NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संरासं अध्यक्ष पदमा नेपालको हार: कुलचन्द्र गौतम: Right Man at the Wrong Time PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 26 February 2011 20:38

बिशेष टिप्पणी: न्यू योर्क- आखिर जे नहुनु पर्ने थियो त्यो भयो- संरासंको ६६ औं महासभाको अध्यक्ष पदमा बिजयी हुनु हर प्रकारबाट योग्य नेपाली छोरो कुलचन्द्र गौतमले अन्तिम समयमा आएर कतारका अध्यक्ष पदका उम्मेद्वार नासिर अब्दुलाजिज (Nassir Abdulaziz) संग पराजित हुनु पर्‍यो। नब निर्बाचित नासिर संरासंका पूर्व राजदूत हुन् भने गौतम निबर्तमान प्रधानमन्त्री माधवकुमार नेपालका सल्लाहकार तथा संरासंका पूर्व सहायक महासचिब हुन् ।

 

Kulchandra Gautam, Nepal's Presidential candidate for UN 66th General Assembly at Nepal's 61st Democracy Day celebration in New York on Feb 18, 2011. Photos: eEyeCam.com

अझ गौतम नेपाल सरकारको बलीको बोको भएकोभन्दा अतियुक्ती नहोला। (पढ्नुहोस् गौतमसंग युएस नेपाल अनलाइनले सन् २००८ को जनवरीमा लिएको बिशेष अन्तरवार्ता)

नेपालले यस अघी संरासंको साधारण सभाको बैठकमा उपसभापतिको रुपमा सन् १९५८, १९६७, १९७०, १९७४, १९८३, १९८८ र २००१ मा जिम्मेवारी निभाइ सकेको छ भने सन् २००० मा अध्यक्ष पदकालागि उम्मेद्बारी दिएको थियो।

संयुक्त राष्ट्र संघको सहायक महसचिब जस्तो माथिल्लो पदमा पुग्ने पहिलो र हालसम्म एक मात्र नेपाली छोरो कुलचन्द्र गौतमले हार्ने कारण उनको होइन, गर्बिलो ब्यक्तित्व जो छ उनको। तर उनी माधवकुमार नेपालको सल्लाहकार बन्नु नै घातक सिद्ध हुन पुगेको छ किन कि सल्लाहकार बन्नुको साटो नेपाल सरकारको बिशेष परराश्ट्रदूत (स्पेसल इन्भोए) बनाइनुभएको भए बिगत ६ महिनामा काम चलाऊ अवस्थामा मुलुक चल्न परेको बखत त्यो पद राम्रो काम आउन सक्थ्यो- भोटर मुलुकहरुसंग "डिल" गर्न आँफै खट्न सक्ने हैसियतमा।

अर्को बिडम्बना ! उनी सल्लाहकार बनेकै बेला संरासंको शान्ती मिसन 'अनमिन' लाई प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरुले सत्तो सराप गरे र १९ हजार माओवादी लडाकुलाई क्याम्प मै छोडेर अनमिनलाई नेपाल छोड्न वाध्य बनाइयो। संरासंको एउटा अङ्गलाई काम फत्ते गर्न नदिने सरकारको सल्लाहकार संरासंको अध्यक्षमा कसरी जित्न सम्भब थियो र ?

अझ अर्को दु:खद बिडम्बना त कतारको धन बलका अगाडि हाम्रा मन बलका धनी कुलचन्द्रले पछिल्लो हप्ता कतारले आफ्नो उम्मेदवारलाई जिताउन न्वारनदेखिको बल लगाएको बेला हाम्रो मुलुक भने नाम मात्रको सरकारको मुलुक बन्यो झलनाथ खनाललाई प्रधानमन्त्रीकोरुपमा पाएर र गौतमलाई चुनावइबी मैदानमा एक्लै लड्ने अभिमन्यू बनाएर।

यति हुँदा पनि चुनाबी मैदानमा डेटर अन्तिम घडीसम्म लड्ने हिम्मत गर्ने नेपाली छोरो कुलचन्द्र गौतमको साहसलाई सलाम गर्नै पर्छ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?