NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

ल्हासा जोड्ने अर्को नाका खोलिने तयारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 29 March 2010 14:44

काठमाडौं- हवाई मार्ग तथा सिन्धुपाल्चोकको खासाबाट नेपालमा चिनिया पर्यटकहरु भित्रिने गरेकामा अब रसुवासँग सीमा जोडिएको केरुङ्गतिरबाट पनि चिनिया पर्यटकहरु नेपाल आउन पाउने भएका छन् ।

चीन सरकारले नेपालसँगको परम्परागत व्यापारिक नाका केरुङ्गलाईपनि पर्यटक आवागमनको नाकाको रुपमा खुला गर्ने निर्णय गरेको जानकारी श्रोतले दिएको छ ।

मल्ल कालदेखि नै केरुङ्गबाट नेपालमा विभिन्न सामाग्री आयात हुँदै आएको थियो । यसैगरी नेपाललेपनि पैसा, अन्न लगायतका सामाग्री तिब्बतमा निर्यात गर्ने गरेको थियो । मल्लकालमा काठमाडौं-तिब्बतबीच व्यापार चम्किएका बेला यही नाका चल्तीमा थियो । त्यसैले काठमाडौंका मल्ल राजा जयप्रकाश मल्ललाई हराउन पृथ्वीनारायण शाहले नुवाकोटमाथि कब्जा जमाएर काठमाडौं-तिब्बतबीचको व्यापार रोकेका थिए ।

पृथ्वीनारायणको शाहको नाकाबन्दीपछि कान्तिपुर राज्य विस्तारै कमजोर बन्न थालेको थियो । गोर्खाली सेनासँग कान्तिपुरे फौज पराजित हुनुको एउटा कारण योपनि थियो । पृथ्वीनारायण शाहले कान्तिपुर कब्जा गरेपछि फेरि काठमाडौं तिब्बतबीच व्यापार सुचारु हुन थाल्यो । राणा कालसम्मपनि यही नाका भएर दुई देशबीच व्यापार हुन्थ्यो । तर तिब्बतमाथि चीनले कब्जा जमाएपछि भने विस्तारै यो नाकाबाट व्यापार हुन छाड्यो।

चिनिया फौजले तिब्बतलाई आफ्नो कब्जामा लिएपछि यही मार्ग भएर हजारौं तिब्बति शरणार्थीहरु नेपाल हुँदै भारततिर लागेका थिए । खम्पा बिद्रोहीहरुले चीन विरुद्ध सशस्त्र संघर्ष सुरु गरेपछि मुस्ताङ्गका अलवा रसुवालाईपनि प्रयोग गरेका थिए । यसका कारण एकातिर केरुङ्ग-रसुवा मार्गमा ओहोरदोहोर गर्न चीन सरकारले कडाई गर्न थाल्यो भने पर्यटकहरुमार्फत खम्पा विद्रोहीहरुलाई सहयोग पुग्ने आशंकामा उपल्लो रसुवालाई सरकारले निशेधित क्षेत्रको रुपमा घोषणा गर्यो ।

तर चीन सरकारले यसै बर्षदेखि पर्यटकहरुकालागि सो नाका खोल्ने भएको छ । रसुवा राजधानीबाट सबैभन्दा नजिकमा रहेको पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । केरुङ्गलाई विश्वको सर्वाेच्च शिखर सगरमाथाको बगैंचाको रुपमा लिइने गरिएको छ । यस हिसावले यो नाका भएर थुप्रै चिनिया पर्यटक नेपाल आउने विश्वास गरिएको छ । सगरमागको बगैंचाको रुपमा चिनिने केरुङ्गमा चिनिया पर्यटकहरु धेरै आउन चाहेकाले चीन सरकारले त्यो मार्गलाई खुला गर्ने निर्णय गरेको हो ।

यो मार्ग खुल्ला हुने भएपछि चिनिया पर्यटन व्यवसायीहरुले सगरमाथा हुँदै कोदारीसम्म पुग्ने पदमार्ग बनाउने चिनिया पर्यटन व्यवसायीहरुको योजना बनाएका छन् । यसो भएमा कोदारीदेखि नेपालको रसुवासम्मपनि उत्तरतर्फ छुट्टै राजमार्ग खुल्न बेर लाग्नेछैन । चिन सरकारले खासासम्म पनि रेल ल्याउने योजना बनाइसकेकालेपनि सिन्धुपाल्चोकको हिमाली क्षेत्र हुँदै रसुवाको केरुङ्ग पस्ने नाकासम्म छुट्टै हिमाली राजमार्ग बन्ने सम्भावना ज्यादा छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?