NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिनपछि अब सेना समायोजन प्राबिधिक समितिको म्याद ४ महिना थप PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 14 May 2010 10:46

काठमाडौं- सेना समायोजनकालागि गठन गरिएको प्राबिधिक समितिको म्याद ४ महिना थप भएको छ।

शुक्रबार बसेको समायोजन सम्बन्धी विशेष समितिको बैठकले म्याद थपको निर्णय गरेको हो । माओवादी प्रतिनिधिहरुको उपस्थिति बिना विशेष समितिको बैठक बसेको थियो । प्रधानमन्त्री बिशेष समितिको अध्यक्ष छन् । राष्ट्र संघीय शान्ति मिसन अनमिनको चार महिना अवधि थपसँगै प्राविधिक समितिको म्यादपनि थप भएको हो ।

माओवादीले प्रधानमन्त्री माधब नेपाल रहुन्जेल राजनीतिक सहमति हुन नसक्ने बताउँदै उनको राजिनामाको माग गर्दै आएको छ । त्यसैले विशेष समितिमा रहेका माओवादी सदस्यहरु बैठकमा अनुपस्थित थिए । माओवादीले पछिल्लो समय सेना समायोजन सम्बन्धी निर्णय उच्चस्तरीय राजनीतिक सहमति बिना हुन नसक्ने बताउँदै आएको छ । सेना समायोजन सम्बन्धमा निर्णय हुन नसक्दा राजनीतिक गतिरोधको अन्त्यपनि हुन सकेको छैन ।

बुधबार माओवादीले आयोजना गरेको बुद्धिजीवी, उद्योगी-व्यवसायीलगायत प्रबुद्ध बर्गसँगको अन्तरकि्रया कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले ४ महिनाभित्र सेना समायोजन कार्य गरिसक्न आफूहरु तैयार रहेको बताएका थिए । यसकालागि सेना लगायत सुरक्षा निकायमा समायोजित हुन चाहने र अन्य क्षेत्रमा पुनस्र्थापित हुन तैयार लडाकूहरुलाई जेठ महिनाभित्र छुट्याएर भिन्दाभिन्दै क्यान्टोनमेन्टमा राख्न सकिने प्रस्ताव सार्वजनिक गरेका थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?