| माछापुच्छ्रेको मोहकतामा मोटार बाटो काँडा |
|
|
|
| Written by Rajbahadur Gurung | |||
| Tuesday, 14 July 2009 00:27 | |||
|
माछापुच्छ्रे नमुना पदयात्रा मार्ग: तातोपानी कुण्डदेखि हिमालको फेदीसम्म पोखरा- मनाङ मुस्ताङजस्ता हिमाली क्षेत्रमा मोटरबाटो बन्ने क्रम बढेर विश्वकै उत्कृष्ठ दस गन्तव्यमा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा मार्ग छोटिँदै गएपछि कास्कीकै उत्तरी भेगमा माछापुच्छ्रे नमुना पदयात्रा मार्गको विकास गरिएको छ ।
![]() Mt. Machhapuchchhre and members of the Everest Uncensored. Photo courtesy: everestuncensored.org सन् २००७ मा पोखरा भ्रमण वर्षको सन्र्दभमा ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल टान क्षेत्रीय च्याप्टर पोखराले यो मार्गको विकास गरेको हो । आगामी सेप्टेम्वरभित्र पदयात्रा मार्गमा पूर्वाधार विकास तथा समुदायको क्षमता अभिवृद्धि तालिम सकिएपछि व्यावसायिकरुपमा पर्यटक लाने काम थालिने टान क्षेत्रीय च्याप्टर पोखराका अध्यक्ष वसन्तराम दवाडीले बताए । फाटफुट स्वेदशी विदेशी भने जान थालेका छन् । 'क्याम्प साइटमा पोर्टर सेल्टर घरजस्ता पूर्वाधार निर्माण र समुदायमा विविध तालिम सकेपिछ सेप्टेम्वरबाट व्यावसायिक पदयात्रा थाल्छौ' अध्यक्ष दवाडीले भने । पदयात्राको बजारीकरणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र, आयोजना नेपाल, पर्यटन वोर्ड, टान र स्वीस नेसनल सेन्टर अफ कम्पीटेन्स इन रिसर्च 'एनसीसीआर' संस्थाले सामूहिक पहल गर्नेछन् । एनसीसीआरले झण्डै ४० हजार स्वीस प्रु्यान्क सहयोगमा यो मार्गका क्याम्पिङ साइटमा दस वटा पोर्टर सेल्टर बनाइरहेको र कतिपय निर्माण भइसकेको आयोजनाका अधिकृत कर्ण गुरुङले बताए । बाटामा सङ्केत चिन्हहरु राखिने छ । स्थानीय बासिन्दाको क्षमता अभिवृद्धि वातावरण संस्कृति संरक्षण र आतिथ्यताको लागि तालिम चलाइएको छ । लमजुङको वेशीसहरबाट स्यागेसम्म, मनाङतिर र म्याग्दीबाट ३९ सय मिटर उचाइएको मुस्ताङ मुक्तिनाथ मन्दिरसम्म मोटर नियमित चल्न थालेको छ । यसले तीन हप्ताको अन्नपूर्ण चकृय मार्गको समय हप्तादिनमा सीमित हुनपुगेर अन्नपूर्ण पदयात्रा सङ्कटमा परेपछि नयाँ वैकल्पिक पदयात्रा मार्ग खोज्नेक्रममा माछापुच्छ्रेको मार्ग पहिचान गरिएको हो । पोखराबाट १५ किमी रमणीय मर्दीखोला उपत्यकासम्म मोटर यात्रापछि पाँचदेिख सात दिनसम्म यहाँको पदयात्रा गर्न सकिन्छ । माछापुच्छे्र गाविसको धिप्राङबाट सुरु भएर सरीपाखा, हिलेखर्क, देउराली, समसुर देउराली, खुमै, कोर्चङहिल, सानोकोर्चाङ, मेस्रुमडाँडा, नौ ढेके, तक्रु, तामाङ गाउँ हुँदै सेतीघट्टमाजस्ता विभिन्न ठाउँ हिँडेर यो यात्रा टुङिन्छ । लाहाचोक, घाचोकबाट देउराली डाँडा, ओदाने डाँडाको टाकुरा टाकुरेहुँदै खुमाइ, कोर्चाङको रमणीयस्थलहरुको हिँडाइ आनन्दबाट पनि यात्रा पूरा गर्न सकिन्छ । माछापुच्छ्रे हिमालको काख मर्दी हिमालको वेस क्याम्प नजिक ३७ सय ८० मिटरको कोर्चाङ डाँडा नै यसको अन्तिम विन्दु हो । जहाँबाट अगाडि छयाङ्ग माछापुच्छ्रे हिमाल उभिएको छ भने लहरै अन्नपूर्ण हिमश्रृङखलाको मनोरम दृश्य देखिन्छ । कास्कीको माछापुच्छ्रे, लाहाचोक, घाचोक, रिभान, सर्दीखोला, ल्वाङघलेल र धिताल गाविसका १६ हजार जनसङ्ख्या यो पदयात्रा मार्गको विकासबाट लाभान्वित हुनेछन् । विभिन्न जातजातिको मौलिक संस्कृति, जनजीवन, वन्यजन्तु चराचुरुङ्गी, जडीबुटीलगायतका विविध वनस्पति, नदी, हिमाली क्षेत्रजस्ता भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले ओतप्रोत यो एउटै मार्गमा तातोपानीदेखि हिमाली क्षेत्रको आनन्द पाइन्छ । विश्वमै छ जातिका डाँफे एकै ठाउँमा पाइने पिपर क्षेत्र पनि यहीँ पर्छ । प्याराग्लाइडिङलाई पनि यो क्षेत्र उपयुक्त मानिन्छ । पदयात्रामा हिमालको काखदेखि तातोपानी कुण्ड, चियाबगानदेखि गुफा, सेती, मर्दी नदी, उपत्यका, वन्यजन्तु, चराचुरुङीसम्मको अवलोकन गर्न सकिने पर्यटनविद् एवम् पोखरा पर्यटन परिषद्का सल्लाहकार श्रीकान्त खतिवडा बताउँछन् । 'गुरुङ, तामाङलगायतका जनजातिका मौलिक संस्कृति, जङ्गली फूल, वन पैदावर, भौगोलिक विविधताको बीच हिमालदेखि तातोपानी कुण्डसम्मको विविधताले पदयात्रालाई रोमान्चित बनाउँछ, लामो, छोटो, सजिलो वा साहसिक सबैका लािग यो मार्ग उपयुक्त छ' पर्यटनविद् खतिवडा भन्छन् । नेपाल आउने पर्यटकमध्ये झण्डै ३५ प्रतिशत पोखरा आउँछन् भने यहाँ आउने ६५ प्रतिशत लामो, छोटो पदयात्रामा जान्छन् । सन् २००८ मा हवाई तथा स्थलमार्गबाट पोखरा भ्रमणमा आउने पर्यटकहरु अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढेर एक लाख ८६ हजार ६४३ पुगेको थियो । सो वर्ष पोखरा आउने आन्तरिक पर्यटक ६७ हजार ७७५ थिए । सन् २००७ मा एक लाख ६५ हजार पर्यटक पोखरा आए । विश्व प्रसिद्ध अन्नपूर्ण पदयात्रा क्षेत्रमा सन् २००८ मा ६८ हजार ५४१ पर्यटक पदयात्रामा गए जुन अघिल्लो वर्ष ६० हजार २७४ थियो । पोखरा आउने पर्यटकलाई टानले माछापुच्छ्रे नमुना पदयात्रामा बढीभन्दा बढी भित्र्याउने लक्ष्य राखेको र यसबाट ग्रामीण पर्यटन केन्द्रको विकास भएर स्थानीय बासिन्दाले आयआर्जनका अवसर पाउन् भन्नेमा बढी ध्यान दिएको टानका अध्यक्ष वसन्तराज दवाडीको भनाइ छ । 'गाउँ पर्यटनअन्र्तगत गाउँघरमै बस्ने, हाइकिङ गर्ने, जनजीवन बुझ्ने र हिमालतिर जाँदा विदेशीको लागि टेण्टको व्यवस्था र नेपालीको लागि आश्रय घरहरु हुनेछन्' दवाडी थप्छन् । काठमाडौँ विश्वविद्यालयअन्र्तगत पर्यटन, द्वन्द्व र शान्ति विषयमा पीएचडी शोधकर्ता प्रनिल उपाध्याय द्वन्द्वमा पनि बाँचेको पर्यटन अव मुलुक रुपान्तरणको अवस्थामा नयाँ पर्यटकीय गन्तव्य पहिलाएर अघि बढ्न चाहेको बेला माछापुच्छ्रे मोडल ट्रेकको प्रचार र पूर्वाधार निर्माण गर्नुपर्ने बताउँछन् । 'वन्यजन्तु, पशुपंक्षी, प्रकृति, संस्कृति, वातावरणको बचाउ गर्दै प्रदुषण, फोहोर व्यवस्थापन र समुदायको हितमा कार्यक्रम लक्षित गर्नुपर्छ' उपाध्याय भन्छन् । सात गाविसका निमुखा जनताको जीवनस्तर उकास्न यो अवसरको उपयोग गर्नुपर्ने माछापुच्छ्रे पर्यटन विकास समितिका सचिव आशकुमार गुरुङ बताउँछन् । 'पदयात्री, व्यावसायी र गाउँलेका लागि पर्यटन शिक्षा, वातावरणीय आचारसंहिता, जैविक विविधताको संरक्षण, जथाभावी क्याम्प फायर नगर्ने, वन्यजन्तुको चोरी, सिकारी नगर्नेजस्ता कुरामा ध्यान दिनु आवश्यक छ' ग्रामीण पर्यटनको नमुना केन्द्र बनाउनुपर्ने धारणा राख्दै सचिव आश गुरुङ थप्छन् । -Rajbahadur Gurung in Pokhara
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली























Comments