NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल पर्यटन वर्ष २०११ सुरु: 'पर्यटनका लागि सगँसगैँ' (Together for Tourism) PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Santa Bagam   
Thursday, 25 February 2010 23:22

काठमाडौं- 'पर्यटनका लागि सगँसगैँ' (Together for Tourism) भन्ने मूल नाराका साथ नेपाल पर्यटन वर्ष २०११ सुरु भएको छ ।

काठमाडौंस्थित सैनिकमन्च टुडिखेलमा फागुन १४ गते आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपालले लुम्बिनीबाट ल्याइएको शान्तिदीपबाट मन्चमा रहेको ८ फिट अग्लो पानसमा दीप प्रज्वलन गरी पर्यटन वर्ष २०११ को सुरुवात गरेका हुन् ।

प्रधानमन्त्री नेपालले पर्यटन बर्ष २०११ राष्ट्रिय अभियानको रुपमा औपचारिक रुपमा सुरु भएको घोषणा गरे । उनले यस राष्ट्रिय अभियानलाई सफल पार्न सबैको सकृय सहयोगको अपेक्षा गरेको बताए । अन्य दिनमा वार्षिक ५ लाखभन्दा बढी पर्यटक भित्रिन नसकेको तथ्य जानकारी गराउँदै प्रधानमन्त्री नेपालले यसपटक भने १० लाख बढी पर्यटक नेपाल भित्राउने लक्ष्य रहेको उल्लेख गरे । आर्थिक बिकासको बाधक बन्द, हड्ताल जस्ता कार्यक्रम सँधैका लागि बन्द गर्न राजनीतिक दल लगायत सबैलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री नेपालले देशको आर्थिक विकास र आम नेपालीको अबस्थामा सुधार ल्याउन सबै नेपालीले पर्यटन प्रर्बद्धनमा भुमिका खेल्न आव्हान गरे । उनले पर्यटन उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक विकासका लागि सरकारी शक्ति परिचालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

आर्थिक विकाशको महत्वपूर्ण आधार मानिएको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न विभिन्न राजनीतिक दलहरुले पर्यटन बर्ष अवधिभर बन्द, हड्ताल लगायतका कार्यक्रम नगर्ने सामूहिक प्रतिबद्धता पत्र बाचन गरेका छन् । यस्तै उद्योगी, व्यवसायी, खेलाडी, पत्रकार, सिनेकर्मी, मनोरन्जन, मोडलिङलगायत क्षेत्रका प्रतिनिधिले पनि पर्यटन बर्षलाई सफल पार्न आ-आफ्नो पक्षबाट सकारात्मक भूमिका निर्बाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारले यस पर्यटन वर्षमा भारतबाट २ लाख ६५ हजार, चीनबाट एक लाख र अन्य विभिन्न देशबाट गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । टुँडिखेलमा विभिन्न जातजाति, भाषाभाषि, पेशा, व्यवसाय र समुहमा आवद्ध हजारौंले राष्ट्रिय झण्डासहित विभिन्न झाँकि प्रदर्शन गरेका छन्  ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?