NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

धत्तेरिका ! यसरी पनि कही पर्यटक भित्र्याउन सकिन्छ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 26 February 2010 23:25

पर्यटन बोर्ड'को वेब्साइट एक बर्ष पुरानो, कार्यक्रमको सुची ५ बर्ष पुरानो
Tourism: न्यू योर्क- दु:खको कुरो बिदेशीले नेपाल जानु अघी खोजी गर्ने सरकारी वेब्साइटको हालत भने कम्तिमा एक सालदेखी ५ साल पुरानो रहेकोछ।


 

५ बर्षदेखी अपडेट नगरिएको बोर्डको वेब्साइट www.welcome2nepal.com.cn

यो पङ्क्तिकारले नेपाल सरकारको आधिकारिक पर्यटन प्रबर्धन शाखा 'नेपाल पर्यटन बोर्ड'को वेब्साइटलाई गुगल गर्दा बल्ल पत्ता लाग्यो यो बोर्ड्को वेबसाइट www.nepaltourismyear2011.com त बिगत एक बर्षदेखी अपडेट नै गरिएको रहेनछ।

अझ बोर्डको nepal tourism board गूगल सर्च गर्दा तेश्रो नम्बरमा आउने वेब्साइट www.welcome2nepal.com.cn को Calendar of Events in Nepal मा सन् २००५ को कार्यक्रम गतिबिधिहरुको सुची भेट्न सकिन्छ।

अर्को खड्केको कुरो, बिहीवार प्रधानमन्त्री ले औपचारिक शुरु गरेको नेपाल पर्यटन वर्ष २०११ को मुल नारा (campaign slogan)'पर्यटनका लागि सगँसगैँ' (Together for Tourism) सरकारको कुनै निकायको वेब्साइटमा भेट्न सकिदैन।

नेपाल सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेब्साइट www.tourism.gov.np मा "नेपाल पर्यटन वर्ष २०११ सफल पारौं" "Tourism: Celebrating Diversity" उल्लेख गरिएकोछ।

नेपाल पर्यटन वर्ष २०११ बारे बोर्ड्को नयाँ वेबसाइट www.nepaltourismyear2011.com जुन गत बर्ष अप्रिल २००९ देखी अपडेट गरिएकोछैन।

एक समय बोर्डको निक्कै चर्चित नारा Naturally "Nepal, once is not enough !" पनि सरकारी प्राथमिकतामा नपरेको देखिन्छ।

मन्त्रालयको तथ्याङ्क अनुसार सन् २००७ माभन्दा २००८ मा २६ हजार ४२८ पर्यटक कम नेपाल भित्रिएका थिए। सन् २००७ मा हवाइ मार्गबाट ३ लाख ६० हजार ७१५, पैदाल मार्ग बाट १ लाख ६५ हजार ९९२ गरी जम्मा ५ लाख २६ हजार ७०५ पर्यटक नेपाल गएका थिए भने सन् २००८ मा हवाइ मार्गबाट ३ लाख ७४ हजार ६६१ र पैदाल मार्गबाट १ लाख २५ हजार ६१६ गरी जम्मा ५ लाख २७७ नेपाल गएका थिए।

पछिल्लो बर्ष सन् २००९ मा हवाइ मार्गबाट नेपाल जाने पर्यटकको संख्या ३ लाख ७८ हजार १२ रहेको थियो। जुन सन् २००८ कोभन्दा शिर्फ ३ हजार ३५१ बढी हुन आउँछ।

बिगतका अन्तिम तीन बर्षहरुमा मात्र ५ लाखदेखी ६ लाखका बिच पर्यटक नेपाल भित्रिएको तथ्याङ्कलाई हेर्दा सन् २०११ मा प्रधानमन्त्रीले भने झै ह्वात्तै १० लाख पर्यटक आउँछन् भनेर सोच्नु दिवा सपना मात्र हुने देखिन्छ।

हेर्दा यस्तो लाग्छ, पर्यटनको ठुल्ठुलो कुरा गर्ने सरकारमा रहेका नेताहरु र कर्मचारीहरुलाई न त ब्राण्डिङको सामान्य जानकारी नै छ, न त सुचना र प्रबिधिको यस्तो जमानामा कसरी नेपाललाई विश्व सामु चुस्त र दुरुस्त प्रस्तुत गर्ने कुनै ज्ञान र इरादा नै छ।

हे भगवान! कहाँबाट १० लाख पर्यटक नेपाल भित्रिने हो?

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?