NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिनको प्रमाणिकरणमा नपरेका ४ हजार ८ माओवादी सेनालाई वाहिर निकाल्ने काम अन्तिम चरणमा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Tuesday, 01 December 2009 13:40

काठमाण्डौ- एनेकपा माओवादीका अयोग्य सेनालाई शिविरबाट बाहिर निकाल्ने प्रकि्रया अन्तिम चरणमा पुगेको छ ।

माओवादी सेनाका प्रवक्ता चन्द्रप्रकाश खनाल वलदेवले अनमिनको प्रमाणिकरणमा नपरेका सेनालाई वाहिर निकाल्ने काम अन्तिम चरणमा पुगेको बताएका छन् । अनमिनको प्रमाणिकरणमा नपरेका ४ हजार ८ माओवादी सेना देशभरीका २८ वटा शिविरमा रहेका छन् । उनीहरु मध्ये २९७३ जनालाई १८ वर्ष नपुगेको तथा १०३५ जनालाई २०६३ जेठ १२ गते भन्दा पछाडि भर्ना भएकाले अनमिनको प्रमाणिकरणमा परेका थिएनन् ।

गत असोज २५ गतेदेखि सरकार, अनमिन र माओवादीसम्मिलित संयुक्त टोलीले अयोग्य सेना हटाउने प्रकि्रया सिन्धुलीको दुधौलीबाट शुरु गरेको छ । यसअघि २ साउनमा शुरु भएको अयोग्य लडाकु हटाउने अभियान भने माओवादी विरोधका कारण रोकिएको थियो ।

माओवादी सेनाका प्रवक्ता खनालले क्यान्टोनमेन्टवाट वाहिर निकालीएकाहरुको जिम्मा जनमुक्ति सेनाले नलिने वरु उनीहरुलाई पार्टी संगठन र वाइसीयलमा राख्न सकिने बताएका छन् । अयोग्य सेना व्यवस्थापनका लागी अन्तराष्ट्रिय दातृ निकाय, सरकार र माओवादीबीच कुरा नमिलेपछि उनीहरुलाइ वाहिर निकाल्ने प्रकृयामा ढिलाइ भएको वलदेवको भनाई छ ।
प्रमाणिकरण नभएकाहरुलाई सरकार र दातृ निकायका तर्फवाट ३ देखि ११ महिनासम्मको कुनै व्यवशायीक तालिम दिने या वैदेशीक रोजगारीमा पठाउन सकिने गरि सरकारको प्रस्ताव ल्याएको छ । तर प्रवत्ता खनाल भने आफूहरुलाई यस्तो प्रस्ताव अस्विकार्य भएको बताउँछन् । अनमिनको प्रमाणितकरणमा परेका सेनालाई सरकारले दिने भत्ताबाटै अयोग्य सेनाकोसमेत भरणपोषण हुँदै आएको खनालले जानकारी दिए ।

यसैवीच, माओवादी सेनाले आफ्नो पाँचौं डिभिजन अन्तरगतका वि्रगेड कमान्डर दिपेन्द्रवहादुर शाहीलाई झुटा आरोप लगाएर नेपालगंजको कोहलपुरवाट प्रहरीले पक्राउ गरेकोमा विरोध गर्दै तत्काल शाहीसंग रहेको हतियारसहित रिहा गर्न माग गरेको छ । पारिवारिक भेटघाटमा घर गएका बेला उहाँलाई स्थानिय भिजिलान्ते र प्रशासनले गिरफ्तार गरिएको प्रवक्ता खनालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अनमिनद्धारा प्रमाणित हतियार सहित शाहीलाई निशर्त रिहा गर्न जनमुक्ति सेनाले माग गरेको छ । उनलाई प्रशाशनले मंसिर ६ गते मदिरा सेवन गरेको आरोपमा गिरफ्तार गरेको थियो । वक्तव्यमा शाहीलाई गृहमन्त्री भिम रावलको ठाडो निर्देशनमा झुठा मुद्धा लगाएको उल्लेख छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?