NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल जाने पर्यटकहरुको संख्यामा बृद्धि PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 02 October 2010 16:25

काठमाडौं- अमेरिकाबाट नेपाल आउने पर्यटकहरुको संख्या गत सालभन्दा बृद्धि भएको देखिएको छ । यसैगरी, क्यानाडाबाट नेपाल आउने पर्यटकको संख्यापनि बृद्धि भएको छ ।

नेपाल पर्यटन बोर्डले शनिवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत साल सेप्टेम्बरसम्म नेपाल आउने अमेरिकी पर्यटकको संख्यामा क्रमश ७ दशमलब ४ प्रतिसतका दरले बृद्धि भएको छ भने क्यानाडाबाट नेपाल आउने पर्यटकको संख्यामा अझ बढि अर्थात र ९ दशमलव ६ प्रतिसतले बृद्धि भएको छ ।

पर्यटन बर्ष २०११ मनाउन लागेको नेपालमा अन्य देशबाट नेपाल आउने पर्यटकको संख्यामापनि बृद्धि भएको बोर्डको तथ्याङ्कले देखाएको छ । जसअनुसार दक्षिण एसियाली मुलुकबाट गत सालभन्दा यस बर्ष २० दशमलब ६ प्रतिसतका दरले धेरै पर्यटकहरु नेपाल आएका छन् । दक्षिण एसियाली मुलुकबाट यस साल ४१ हजार ३ सय ३१ जना पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आइपुगेका छन् ।

यसमध्ये बंगलादेशबाट ४९ दशमलव १, भारतबाट ४० दशमलव ९, पाकिस्तानबाट ४३ दशमलव ९ का दरले गत सालभन्दा पर्यटक बृद्धि भएको तथ्याङ्कले देखाएको छ । श्रीलङ्काबाट गत सालभन्दा यस साल पर्यटकको आगमनमा तथ्याङ्क घटेको देखिन्छ । तथ्याङ्कअनुसार, गत सालभन्दा १० दशमलब ६ प्रतिसतका दरले श्रीलङ्काली पर्यटक आगमनको संख्या घटेको छ । श्रीलङ्काको बिग्रदो राजनीतिक स्थितिका कारण यसबर्ष त्यहाँबाट आउने पर्यटकको अनुपात घटेको हुनसक्छ ।

अन्य मुलुकबाट आउने पर्यटक संख्या गत सालको यही महिनाभन्दा १५ दशमलव २ प्रतिसतका दरले बढेको बोर्डले जनाएको छ । गत सालभन्दा यस साल नेपाल आउने पर्यटक मध्ये चीनबाट १९ दशमलव ७, मलेसियाबाट ६८ दशमलव ५, दक्षिण कोरियाबाट ५२ दशमलव १, सिङ्गापुरबाट ३ दशमलब ७, थाइलैण्डबाट ८ दशमलब ९ प्रतिसत पर्यटक बढि छन् । जापानबाट चाहिँ गत सालभन्दा ७ दशमलब ७ प्रतिसत कम पर्यटकहरु नेपाल आएका छन् ।

यूरोपबाट ९ दशमलब ६ प्रतिसतका दरले पर्यटक बृद्धि देखिएको छ । जसअनुसार, जर्मनीबाट ३३ प्रतिसत, इटालीबाट ५ दशमलव १ प्रतिसत, निदरलैण्डबाट ८ दशमलव ४ प्रतिसत, स्पेन र डेनमार्कबाट ४५ दशमलव १ प्रतिसत आगमन बढेको छ ।

यसैगरी, नेपालको पुरानो सम्बन्ध भएको बेलायतबाट नेपाल आउने पर्यटकको संख्या गत साल भन्द्या ५ दशमलब ६ प्रतिसतका दरले बृद्धि भएको छ ।

उता अन्य युरोपेली मुलुकमध्ये नर्वेबाट २३ दशमलव ९ प्रतिसतका दरले, स्वीट्जरलैण्डबाट ४ दशमलव ६ प्रतिसतका दरले र चेक रिपब्लिकबाट ३२ दशमलव ९ प्रतिसतका दरले पर्यटक आगमन घटेको देखिएको छ ।

यद्यपी, समग्र युरोपबाट १६ दशमलव ९ प्रतिसतका दरले पर्यटक आगमनमा बृद्धि देखिएको पर्यटन बोर्डले जनाएको छ । न्युजिलैण्डबाट ३८ दशमलव ५  प्रतिसतका दरले पर्यटक बृद्धि देखिएको छ ।

बोर्डकाअनुसार, यस साल ३६ हजार ९ सय २१ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने नेपालीको संख्या चाहिँ ५५ हजार ९ सय ३६ छ ।

त्यस्तै यो बर्ष बाहिर जाने नेपालीको संख्या ५८ हजार १ सय ९० रहेको बताइएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?