NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पाल्पाको दोस्रो सुकेताल महोत्सवको तयारी तीव्र PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Monday, 21 March 2011 17:57

रुपन्देही- पाल्पाको दोभानमा आयोजना गरिएको दोस्रो सुकेताल महोत्सवको तयारी तीव्र पारिएको छ । पर्यटन वर्ष २०११ को अवसर पारेर पाल्पाको दोभान-९ स्थित पर्यटकीय क्षेत्र सुकेतालमा यही चैत्र ७ र ८ गते दोस्रो सुकेताल महोत्सव आयोजना गरिएको हो।



यसअघि २०६५ सालमा सुकेतालमा पहिलो महोत्सव गरिएको थियो । सुकेताल होम-स्टे ब्यवस्थापन समितिको मुख्य आयोजना रहेको सो महोत्सवबाट पर्यावरण र ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य राखिएको आयोजक मुल समितिका अध्यक्ष केशरसिंह गाहामगरले जानकारी दिनुभयो ।

महोत्सवमा खानपिन प्रविधि स्थानीय उत्पादनलगायतका गरी १५ वटा स्टल राखिने आयोजकले बताएका छन् । महोत्सवको तयारीका क्रममा शुक्रबारसम्म स्वागत गेट, पिड्ड सरसफाईलगायतका काम सकिएको प्रचारप्रसार संयोजक दलबहादुर गुरुङले जानकारी दिनुभयो ।

'दोभानको पहिचान, आर्थिक र सामाजिक उत्थानकालागि ग्रामीण पर्यटन' भन्ने नाराकासाथ आयोजना गरिएको सो महोत्सव सफल बनाउन स्थानीय बासिन्दा अग्रसर भएका छन् ।

सुकेताललाई सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले आयोजित महोत्सवमा सुकेतालमा रहेको प्राकृतिक सिमसार ताल, स्थानीय कला, संस्कृति, प्राकृतिक वातावरणसिद्ध गुफा, शिलोट, सोरोठी तथा सालैजो भाकाका गीत र नृत्य, ग्रामीण जनजीविकाको अध्ययन र अवलोकनकासाथै मनोराजनसमेत गर्न सकिने आयोजकले बताएका छन् ।

महोत्सवका अवसरमा पर्यटन प्रबद्र्धनकालागि सुकेतालमा स्थापना गरिएका होमस्टेको उद्घाटनसमेत गरिने भएको छ । हाल त्यहा चार घरमा होम-स्टे शुरु गरिएको छ । सिद्धार्थ राजमार्गको दोभानबाट करिब ५ किलोमिटर टाढा रहेको सुकेताल गाउँमा ६५ घरपरिवार मगर समुदायको बसोबास रहेको छ । महोत्सव अवलोकनकालागि सुकेताल पुग्ने यातायातकोसमेत ब्यवस्था मिलाइने प्रचारप्रसार संयोजक गुरुड्डले जानकारी दिनुभएको छ ।

सामुदायिक बन तथा जैविक विविधतासम्बन्धी कार्यक्रमहरुबाट चेतना पाएका स्थानीय बासिन्दाले यसपटकको महोत्सवमा करिब १५ हजार पर्यटक भित्र्याउने लक्ष्य राखेका छन् ।

महोत्सवमा स्थानीय उत्पादन बाँसका सामान, झोला, माहुरीको घार तथा मह, सुधारिएको चुलो, कृषि उत्पादनहरु, जैविक विविधता, एकल गोरुले जोत्ने हलो, कला, संस्कृति तथा परम्परागत खानाका परिकारलगायतका सामग्रीहरु प्रदर्शनमा राखिने आयोजक समितिका संयोजक गाहामगरलेले जानकारी दिनुभयो । महोत्सव घुम्न आउने पर्यटहरुलाई खाने तथा बस्ने व्यवस्था मिलाउन स्थानीय बासिन्दाले विभिन्न खानाका परिकार बनाउने तथा स्वागत सत्कार गर्ने तालिमसमेत लिइसकेका छन् ।

-Chandrakant Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?