NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस महाभेला २०६७ सुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 09 December 2010 16:01

काठमाडौं- 'लोकतन्त्र र शान्तिका लागि सामूहिक ऐक्यवद्वता, समयमै मानवअधिकार-मैत्री संविधान राष्ट्रिय प्रतिवद्वता' भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस महाभेला २०६७ सुरु भएको छ ।

राष्ट्रिय मावनअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले मंसिर २३ गते राजधानीमा महाभेलाको उद्घाटन गरेका छन् ।

उपाध्यायले नेपालको राजनीति निरपेक्ष बन्दै गएकाले स्वतन्त्र पेसा व्यवसाय गर्ने सम्पूर्ण नेपाली नागरिकको मानवअधिकार भयावह स्थितिमा पुगेको धारणा राखे । संविधान लेखन र शान्ति प्रकि्रयालाई टुङ्गोमा पुर्याउन नसक्दा राजनैतिक दलहरुले मुलुक र नेपाली जनताको मानवअधिकार स्वतन्त्रता हनन् भएको उपाध्यायले ठोकुवा गरे ।

कार्यक्रममा मानवअधिकारकर्मी दमननाथ ढुङ्गानाले स्वतन्त्ररुपमा जीवनयापन गर्न र सुरक्षितरुपमा हिँड्डुल गर्न पाउने अवस्था बिस्तारै समाप्त हुन थाल्नु गंभिर चिन्ताको विषय भएको बताए । मानवअधिकारकर्मी मल्ल के सुन्दरले आफ्नो अधिकारको रक्षा गर्नका लागि सम्पूर्ण नागरिकले आफ्नो मानवअधिकार रक्षाका लागि खुलेर राजनैतिक दलहरुलाई शान्ति र संविधान लेखनकोलागि दबाब दिनुपर्नेमा जोड दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?