NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पर्यटन वर्ष २०११ को अवसरमा सबै नेताहरु जोल्टिए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 30 December 2010 09:39

काठमाडौं- 'पर्यटनकालागि सँगसँगै' भन्ने मूल नाराकासाथ शुरु भएको नेपाल पर्यटन वर्ष २०११ को अवसरमा आयोजित थानकोट-नगरकोट मोटरसाईकल यात्रा सम्पन्न भएको छ ।

पर्यटन वर्ष-२०११ को पूर्वसन्ध्यामा काठमाडौँको थानकोटदेखि भक्तपुरको नगरकोटसम्म प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित बृहत् मोटरसाइकल यात्रा पुस १५ गते सम्पन्न भएको हो ।

यात्राको समापन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गरे । समापन कार्यक्रममा उनले पर्यटनको विकासले मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुर्याउने भएपनि पर्यटन विकासको नाममा स्थानीयबासी विस्थापित हुन नहुने धारणा राखे ।

कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरदसिंह भण्डारीले पर्यटन वर्ष सफल पार्न सबै पक्षको सहयोगको अपेक्षा गरे । नगरकोटसम्म थानकोटबाट करिब ६०० मोटरसाइकलमा १००० जना पुगेका थिए ।

नेपाल पर्यटन बोर्ड र विभिन्न सामाजिक सङ्घसंस्थाको अगुवाइमा भएको सो मोटरसाइकल यात्राको शुभारम्भ सभामुख सुवास नेम्बाङ र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए । राष्ट्रिय सहमतिका आधारमा मुलुकमा दिगो शान्ति स्थापना र नयाँ संविधान लेखन कार्यलाई टुङ्गोमा पुर्याउन दबाब सिर्जना गर्ने तथा नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्यसहित आयोजित सो मोटरसाइकल यात्रा बिहान ८ बजेदेखि सुरु भएको थियो ।

थानकोटदेखि सुरु भएको मोटरसाइकल यात्रालाई कलङ्कीचोकमा नेपाली काँगे्रसका सभापति सुशील कोइराला र महामन्त्री प्रकाशमान िसंह, ललितपुरको जावलाखेलमा नागरिक समाजका अगुवाहरु डा. देवेन्द्रराज पाण्डे, पद्मरत्न तुलाधर, कृष्ण पहाडी, चरण प्रसाइँ, सुन्दरमणि दीक्षित, व्याकुल माइला, श्याम श्रेष्ठ, हेमबहादुर बिष्ट, भैरब रिसाल लगायतले स्वागत गरेका थिए ।

यसैगरी, नयाँबानेश्वरमा नेकपा एमाले अध्यक्ष झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचाय, कोटेश्वरमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका थिए भने थानकोटमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले स्वागत तथा समापन गरेका हुन् ।

पर्यटन वर्षकै लागि सही कुकुर विरालो झैं बाझी रहने नेताहरुले एउटा राम्रो काममा हातमालो भने गरे ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?