NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"६१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविधतालाई आत्मसात गरौं, विभेदलाई अन्त्य गरौं" PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Thursday, 10 December 2009 15:16

काठमाण्डौ- राष्ट्रिय मानवअधिकार आयोगले अपराधीहरुलाई राजनीतिक संरक्षण िदंदा मुलुकमा दण्डहीनता बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

अन्तराष्ट्रिय मावनअधिकार दिवसका अवसरमा मंसिर २५ गते सन्देश जारी गरेर आयोगले दण्डहीनता प्रति चिन्ता व्यक्त गरेको हो ।

शान्ति प्रकि्रया अघि बढाउन दलहरुबीच सहकार्य हुन नसक्नु र शान्ति सम्झौताको प्रावधान विपरीत अभिव्यक्ति दिने र आ-आफ्नो अनुकूल हुने गरी व्याख्या गर्ने परिपाटीले नागरिक निराश बन्दै आयोगको गएको सन्देशमा उल्लेख छ । द्वन्द्वबाट विस्थापितलाई पुनःस्थापना गर्न र कब्जा गरिएका सम्पत्ति फिर्ता गराउन सरकारले यथेष्ट पहल नगरेको आयोगले जनाएको छ । महिला तथा बालबालिकामाथि हुने िहंसा र शोषण बन्द गर्न साचारकर्मी र मानवअधिकारकर्मीमाथि भएका िहंसाका घटनाका दोषीलाई कानुनी कारबाही गर्न र आवश्यक जनचेतना जगाउन आयोगले सरकार र सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

आयोगले अब बन्ने संविधान मानवअधिकार मैत्री हुनुपर्नेमा जोड दिएको छ । आज '६१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविधतालाई आत्मसात गरौं विभेदलाई अन्त्य गरौं' भन्ने सन्देशका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार दिवस भव्यतापूर्वक सम्पन्न गरिएपनि मानव अधिकार उलंघन गर्नेहरु भने अझै दण्डित भएका छैनन् ।

माओवादीबाट युद्ध शूरु भए यता गैरन्यायिक हत्यामा संलग्न एक जना अपराधीलाई पनि राज्य र माओवादी दुबैले अझै कारवाही गरेको छैन । काभ्रेकी मैना सुनुवार, भैरवनाथ गण, माडी घट्ना, दोरम्बा घट्ना, रामहरी श्रेष्ठ हत्या काण्ड आदिका एक जना पनि दोषीमाथि अझै कारवाही भएको छैन ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?