ आउने मनाङको पहिलो गाउ तालमा बर्षाको सुरुआतसगै मर्स्याङ्दीमा पानीको बहाव बढेपछि भागाभाग हुनेगर्छ ।

"बर्षा सुरु भएर नदीमा पानी बढ्नासाथ भागाभाग हुन्छ, घरबासै बगाउला भन्ने त्रासले राति पनि चैनले सुत्न पाइदैन," तल्लो बस्तीका बाढीपीडित सुलबहादुर गुरुङ भन्छन् । सुलबहादुर सहितका १३ घर परिवार बाढीले धेरै पीडित छन् । 

तीन वर्षदेखि ग्याभिन जाली राखे पनि दुई ठाउबाट बाढी पसेर भुई तल्लाका कोठा पानीले जलमग्न हुन थालेको सुलबहादुरको भनाइ छ ।

सम्मफाटमा रहेको ताल बस्तीका ५५ घरका ३०० बासिन्दा, भानु माध्यमिक विद्यालयमा पढ्ने १०० विद्यार्थी, गुम्बा र सरकारी कार्यालय बाढीको जोखिममा छन् । सिजनमा पर्यटकले भरिने ४०० शय्याका त्यहाका २० होटल पनि बाढीको जोखिममा परेको होटल तिभटेनका टे छिरिङ लामाले बताए । 

तीन वर्षअघि असार २९ मा नदी बढेर बाढी छिर्न थालेपछि गाउमाथिको फुटबल मैदानमा रात बिताउनुपरेको भानु माविका शिक्षक गोपाल पुरीले बताए ।

"नदीसगै जोडिएको विद्यालयको १० र बाल कक्षा पढाउने दुई कोठे भवनको साधमै ग्याभिन जाली राखिएको छ, तर पानी पर्नासाथ कक्षामा शिक्षक पढाउन जादा नदी पस्ला भन्ने डरले दिनमा पनि बाहिर चउरमा पहरा दिएर पढाउछौं," भवन २५ प्रतिशत श्रमदानसहित चार लाखमा बनाएको जानकारी दिादै शिक्षक पुरीले भने ।

बाढी रोक्न गत वर्ष नौ ठाउमा ग्याभिन जाली लगाएकोमा बाढीले बगाएको थियो । गत मङ्सिरदेखि असारसम्म सिरानदेखि पुछारसम्म झन्डै दुई दर्जन ठाउमा ग्याभिन जाली हालिएको छ । त्यति हुँदा पनि बर्षा लागेपछि सुत्न नपाइने गाउलेको गुनासो छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण सव-डिभिजन कार्यालय, पोखराले गरेको रु. ४० लाख बराबरको सहयोगबाट तार जालीमा ढुङ्गा भरिएको थियो । पहिलोपटक ३५० र दोस्रोपटक ३८० जालीमा ढुङ्गा भरिएको मर्स्याङ्दी नदी कटान निर्माण समितिका सदस्य मनबहादुर गुरुङले बताए । मनाङ सेवा समाजले पनि रु. सात लाख सहयोग गरेको थियो ।

"तैपनि बर्षायाम आउनासाथ सधै त्रास हुन्छ, जिउदै बगाएर मार्छ कि भन्ने डर हुन्छ, भाग्ने कता भनेर निन्द्रा पनि लाग्दैन," बस्तीको सिरानमा घर भएका मनबहादुर भन्छन् । 

अघिल्लो वर्ष धारापानी गाविसले नदी नियन्त्रण गर्न दुई लाख दिएको र थप रकम गाउलेबाट माग नभए पनि आवश्यक परे सहयोग गरिने गाविस सचिव कुवेरसिंह गुरुङले बताए ।

बस्तीमाथिको झरना खोलाले पर्यटकलाई आकर्षण गरे पनि बस्तीबीचबाटै बग्ने भएकाले बर्षामा भने गाउलेलाई तर्साइरहन्छ । गुम्बानिर असर पारेकोले तारजाली हाल्ने काम भइरहेको छ । झरनाबाट साढे २९ किलोवाटको विद्युत निकालेर गाउलेले बालेका छन् ।

झन्डै नदीको सतह बराबर र कतिपय ठाउमा डेढ दुई मिटरको उचाइमा बस्ती रहेकाले विभागको सर्भेअनुसार गहिरो ठाउमा माटोले पुरेर जाली भर्ने काम अझै बाकी रहेको जल उत्पन्न प्रकोप नियन्त्रण सव-डिभिजन कार्यालय पोखराका इन्जिनियर सूर्यदेव नायकले बताए ।

"विभागको सर्भेअनुसार ५० प्रतिशत काम पनि नसकिएकोले थप कार्यक्रम विस्तारै सञ्चालन गरिने योजना छ," सम्मफाटको बस्ती भएको र तल्लो बस्ती नदी लेभलमा भएकोले त्यहा काम गर्न धेरै बाकी रहेको पनि इन्जिनियर नायकले बताए ।

विक्रम संवत् १८९० तिर विकास भएको समुन्द्र सतहबाट एक हजार ७०० मिटर उचाइमा अवस्थित पर्यटकीय आकर्षणको केन्द्र तालबस्तीको पारिपट्टकिो कुनाबाट पहिले नदी बग्ने गर्दथ्यो । पछि बस्तीतर्फ नदी सोझिएपछि भने स्थानीय बासिन्दामा खैलाबैला मच्चिएको हो । हेलिकप्टरमा स्काईभेटर ल्याएर पारिपट्टीको कुनामा खनेर नदीको धार परिवर्तन गराउने गाउलेको सोचाइ भए पनि खर्च धेरै लाग्ने भएकाले त्यो योजना त्यसै तुहियो ।

तालको सिरान केही माथि मर्स्याङ्दी दोस्रो जलविद्युत योजना सञ्चालन हुने लगभग पक्का भएकाले त्यसपछि भने बाध बाधेर टनेल बनाएर पानी लगेपछि बस्ती नबिगार्ने आश स्थानीय बासिन्दाको छ । जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी ताराप्रसाद भुसालले नदी नियन्त्रणका लागि सहजीकरण गर्ने र विद्यालय बचावटको लागि जाली उपलब्ध गराउने, ढुङ्गा भर्ने काममा सहयोग पुर्‍याएको बताए । "बस्ती जोगाउन सहयोग पुर्‍याउछौं," भुसालले भन्नुभयो ।

मनाङ्को तालबस्ती हुँदै पर्यटकहरु बर्सेनि ठूलो सङ्ख्यामा गाउबस्ती घुम्दै संसारकै अग्लो हिमाली भन्ज्याङ थोराङ पास गरेर मुक्तिनाथ जोमसोमबाट बाहिरिन्छन् । मनाङमा मात्रै सन् २००७ मा १४ हजार पर्यटकले भ्रमण गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा ५२ प्रतिशत बढी थियो ।

हिमालपारिको जिल्ला मनाङ प्रवेश गर्नासाथको पहिलो पर्यटकीय आकर्षणको बस्ती रहेको ताल गाउलाई नदी कटानबाट जोगाउन सरकार र स्थानीय निकायले विशेष ध्यान दिनुपर्ने गाउलेको माग रहेको छ ।

-Rajbahadur Gurung in Pokhara

Comments

avatar Ramesh Rijal
0
 
 
Goverment le hernu parcha ni haina ra ?k bhannu hai
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?