NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विमानस्थल प्रवेशद्वारमा १ करोड १० लाख रुपैयाँको लागतमा गोल्डेन गेट निर्माण गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung   
Sunday, 28 February 2010 09:50

काठमाण्डौ- शुक्रबार राजधानीको सैनिक मंचमा एउटा विशेष कार्यक्रमबीच सरकारले पर्यटन वर्ष २०११ को उद्घाटन गरेपछि सरकार त्यसलाई सफल पार्ने तयारीमा लागेको छ ।



१० लाख पर्यटकलाई नेपाल भित्र्याउने सरकारको महत्वाकांक्षी योजना पूरा गर्न पनि व्यापक तयारी आवश्यक छ । त्यसैले होला उद्घाटनको भोलिपल्टै शनिबार बिहान पर्यटनमन्त्री शरदिसंह भण्डारी अन्तर्राष्ट्रिय विमानस्थल पुगे र विमानस्थलको अवस्थाका बारेमा जानकारी लिए । संगसंगै उनले विमानस्थलको सुधारका लागि चाँडो प्रभावकारी काम गर्न निर्देशन पनि दिए ।

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलप्रति उसै पनि धेरैको गुनासो रहने गरेको छ । कमजोर सुरक्षा व्यवस्था सरसफाईमा कमी छिटो छरितो सेवाको अभाव जस्ता कुराहरुले यसको विश्वसनीयमा बारम्बार प्रश्न उठने गरेको छ । त्यसमाथि पर्यटन वर्ष २०११ औपचारिक घोषणा भैसकेका बेला यसतर्फ सरकारको ध्यान किन नजाओस् । त्यसैले त सरकार पर्यटन वर्षको अवधिभर त्यस्तो गुनासो नआओस भन्नेमा सचेत देखिन्छ । विमानस्थल पुगेका पर्यटन मन्त्री शरदिसंह भण्डारीले महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठसँग यसरी राखेको जिज्ञासाले त्यही कुरातर्फ संकेत गरेको थियो ।

हाम्रो संस्कृतिमा पाहुनालाई देवता समान मानिन्छ । नेपाल आइपुगेका पर्यटकहरुमा सकारात्मक प्रभाव छोड्न सके थप पर्यटक भित्र्नसक्ने सम्भावना रहन्छ । त्यसैले सरकारले नेपाल आइपुग्ने प्रवेशद्वारलाई पहिलो प्राथमिकतामा राखेको छ । पर्यटन वर्षलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार गर्ने तयारीमा विमानस्थल व्यवस्थापन लागेको छ ।

विमानस्थलमा महाप्रवन्धक श्रेष्ठका अनुसार विमानस्थल प्रवेशद्वारमा १ करोड १० लाख रुपैयाँको लागतमा गोल्डेन गेट निर्माण गरिने भएको छ ।

यस्तै आगमी ६ महिनामा अध्यागमन क्षेत्रको विस्तार आगमन र प्रस्थानस्थलहरुको सुधार गर्ने तयारी भइरहेको छ । सरकारले सुरक्षाको विषयलाई पनि विशेष प्राथमिकतामा राखेको छ । त्यसैले ३ महिनाभित्रमा विमानस्थलमा एक्सरे मेसिनहरु र थप १ सय ७५ वटा सीसी टिभी जडान गर्ने योजना सरकारको छ । यसका साथै विमानस्थलमा विशिष्ट व्यक्तिहरुमाथि पनि चेकजाच सुरु गरिने भएको छ । के प्रधानमन्त्री, के मन्त्री अनि के सभासद् सरकारले सबैका सामान र शरीरको जाँच गरिने मन्त्री भण्डारीले जनाउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार हिजो पनि आवश्यक थियो र आज पनि छ । जुनसुकै बहानामा गरिने भए पनि विमानस्थलको सुधार प्रशंसनीय नै छ । त्यसमाथि पर्यटन वर्ष २०११ को औपचारिक उद्घाटनको भोलिपल्टै सम्बन्धीत मन्त्रीबाट भएको यस्तो निरीक्षण र निर्देशनलाई अझ प्रशंसनीय मान्नु पर्छ । पर्यटनमन्त्री शरदिसंह भण्डारीले थालेको यो अभियान अन्य मन्त्रालय र विभागले समयमै अनुशरण गर्नसके पर्यटन वर्ष सफल हुनसक्छ ।

-Anand Gurung in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?