NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'अनमिनले राज्यले माग्दासमेत लडाकूको विवरण दिएन, यसबाट अनिमन एक पक्षीय छ भन्ने प्रष्ट हुन्छ ।'- काग्रेस केन्द्रीय सदस्य डा. रामशरण महत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 12 March 2010 16:10

काठमाडौं- अनमिनको भूमिका विवादास्पद रहेको दावी गर्दै सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरुले यही कारण नेपालको शान्ति प्रक्रिया अप्ठ्यारो अवस्थामा पुगेको दावी गरेका छन् । उता माओवादीले भने अनमिनको प्रतिरक्षा जारी राखेको छ ।

'नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न आएको अनमिनले पाएको माओवादीका लडाकु र हतियारको अनुगमन कार्य प्रभावकारी भएन' नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा भने- 'उसले राज्यले माग्दासमेत लडाकूको विवरण दिएन, यसबाट अनिमन एक पक्षीय छ भन्ने प्रष्ट हुन्छ ।'

एमाले संविधान सभा दलका मुख्य सचेतक भीमप्रसाद आचार्यले अनमिनलाई नेपाली शान्ति प्रक्रियामा थोरै मात्र भूमिका दिएको उल्लेख गर्दै लडाकुको रेखदेख र नियन्त्रणको काम दलहरुको रहेको बताए । 'लडाकुको भरणपोषण गर्ने सरकारले संख्या थाहा पाउनु पर्छ' उनले भने- 'यो कुरा गॊप्य भन्नु आश्चर्यजनक हो ।'

अनमिनको पछिल्लो भूमिकाले विवाद उत्पन्न गरेको दावी गर्दै एमाले नेता आचार्यले यस्तो विवादले शान्ति प्रक्रियालाई अप्ठ्यारो अवस्थामा पुर्याउने बताए । यद्यपि विवादास्पद भूमिकाका बाबजुद अनमिनलाई फिर्ता पठाउन नहुने उनको तर्क थियो । राष्ट्र संघीय उपमहासचिव वी.लिन पास्कोले विहीबार अनमिनको आलोचना जारी रहे अनमिन फिर्ता हुने चेतावनी दिएका थिए ।

एमाले नेता आचार्यले प्रतिगमनकारीहरुले धर्मको नाममा टाउको उठाउने प्रयास गरिरहेको बेला अनमिनलाई फर्काए नेपालको शान्ति प्रक्रियामा रहेको अन्तर्राष्ट्रिय समर्थन गुम्ने विषयमा गंभिर हुनसमेत सबैसँग आग्रह गरे । पास्कोको उपरोक्त चेतावनीपछि सत्तारुढ एमालेका नेताबाट यस्तो धारणा आएको हो ।

कार्यक्रममा एकिकृत माओवादीका सभासद एवम् सैन्यविद्ध ईन्द्रजित राईले अन्तरिम संविधान र पूर्व सहमतिअनुसार हिडे बर्तमान गतिरोधको अन्त्य हुने दावी गर्दै समायोजनका विषयमा पहिला सम्पूर्ण कुरा निश्चित गरी काम थाल्नु पर्ने सुझाव दिएका थिए । सेना समायोजनकालागि अत्यन्त कम समय भएका बेला सरकारले लडाकुको सख्या मागेर समायोजन प्रक्रियालाई विगार्न खोजेको आरोप राईको थियो ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?