NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल पर्यटन बर्ष सन् २०११ मा विश्व भरका परराष्ट्र मन्त्रीहरुलाई निम्ता गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 01 December 2010 23:40

काठमाडौं- सन् २०११ लाई नेपाल पर्यटन बर्षको रुपमा मनाउन लागेको नेपालले पर्यटन बर्ष शुभारम्भका दिन विश्व भरका मुलुकका पर्यटनमन्त्रीहरुलाई निम्तो दिन खोजेपनि कतिपय देशका पर्यटन मन्त्रीको नाम नै पाउन नसकेर नेपाल अप्ठेरोमा परेको छ ।

ती देशमा पर्यटन मन्त्रालयको व्यवस्था नै नभएकाले नेपाललाई यस्तो अप्ठेरो परेको हो ।

आगामी जनवरी १४ का दिन नेपाल पर्यटन बर्ष शुभारम्भको उपलक्ष्यमा राजधानी काठमाडौंमा भव्य कार्यक्रमको आयोजना हुँदैछ । सो कार्यक्रममा भाग लिनकालागि परराष्ट्र मन्त्रालयले नेपाल आउन आग्रह गर्दै पत्र पठाउने तैयारी गरेको छ । यसकालागि परराष्ट्र मन्त्रालयले कुन देशका पर्यटनमन्त्री को छन् भन्ने विवरण संकलन गरिरहेको छ ।

युरोपेली मुलुक स्वीटजरलैण्ड नेपालीहरुले सबैभन्दा घुम्न मन पराउनेमध्येको एक हो । यसैगरी, नेपालमा उच्च संख्यामा स्वीट्जरलैण्डका पर्यटकहरु आउने गरेका छन् । त्यसैले स्वीटजरलैण्डका पर्यटनमन्त्रीलाई उच्च प्राथमिकतामा राखेर नेपालले उनलाई नेपाल आउन पत्र पठाउन खोज्यो । तर सो मुलुकका पर्यटनमन्त्री नेपाल नआउने भएका छन् ।

'अरु कारणले होइन सो मुलुकमा पर्यटनमन्त्रीको व्यवस्था नै नगरिएकाले त्यहाँका पर्यटनमन्त्री नेपाल नआउने भएका हुन्' परराष्ट्र श्रोतले भन्यो- 'पर्यटनकालागि यति चर्चित मुलुक भएपनि त्यहाँ पर्यटन मन्त्रालय नै रहेनछ, त्यहाँ पर्यटनसम्बन्धी सबै काम पर्यटन बोर्डले गर्दो रहेछ ।'

स्वीटरलैण्डजस्तो पर्यटनका दृष्टिले चर्चित मुलुकलेसमेत पर्यटन मन्त्रालयको साटो पर्यटन बोर्डबाट काम चलाएको रहेछ । तर नेपालमा चाहिँ मुलुकको आवस्यकताले होइन कसैलाई मन्त्री बनाउनकालागि नयाँ मन्त्रालय बनाउने भएका मन्त्रालयलाई दुई मन्त्रालयमा विभाजित गर्ने गरिएको छ । यसैगरी, विना विभागीय मन्त्रीसमेत बनाउने जस्तो अनावश्यक कामसमेत हुने गरेको छ ।

जानकारीअनुसार, पर्यटन बर्षको शुभारम्भको अवसरमा हुने सो कार्यक्रममा आउने सम्भावना बढि रहेकामा जापान, साउदी अरेबिया, कतारलगायतका मुलुकका पर्यटनमन्त्री छन् । 'सबैलाई पत्र पठाउने काम भैरहेको छ' परराष्ट्र श्रोतले भन्यो- 'करिव एक दर्जन मुलुकका परराष्ट्र मन्त्रीहरुले सो कार्यक्रममा सहभागिता जनाउने सम्भावना छ ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?