NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

हेर्ने होइन दुलही झै रंगिएको सुर्खेत? विभिन्न १२ देशका ३५० जना कलाकारहरुको प्रस्तुती PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Thursday, 04 March 2010 13:40

"पर्यटन विकासको लागि साँस्कृतिक अभियान, अन्तराष्ट्रिय जगतमा सुर्खेतको पहिचान''
Exclusive: सुर्खेत- उक्त मुल नाराका साथ विहिबारबाट सुर्खेतको बीरेन्द्रनगरमा अन्तरराष्ट्रिय लोक साँस्कृतिक तथा पर्यटन महोत्सव शुरु भएको हो ।

Surkhet festival being celebrated. Photos: Geban

माओवादी कार्यकताको बिरोधकाबिच संस्कृति मन्त्री डा मिनेन्द्र रिजालले भव्य समारोकाबिच महोत्सवको उद्घाटन गर्नु भएको छ ।

उद्घाटन अघि मन्त्री रिजाललाइ माओवादी कार्यकर्ताले कालो झन्डा देखाउनेक्रममा प्रहरीले हस्तक्षेप गरेपछि केहिबेर भागाभाग समेत भएको छ ।

कालो झन्डा देखाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आपना तीन जना कार्यकर्ता घाइते भएको माओवादी भेरी कर्णाली राज्य समितिका सदस्य रिषी गौतमले बताउनु भएको छ ।

शान्ति पुर्ण बिरोध गर्नु लोकतान्त्रिक अधिकार भएको भन्दै उहाले प्रहरी अनावश्यक रुपमा बल प्रयोग गरेको आरोप पनि लगाउनु भएको छ । यसैगरी भागदौड हुदा महोत्सवमा नाच लिएर आउनु भएका अवलचिङका हर्क राना पनि घाइते हुनु भएको छ ।



यसअघि बुलबुले गेट अगाडिबाट विविध भेपभुषा एंव साँस्कृतिक झाकीले सहितको र्‍याली बीरेन्द्रनगर बजारको समेत परिक्रमा गरेको छ ।

जिल्ला विकास समितिको अगाडिएको खुलामञ्चमा हुन लागेको महोत्सवकालागि वीरेन्द्रनगरलाई बेहुलीझैं सिंगारिएको छ ।

यही फागुन २६ गतेसम्म चल्ने महोत्सवकालागिे वीरेन्द्रनगरका मुख्य प्रवेशद्वार र मुख्य चौकमा रंगचंगी स्वागतद्धार बनाइएका छन भने ठाउँठाउँमा राष्ट्रिय झण्डा फहराइएको छ ।

महोत्सवमा विभिन्न १२ देशका ३५० जना कलाकारहरु तथा राष्ट्रिय र स्थानीय कलाकारहरुले विभिन्न मौलिक, लोक साँस्कृतिकका झलकहरु प्रस्तुत गर्ने बताइएको छ ।

यस्तै लोक दोहरी, नेपाली तारा, मध्यपश्चिमाञ्चल डान्स आइडल प्रतियोगिताका साथै फिरन्ते जंगली अवस्थामा रहेका राउटेहरुको बैसाली नृत्य, पञ्चेवाजा प्रतियोगिता पनि महोत्सवका आकषर्ण रहेको छन ।

यसैगरी, बाल मनोरञ्जनका सामाग्री, स्थानीय र स्वदेशी तथा विदेशी उत्पादनहरुको प्रदर्शनी, विज्ञान प्रविधिका सामाग्रीहरुको प्रदर्शनी सहित करिब एक सय बढी स्टल रहने बताइएको छ ।
प्रदर्शनी करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?