NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिनको ब्रिफिङप्रति काम चलाउ सरकारद्वारा बिरोध PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 16 September 2010 15:54

काठमाडौं- अनमिन प्रमुख करिन लनग्रेनले राष्ट्र संघीय सुरक्षा परिषद्मा गरेको ब्रिफिङप्रति माधवकुमार नेपालको नेतृत्वमा रहेको काम चलाउ सरकारले असन्तुष्टि जनाएको छ ।

लनग्रेनको ब्रिफिङ सन्तुलित नभएको दावी गर्दै भदौ ३१ गते सरकारले विज्ञप्ती जारी गरेको हो ।

काम चलाउ प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले सार्वजनिक गरेको विज्ञप्तीमा संविधान निर्माण शान्ति प्रकि्रयालगायत मुद्दामा लनग्रेनले सरकारमा रहेका दलहरुको कमीकमजोरी मात्र औंल्याएको र एकीकृत नेकपा माओवादीको प्रशंसा गरेको आरोप लगाएको छ । एक हप्ता अघि अनमिन प्रमुख लनग्रेनले सुरक्षा परिषद्मा नेपालबारे बि्रफिङ्ग गरेकी थिइन् ।  सुरक्षा परिषद्ले गएराति अनमिनको म्याद ४ महिना थपेको थियो ।

अनमिन माओवादी पक्षीय भयो भन्दै कुनै हालतमा म्याद थप्न नहुने पक्षमा लविङ्ग गर्दै आएका काँग्रेस र एमाले जस्ता सत्ताधारी दल अन्तिम समयमा आएर म्याद थप गर्न बाध्य भएको हो । माओवादीलाई पेलेर जानुपर्छ भन्ने सोचाईमा रहका एमाले काँग्रेसले अनमिनको भूमिकाको पछिल्लो समयमा निकै आलोचना गर्न थालेको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?