Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal PDF Print E-mail
Share

Updated March 23, 2010: नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई श्रद्दा सुमन चढाऊँ

गिरिजाप्रसाद कोइराला: शब्द चित्र
(20 February, 1925-20 March 2010)

नाम: गिरिजाप्रसाद कोइराला (कान्छा छोरा)
जन्म मिति: १९८१ साल असार १८ गते
मृत्‍यु: बिसं २०६६ साल
शिक्षा: आइए
जन्मस्थान: सहस्रा टेडी, बिहार, भारत
पिता: कृष्णप्रसाद कोइराला
माता: दिव्या कोइराला (कृष्णप्रसाद कोइरालाकि कान्छी श्रीमती)
धर्मपत्नी: सुस्मा कोइराला (सन् १९८६ मा मृत्‍यु)
छोरी: सुजता कोइराला (हाल: उपप्रधानमन्त्री तथा परराश्ट्र मन्त्री)
शुष्माको पूर्वपतिको तर्फबाट जन्मेका छोरा: सुरेश कोइराला

प्रधानमन्त्री कार्यकाल: ४ पटक

प्रथम पटक: २०४८ साल जेठ १२-०५१ मंसीर १३ सम्म
(26 May 1991-29 November 1994)
दोश्रो पटक: २०५४ साल चैत ३० गते-०५५ पौष १० सम्म
(12 April 1998-December 25 1998)
तेश्रो पटक: २०५६ साल चैत ७ गते-०५८ साल साउन ४ सम्म
(20 March 2000-19 July 2001)
चौथो पटक: २०६३ साल वैशाख १२-०६५ साउन ३१ सम्म
(25 April 2006-15 August 2008)

Acting Head of State: 15 January 2007 -23 July 2008

Nepali Congress Party responsibility:

-President, Nepali Congress Party: 1991-until his death on March 20, 2010
नेकाको नवौँ महाधिवेशन (२०५३ साल वैशाख २६-२८) बाट सभापतिमा निर्बाचित- मृत्‍युपर्यन्त सभापति
-General Secretary, Nepali Congress Party: 1975-1991

Please leave your words of tribute below:

Former Prime Minister late Girijaprasad Koirala. Photo courtesy: Facebook profile photo from Girijaprasad Koirala

Read our related news:

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-न्यू योर्कका नेपालीहरु गिरिजा बाबुको सम्झनामा एक मग्न

-बेलायतमा एनआरएन युकेद्वारा स्व. गिरिजाप्रसाद कोईरालाको श्रद्धान्जली कार्यक्रम सम्पन्न

-गिरिज पुत्री सुजाताद्वारा स्व. गिरिजाप्रसाद कोइरालाको १३ औं पुन्यतिथिका अवसरमा सार्वजनिक निमन्त्रणा

-न्यू योर्कमा स्व. कोइरालाप्रति बृहत श्रद्धाञ्जली शोकसभा मार्च २८ मा हुने

-काँग्रेसमा उत्तराधिकारीको लडाईं: सुशिल-रामचन्द्र एकातिर, देउबा -सुजाता अर्कोतिर

-स्व. कोइरालाको श्रद्धान्जलि सभा चैत २१ गते साढे ११ बजे काठमाडौंको टुँडिखेल खुल्लामन्चमा हुने

-काँग्रेसमा नेत्रित्व लडाईंको रडाको पहिलो बैठक कहाँ गर्ने भन्ने मै

-उच्चस्तरीय राजनीतिक संयन्त्रको धुँवादार बिरोधि नेताहरु नै अहिले नेत्रित्वको होडमा सामेल

-छोरी सुजाताको पितृभोजका कारण स्व. कोइरालाको सार्वजनिक बृहद श्रद्धान्जली सभा दुई दिन पछि सर्यो

-बिभिन्न क्षेत्रका नेपालीहरु स्वर्गिय कोइरालाबारे के सोच्छन्?

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-"नयाँ संविधान बनाउने विगुल फुक्न म जनतासमक्ष आएको हुँ"
'संविधान नबनाइकन म मर्दिन ।' - नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला



Comments

avatar Anand Bist
+1
 
 
प्रेस विज्ञप्ति

हार्दिक श्रद्धान्जली

मार्च २० २०१०

न्यूयोर्क, अमेरिका । नेपाली कांग्रेसका सभापति आदरणीय गिरिजाप्रसाद कोइरालाको निधनको खबरबाट म अत्यन्त दुःखित र मर्माहत भएको छु ।

यो शोकको घडीमा प्रजातन्त्रको पहरेदार सिपाहीको नाताले प्रजातान्त्रिक आन्दोलनका धरोहर स्वर्गीय कोइरालाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु । साथै शोक सन्तप्त परिवारजन् एवं देश विदेशमा रहनु भएका नेपाली काँग्रेसका सबै शुभेच्छुक एवं समर्थकहरुमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै सबैप्रति समवेदना व्यक्त गर्दछु ।

नोबल शान्ति पुरस्कारका लागि मनोनित राष्ट्रनेता कोइरालाले राष्ट्रराष्ट्रियता र प्रजातन्त्रका पक्षमा पुर्याउनु भएको योगदान विश्व राजनीतिक माचमा सदा स्मरणीय रहनेछ ।

म यो घडी आदरणीय गिरिजाप्रसाद कोइरालाको कुशल नेतृत्व र अभिभावकीय भूमिकाको स्मरण गर्न चाहन्छु । उहाँले छाडेर जानु भएको सहमतिको राजनीति र शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्याउने गहन जिम्मेवारी पुरा गर्न नेपाली काँग्रेस र अरु सबै राजनीतिक दलहरु अझ बढी जिम्मेवार र प्रतिवद्ध हुनेछन् भन्ने विश्वास समेत व्यक्त गर्दछु ।

तत्कालीन निरकुंश शाही शासनको विरुद्ध अमेरिकाबाट विश्वजनमत जुटाउन दिवंगत कोइरालाले प्रदान गर्नुभएको मार्गनिर्देशन र उहाँको ऊर्जाशील प्रेरणाको समेत म यो घडी स्मरण गर्न चाहन्छु ।

राजनीतिक अभिभावक कोइरालाले छोडेर जानु भएको जिम्मेवारी पुरा गर्न सबै शुभेच्छुकहरु सक्रि यतापूर्वक लागि पर्नु हुनेछ । राष्ट्रिय शोकको यो घडीमा दिवंगत नेता कोइरालाप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।

जय नेपाल ।

आनन्द विष्ट
पूर्व अध्यक्ष,
नेपाली जनसम्पर्क समिति, अमेरिका ।
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Non-Resident Nepali Association (NRNA)
+1
 
 
गैर आवासीय नेपाली संघ

प्रेस विज्ञप्ति

यहि २०६६ चैत्र ७ गते शनिवार अध्क्षय देवमान हिराचनको अध्क्षतामा बसेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको साइवर बैठकमा नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाको निधन भएकोमा उहाँको संझनामा एक मिनट मौन धारण गरियो । साथै वैठकले निम्नअनुसारको शोक प्रस्ताव पारित गरेको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष, दोश्रो जनआन्दोलनका कमान्डर, नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाको देहावसानको समाचारले सम्पुर्ण गैरआवासीय नेपाली समुदायलाई स्तव्ध र अत्यन्त मर्माहत तुल्याएको छ । नेपाल राष्ट्रले एक सच्चा राष्ट्रवादि राजनेता एवम् नेपालको हालको शान्ति प्रकृयाका अभिभावक गुमाएको छ । संपुर्ण राष्ट्रका लागि यो अपुरणनिय क्षति हो । यस दुखद घडिमा यो संघ उहाँको परिवार, नेपाली काङ्ग्रेस र सवै नेपाली जनतामा हार्दिक समवेदना प्रकट गर्दछ । साथै सवैमा धैर्य धारण गर्ने शक्तिको लागि कामना गर्दछ । नेपालमा जारी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पु-याई नयाँ संविधानको निर्माण गरी नेपाललाई दीगो र द्रुदतर प्रगतिपथमा लैजान सकेमा नै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने यस संघको ठहर छ ।

मितीः २०६६ चैत्र ७

Non-Resident Nepali Association
International Coordination Council
Kathmandu, Nepal
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Dhaniram Sapkota
+1
 
 
विषय: हार्दिक श्रद्धान्जली

नैनं छिन्दन्ति शास्त्राणी नैनं दहति पावक:
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत: //२३//

(Weapons cannot harm the soul, fire cannot burn the soul,water cannot wet and air cannot dry up the soul.)

-श्रीमद्भगवद्गीता- अध्याय दुई, श्लोक २३

नेपाली लोकतान्त्रिक आन्दोलनका अथक शिखर पुरुष, मानव अधिकार र शान्तिका पक्षपाती तथा नेपाली काँग्रेसका सभापति श्री गिरिजाप्रसाद कोइरालाको अपर्झटको निधनले नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको स्थायित्वमा गम्भीर धक्का लाग्न पुगेको छ । यो दु:खद अवस्थामा हामी सबैले मानव अधिकार र कानूनको साशनको पछ्यमा काम गर्ने प्रेरणा स्वर्गीय कोइरालाबाट लिदै कोइरालाले देखाएको सहमति, सहकार्य र एकता तीन मन्त्रलाई वास्तविक व्यबहारमा उतार्नेतिर प्रयत्नशील रहदै श्रद्धेय गिरिजाप्रसाद कोइरालाको आत्माको शान्तिको कामना गर्दछु ।

जय नेपाल
धनिराम सापकोटा
जर्सी सिटी, न्यु जर्सी,
संयुक्त राज्य अमेरिका

'Be the Change You Want to See in the World' - Mahatma Gandhi
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nepali Jana Samparka Samiti America
+1
 
 
नेपाली जनसम्पर्क समिति, अमेरिका

एकताको दोश्रो महाधिवेशन तयारी समिति ,न्यूयोर्क, अमेरिका

मिति : मार्च २१, २०१०

प्रेस विज्ञप्ति

हार्दिक श्रद्धान्जली

न्यूयोर्क, अमेरिका । नेपाली कांग्रेसका सभापति आदरणीय गिरिजाप्रसाद कोइरालाको देहावसानको खबरबाट हामी अत्यन्तै मर्माहत भएका छौं ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर कोइरालाको देहावसानबाट सिङ्गो मुलुकलॆ नै अपुरणीय क्षति बेहोर्नु परेको छ । मुलुकको प्रजातान्त्रिक आन्दोलन र जारी शान्ति प्रकि्रयाका लागि कोइरालाको भूमिका सधैं स्मरणीय रहनेछ । विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कारका लागि मनोनित अन्तर्राष्ट्रिय जगतमा स्थापित राजनेता कोइरालाको व्यक्तित्व समकालीन राजनीतिज्ञहरुका माझ निकै उँचो रहेको छ ।
प्रजातन्त्रका पर्याय नेपाली राजनीतिक शिखर पुरुष कोइराला ६ दशकभन्दा लामो आफ्नो राजनीतिक यात्रामा दृढतापूर्वक लडिरहनु भयो । विराटनगरको मजदूर आन्दोलनबाट २३ वर्षको उमेरमा आफ्नो राजनीतिक यात्रा आरम्भ गर्नुभएका राष्ट्रनेता कोइरालाले राष्ट्रराष्ट्रियता र प्रजातन्त्रका पक्षमा पुर्याउनु भएको योगदान विश्व राजनीतिक माचमा सदा स्मरणीय रहनेछ ।

पाँच पटक प्रधानमन्त्री र संक्रमणकालीन अवस्थामा मुलुकको राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्नुभएका कोइरालाले जारी शान्ति प्रकि्रयालाई नेतृत्व प्रदान गरी पुर्याउनु भएको योगदान त्यतिकै अतुलनीय छ ।

२०६२- ६३ को लोकतान्त्रिक आन्दोलनका नेतृत्वकर्ता कोइराला प्रजातन्त्रका पक्षमा अनवरत संघर्ष गरिरहने अथक योद्धा हुनुहुन्थ्यो । उहाँले मुलुकको प्रजातान्त्रिक आन्दोलनको निरन्तर नेतृत्व गर्दै पुर्याउनु भएको उच्च योगदानको हामी यो घडी स्मरण गर्दछौं । उहाँकै नेतृत्वमा नेपालमा शाहवंशीय राजतन्त्रको अन्त माओवादीलाई शान्ति प्रकि्रयामा सहभागिता दोश्रो लोकतान्त्रिक आन्दोलन संविधान सभा निर्वाचन र मुलुकमा गणतन्त्रको घोषणा भएको हो ।

लोकतन्त्र प्रॆस स्वतन्त्रतानागरिक सर्वोच्चतास्वतन्त्र न्यायपालिका र मानव अधिकारका पक्षमा कहिल्यै कसैसँग सम्झौता नगर्ने र आफ्नो अडानमा दृढतापूर्वक लडिरहने लोकतन्त्रका पक्षपाती अथक योद्धा र लोकतान्त्रिक नेपालका अग्रणी नेतृत्वकर्ता दिवंगत गिरिजाप्रसाद कोइरालाको आत्माको चीर शान्तिको कामना गर्दछौं । सहमतिसहकार्य र एकतालाई सधैं जोड दिने कोइरालाले देखाउनु भएको मार्ग अवलम्वन गर्दै अघि बढ्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ । कोइरालाले अधुरै छाडेर जानु भएको शान्ति प्रकि्रयालाई सम्पन्न गर्ने र संविधान निर्माण प्रकि्रयालाई सफलतापूर्वक निष्कर्षमा पुर्याउने गहन दायित्व र जिम्मेवारी अहिले सबै राजनीतिक दलहरुको काँधमा आएको छ । संकटको यो घडीमा आईपरेको यो जिम्मेवारी पुरा गर्न दलहरु सफल हुनेछन् भन्ने विश्वास लिएका छौं ।

शोकको यो घडीमा विश्वभर छरिएर रहनुभएका क्रान्तिकारी नेता गिरिजाप्रसाद कोइरालाका आम शुभेच्छुक तथा नेपाली कांग्रेसका सबै समर्थित साथीहरु कतिपनि विचलित नभई आफ्ना अभिभावक कोइरालाले छोडेर जानु भएको जिम्मेवारी पुरा गर्न सकि्रयतापूर्वक लागि पर्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौं । साथै पार्टी सभापतिको रुपमा कोइरालाले यस समितिको एकताको महाधिवेशन गर्न दिनु भएको निर्देशनलाई सफल बनाउने प्रतिवद्धता पनि जाहेर गर्दछौं । राष्ट्रिय शोकको यो घडीमा कोइरालाप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त सबै परिवारजन् तथा काँग्रेस कार्यकर्ता,शुभेच्छुक,भातृ संघ संगठन लगायत प्रजातन्त्रका हिमायती सबैमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

जय नेपाल ।

खगेन्द्र जी सी
संयोजक एवं
नेपाली जनसम्पर्क समिति एकताको दोश्रो अधिवेशन तयारी कार्य समिति,
तथा सम्पूर्ण परिवार
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Gyanbandhu KC
0
 
 
महान इतिहाँस पुरुषको देहाबसान, अपुरणिय क्षति

आज नेपालमा प्रजातन्त्रको उदय भएको ६० बर्ष बित्यो । नेपालमा प्रजातन्त्रका तीन हस्ती मध्ये दोश्रा हस्तीका रुपमा परिचित थिए- दक्षिण एशियाकै पाका जेठा प्रजातन्त्रबादी नेता स्व. गिरिजाप्रसाद कोइराला ।

युवाबस्थादेखि जीबनको अन्तीम क्षणसम्म त्यसको पहरेदार सिपाही प्रजातन्त्र सेनानी इतिहास पुरुष स्व. गिरिजाप्रसाद कोइराला आज ८६ बर्षको बश उमेरमा शनिबार दिउसो १२ बजेर १० मिनेटमा हाम्रो सामुबाट अलबिदा हुनु भएको छ । लामो समयदेखी दम र फोक्सोको संक्रमणबाट पिडित कोइरालाको छोरी सुजाताको निबास मण्डिखाटारमा प्राण गयो । आफनो जीबनको पुरा समय प्रजातन्त्र र देशका लागी जो कोही नेताले दिएका छैनन् । स्व. बिपि कोइरालाले देखाएको बाटो सबै कोइराला परिवारबाट एकै तवरले नलिएपनि स्व. गिरिजाप्रसाद कोइरालाको त्याग, तपश्या र कर्तब्य निष्ठताको अन्तरराष्टिय मुल्याडकनका बाबजुद शान्ती नोबेल पुरस्कारका दावेदार बनेका हाम्रा भुपू प्रम स्व. कोइराला जीबनको अन्तिम क्षणसम्म देश जनता र मातृभुमीका लागी तन मन र बिबेक लगाई आफनो जीबन बाट बिदा हुनुभयेा । यसबाट सिडगो नेपाल नेपाली र बिश्वका हरेक कुना कुनामा छरिएर रहेका सबे नेपालीको मन दुखले रसाएको छ । किनभने वहाँले गर्नु भएको योगदानको मुल्याडकनको मापन नै अनन्य छ । यसबाट भावी नेपालको राजनितिमा सहर्ष सहमतिको यस्तो स्थान लिने अग्र ब्यक्तित्वको पुन जन्म होस । मानिसको देह लिला अजम्बर होइन प्रकृतिले नै यसलाई परिबर्तनमा ल्याउदो रहेछ । तर मर्नु भनेको नै जन्मनु रहेछ त्यसैले वहाँको योगदानबाट अभिप्रेरित हामी सबै प्रजातन्त्रबादी नेपालीहरु यस स्तब्ध घडीमा वहाका अन्तिम बाणीलाई पालना गर्दै भगवानसंग अपुरणिय क्षति सहन गर्ने शक्ति दिउन भन्दै एकताका साथ हार्दिक समबेदना तथा अन्तिम श्रद्दान्जली अर्पण गरौ । जय नेपाल जय प्रजातन्त्र जिन्दाबादप्रजातन्त्र अमर रहोस ।

-ज्ञान बन्धु के.सी., न्यूयोर्क
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Somnath Ghimire
0
 
 
I am in great shock and saddened by the death of our beloved leader of 21st century and Nepali Congress President Girija Babu "Sano Buwa", former prime minister, and democratic statesman. Now our country Nepal is in complete shock. At a critical time the country is approaching the end of peace process & Constitution making and Nepal needed his lifetime experience for democracy to end that process. His death was a great loss for nepal and nepalis.

May his soul rest in peace. You will always be missed!

Sincerely,
Somnath Ghimire
Hello: 1-917-742-7566
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Krishna Pokhrel, Rachana Pokhrel & Kriti Pokhrel
0
 
 
Dear all,

We have a tragic and heartfelt news from Nepal. I can't begin to express how saddened we are by the loss of The Nepali congress President, our respected leader G. P. koirala passed away in Nepal. We would like to extend our heartfelt condolence to his beloved family, N.C. leaders,members and all wishers and pray to God for the peace of departed soul. At this difficult moment, no one can count his contributions to the democracy and peace process in our motherland.


Most Sincerely,

Krishna Pokhrel
Rachana Pokhrel
Kriti Pokhrel

New York
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Tara Niraula
0
 
 
When I read news account of the death of Nepal’s great political leader Girija Prasad Koirala--a principled man who believed in fundamental democratic values and rights of people and never stopped fighting on behalf of those who could not fight for themselves—I was deeply saddened. I know every one of us who believes in freedom and a democracy will feel his absence immediately. When it came to Nepali people’s fundamental rights, he never would let people fail. He would often come out victorious in the most difficult times. I join all of you in celebrating his life and in honoring his memory.

I also extend my deepest condolence and sympathy to Sujata Koirala, other family members, friends and especially to those who stood by his side—the people. It was in this Koirala family blood that one stood for the voiceless and Girija Prasad Koirala did his part with utmost dedication and unmatched leadership. It will be almost impossible for anyone to fill in his shoes. He will be greatly missed!

May the departed should rest in peace!

Tara Niraula
*******************************************************
Dr. Tara N. Niraula
Manhattan, New York
USA
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Heera Singh
-1
 
 
HAMRO MAHAN DESH NEPAL LE EK MAHAN NETA KHOYO
NEPALI JAN SAHAYOGI SEVA SAMAJ KANPUR(INDIA) KO SAMAST MEMBER LE SHARDA ARPIT GARCHHAN
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Chetan Pant
-1
 
 
we are shocked as death of GP Koirala.We are really worried , Nepali media and journalist never forget him as a national hero.He was our guardian of democracy. chetan
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Durga Prasad Bhurtel
0
 
 
Dear Friends,
Mr. Girija Prasad Koirala (late) was one of the greatest leader of democratic movement of Nepal. Country will not forget his contribution for democratic movement. I express my deepest condolences and sympathy to Mr.Koirala’s family, relatives and friends.

Very Truly Yours

Durga Prasad Bhurtel
Attorney & Counselor at Law
New York, New York
646-342-2840
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Murari Sharma
0
 
 
Dear Friends,

Girija babu was one of the greatest political icons of Nepal. His death is an irreparable loss to the Koirala family, to the Nepali Congress Party, and to the people of Nepal. I express my deepest condolences and sympathy to the Koirala family and to the Congress Party at this saddest time for them. May the departed soul rest in peace.

Murari Sharma
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Keshab Raj Seadie, Esq
0
 
 
Dear Countrymen

Girijababu is headed to heaven! Our prayers are with Koirala family and Nepal.

I meant Nepal because the democratic soul has been taken away from us. It is a very sad day in the turbulent history of Nepal. One man was able to give so much for his country and will be remembered for his tenacity in dealing with impossible circumstances of establishing democracy and peace throughout the history from Ranas, Panchyat to Maoist.

In essence Girijababu was the BUBA (FATHER OF NEPAL). May his soul rest in peace at last.

Keshab Raj Seadie, Esq
New York
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Govinda Koirala
0
 
 
नेपाली कांग्रेसका सभापति हाम्रा आदरणीय नेता श्री गिरिजा प्रसाद कोइरालाको असामयिक निधनले हामीलाइ बिह्वल तुल्याएको छ। हामीले एउटा नेता मात्र होइन, एउटा अभिभाबक गुमाएका छौं, एउटा युगपुरुष गुमाएका छौं। समयले कुनै न कुनै नेता त जन्माउनेनै छ, तर सफलतामा नमात्तिने, असफलतामा नआत्तिने, आंटेकोकुरो गरेरै छाडने, बोलेकोकुरो पुर-याएरै छाडने, यस्ता गिरिजा प्रसाद कोइराला हामी कहिल्यै पाउने छैनौं। स्वर्गीय आत्माको चीर शान्तीको लागि कामना गर्दछु।

डा गोबिन्द कोइराला
Professor
University of Rio Grande
OHIO, USA
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Shree parajuli
0
 
 
Nepal and Nepalese people missed the real guardian of the nation. Missing of Statesman Girija Koirala cannnot be fulfil.
In the present crucial period of time of the country Nepal and Nepalese people will miss much more this demise leader.
My heartfelt condolance to Girija Babu
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Sanjay Thapa
0
 
 
नेपाली काग्रेस पार्टीका सभापती तथा पुर्व प्रधानमन्त्री श्री गिरीजाप्रशाद कोइरालाको मिति २०६६ साल चैत्र ७ गते सनिवार दिनको १२:१० वजे भएको दुखद निधनप्रति UNDF NY गहिरो दुख व्यक्त गर्नुको साथै सोक संतप्त परिवार र समस्त नेपाली काग्रेसका नेता कार्यकर्ताप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

सन्जय थापा
महासचिव
United Nepalese Democratic Forum
New York Chapter
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel

नेपालका भूतपूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस पार्टीका सभापति श्री गिरीजा प्रसाद कोइरालाको असामयिक निधनले हामी स्तव्ध भएका छौ । यस दु:खद घडीमा स्वर्गीय कोइरालाको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ ।

- लांघाली परिवार यू.एस.ए.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Gita khatri
-1
 
 
Tribute to Late Girija Prasad Koirala


A sadden death of President of Nepali Congress, greatest political leader of Nepal and first Acting Head of State of Republic of Nepal Late Girija Prasad Koirala is an irreparable loss to the Koirala family, to the Nepali Congress Party, and to the people of Nepal. I would like to express my deepest condolences and sympathy to the Koirala family and to the Nepali Congress Party at this saddest time. Words seem inadequate to express the sadness we what feel. May the departed soul rest in peace.


Gita Khatri
Past President
International Nepali Literary Society,
New York Chapter
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Kesav Lama
-1
 
 
We express our deep condolence at the sudden demise of Ex-Prime Minister & President Of Nepali Congress Minister Mr.Girija Prasad Koirala & great sympathy towards Koirala Family.

US Nepal Sports & Cultural Development Inc
New York
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Gita Khatri
-1
 
 
श्रद्धान्जली गिरीजाप्रसाद कोइरालालाई

आँशुलाई नयनमै बसाई
इतिहासलाई मनभित्रै सजाई
भेला भईरहेका छौ आज
तिमीलाई हाम्रो अन्तिम बिदाई
युग पुरुषको पगरीले शुसोभित तिमी
कृष्णप्रसाद कोइरालाका छोरा तिमी
माता दिव्य कोइराला
सतासी बर्षमा छाडि गयौ यस संसारलाई
राणा शासनकालदेखि लोकतन्त्रसम्म आयौ
सँधै शक्तिको केन्द्र बिन्दु समायौ
कहिले हरेस नखाने, कहिले घुडा नटेक्ने तिमी
माओबादीलाई पनि शान्ति प्रकृयासम्म
ल्याउन सफल तिमी
तिम्रो अभाव सँधै खट्किने छ
नेपाल र नेपालीलाई
तिम्रो भौतिक शरीर नरहे पनि
लोकतन्त्र रहीरहने छ पछ्याउँदै तिमीलाई
नेपालीका शिखर पुरुष तिमी
तिम्रो शान्ति स्थापना गर्ने सपना अधुरै रह्यो
इतिहास पुरुष महायोद्धा तिमी
हामी सबै प्रवासी नेपालीका तर्फबाट
अन्तिम श्रद्धान्जली अर्पण गछौ तिमीलाई

गीता खत्री
न्यृ्योर्क ।
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar santosh adhikari
0
 
 
नेपाली लोकतान्त्रिक आन्दोलनका अथक शिखर पुरुष, मानव अधिकार र शान्तिका पक्षपाती तथा नेपाली काँग्रेसका सभापति श्री गिरिजाप्रसाद कोइरालाको अपर्झटको निधनले नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको स्थायित्वमा गम्भीर धक्का लाग्न पुगेको छ । यो दु:खद अवस्थामा हामी सबैले मानव अधिकार र कानूनको साशनको पछ्यमा काम गर्ने प्रेरणा स्वर्गीय कोइरालाबाट लिदै कोइरालाले देखाएको सहमति, सहकार्य र एकता तीन मन्त्रलाई वास्तविक व्यबहारमा उतार्नेतिर प्रयत्नशील रहदै श्रद्धेय गिरिजाप्रसाद कोइरालाको आत्माको शान्तिको कामना गर्दछु ।

जय नेपाल
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama