NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आन्दोलनका कारण पर्यटक धमाधम नेपाल छाड्दै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Tuesday, 04 May 2010 01:26

रुपन्देही- पन्ध्र दिनका लागी भनेर नेपाल भ्रमण गर्न अमेरीकाका जोडीहरु कलिन रीड र अम्बेर रिड चिनको तिब्बत हुदै ६ दिन अघि नेपाल प्रबेश गरेका थिए । तर रिड दम्पत्ती मंगलबार बिहान भैरहवाको बलहियास्थीत अध्यागमन कार्यालयमा भेटिदा आफनो चाहना हुदाहुदै पनि भ्रमण छोटयाएर भारत हुदै अमेरीकातर्फ जान थालेको बताएका छन् ।

नेपाल प्रबेश गर्दा आम हडताल नभएको तर आम हडताल सुरु हुदा भ्रमण कार्यक्रम दुख र झन्झटीलो हुने र नेपालको अबस्था पनि असहज भएको जनाउदै उनिहरु भ्रमणलाई छोटयाउन बाध्य भएको बताएका छन् । अहिले नेपालको स्थीती ठिक नभएकाले भ्रमण बिचैमा छाडेर जानु पर्दा दुख लागेको उनिहरुले बताएका छन् । उनिहरुको भनाईमा नेपाल साह्रै राम्रो देश भएपनि यहाको अहिलेको परीस्थीतीले बिचमै भ्रमण छोट्याएको श्रीमती रीडले बताईन् ।

अहिले नेपाल भ्रमणमा रहेका पर्यटकहरु ध्माधम भ्रमण छोट्याउदै फिर्ता जान थालेका छन् भने होटल बुिकंग रद्धका साथै स्थलमार्ग भएर आउने पर्यटकहरु सिमानाकाबाटै फिर्ता जान लागेका छन् ।

रीड दम्पत्ती काठमाण्डौबाट भैरहवासम्म हवाई यात्रा र बिमानस्थलबाट एउटा रीक्सालाई ३ सय रुपैयाँभन्दा बढी भुक्तानी गरी बेलहिया आईपुगेका हुन् ।

अहिले स्थलमार्ग हुदै नेपाल प्रबेश गर्ने सबैभन्दा ठुलो नाकाको रुपमा रहेको बेलहिया नाकाबाट बिदेशी पर्यटक धमाधम भारत तर्फ नै फिर्ता जान थालेकेा अबस्था रहेको छ । भारतबाट नेपाल आउने मात्र नभई नेपालमा रहेकाहरु पनि भ्रमण कार्यक्रम छोटयाएर आफ्नो देशतर्फ लाग्ने क्रम बढन थालेको हो  ।

माओबादी आम हडतालको दोश्रो दिन बिहान १० बजे भिसाका लागी भारतबाट बेलहिया हुदै आएका अमेरीका क्यालीफोर्नियाका एक जोडी पनि सिमानाकाबाटै फिर्ता गएका छन् । उनिहरु अन्नपुर्ण क्षेत्रको पदयात्रामा आएको र अबस्था त्यती राम्रो नभएको जानकारी नेपालबाट भ्रमण छोटयाएर आएका रीड दम्पत्तीले सुनाएपछी उनिहरु पनि नेपालको अबस्था राम्रो नभएको उल्लेख गर्दै सिमानाकाबाटै फिर्ता गएका हुन् ।

आमहडतालको पहिलो दिन राती १० बजे बेलहिया नाकामा आईपुगेका ३१ जना जापानी पर्यटकहरुको समुहपनि नेपाल प्रबेश नगरी भारत तर्फनै फिर्ता गएको बेलहियास्थीत अध्यागमन कार्यालयका प्रमुख राजेन्द्रराज अधिकारीले बताउनु भयो । आमहडतालका कारण अधिकांश पर्यटकहरु सिमाबाटै फर्किन थालेका छन् ।

बेलहियास्थीत अध्यागमन कार्यालयकाअनुसार आम हडतालको पहिलो दिन करीब ४० पर्यटक उक्त नाकाबाट नेपाल भित्रिए पनि बन्दको दोश्रो दिन दिउसोसम्ममा जम्मा थाईल्याण्ड, रुस, चाईना, ईजरायल सहीत ६ मुलुकका पर्यटक सो नाका हुदै नेपाल प्रबेश गरेका थिए । नेपालको पछिल्लो अबस्थाबाट अनभिज्ञ बिदेशी पर्यटकहरु धमाधम सिमानाकाबाट भारततर्फ फिर्ता जाने क्रम बढेको मात्र होईन नेपालबाट फिर्ता जाने पर्यटकले नेपालको अबस्था सिमामा आउदै गरेका पर्यटकलाई सुनाउन थालेपछी उनिहरु पनि अबस्था राम्रो नभएको भन्दै फिर्ता जान लागेका हुन् ।

बन्दका कारण पर्यटक आगमनमा कमी हुदा प्रबेशाज्ञाबापत आउने शुल्कसमेत घटन पुगेको छ । स्थलमार्ग हुदै सबैभन्दा बढी बिदेशी नेपाल प्रबेश गर्ने नाकाका रुपमा भैरहवाको बेलहिया नाका रहेको छ । सधै जसो पर्यटकले भरीभराउ हुने बेलहिया अध्यागमन कार्यालय अहिले सुनसान छ ।

-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?