NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्र संघीय मिसन 'अनमिन' को पक्ष र बिपक्षमा लबिङको चरम रुप PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam & Sitaram Baral   
Friday, 27 August 2010 11:14

काठमाडौं- काम चलाउ रक्षा मन्त्री एवम नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले नेपाली सेनाको भर्ना प्रकि्रयाविरुद्ध बोलेको भन्दै अनमिनलाई सेनाको अनुगमनबाट अलग गर्नुपर्ने बताएकी छन् ।

अनमिन कार्यक्षेत्रभन्दा बाहिर गएर सेनाको भर्नाबारे बोलेको भन्दै भण्डारीले अनमिनलाई नेपालबाट विदा गर्नुपर्ने धारणा राखिन् ।

एमाले काठमाडौं जिल्ला समितिले भदौ ११ गते आयोजना गरेको महिला भेलामा बोल्दै उनले सेना भर्ना प्रकृयाको विषय अनमिनको कार्यक्षेत्र भित्र नपर्ने भएकोले जेएमसीसीको बैठकमा गएर सेनाले स्पष्टिकरण दिनु नपर्ने दाबी गरिन । अनमिनले निष्पक्ष काम गर्न नसकेको भन्दै अनमिन माओवादीको प्रवक्ता बनेको उनको आरोप छ ।

यसैबीच, काम चलाउ गृहमन्त्री भीम रावलले अनमिनको अनुगमनबाट सेनालाई अलग गर्ने निष्कर्षमा सरकार पुगिसकेको बताएका छन् । आज विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा माओवादी र प्रधानमन्त्री लगायत सरकारका वरिष्ठ मन्त्रीहरुसँग भएको छलफल पछि पत्रकारसँग कुरा गर्दै उनले अनमिनको अनुगमनले सेनालाई दैनिक कामकाजमासमेत बाधा पुगेको दावी गरे ।

अनमिनले जनसेना र नेपाली सेनाको अनुगमन गर्दै आएको छ । त्यसैगरी गोलाबारुद खरिद गर्न र सशस्त्र गस्ती गर्नसमेत बन्देज लगाइएको छ । संविधान सभाको निर्वाचनमा माओवादी सवैभन्दा ठुलो पार्टीका रुपमा उदाएपछि सेनाले आफुलाई अनमिनको अनुगमनवाट अलग राख्नुपर्ने माग गर्दै आएको छ ।

उता आगामी भदौ ३० गतेदेखि सकिने राष्ट्र संघीय मिसन 'अनमिन'को म्याद थप नगर्न आफ्नो मर्यादा नाघेर नेपाली सेनाले लविङ्ग सुरु गरेपछि शान्ति सम्झौताको एक पक्ष एकिकृत नेकपा माओवादीले पनि 'अनमिन'को म्याद थप गर्ने पक्षमा लविङ्ग सुरु गरेको छ ।

यसै क्रममा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा परिषदका सदस्य रहेका विश्वका पाँच महाशक्ति राष्ट्रका नेपालस्थित प्रमुखहरुसँग शुक्रबार भेटघाट गरेका छन् ।

सुरक्षा परिषदको सदस्य रहेका पाँच महाशक्ति राष्ट्र अमेरिका, रुस, बेलायत, फ्रान्स र चीनका नेपालस्थित राजदूतहरुसँग माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरुले शान्ति प्रकृया टुङ्गोमा नपुगेको बताउँदै अनमिनको म्याद थपकालागि भूमिका खेलिदिन आग्रह गरेका थिए । पाँचतारे होटल याक एण्ड यतिमा शुक्रबार अपरान्ह भएको कुराकानीमा माओवादी नेतृत्वले अनमिनको म्याद थप नभए नेपालको शान्ति प्रकृया दुर्घटनामा पर्ने बताएका थिए ।

माओवादी श्रोतका अनुसार, शान्ति प्रकृया भंग गर्नकालागि नेपाली सेनालाई उचालेर अनमिनलाई धपाउन खोजिएको दावी गर्दै प्रचण्डले अनमिन फिर्ता पठाउन सकिए माओवादीलाई समाप्त पार्न सकिने निष्कर्षमा सत्तारुढ दलहरु रहेको दावी गरेका थिए । अनमिन राखिएपनि उसको कार्यक्षेत्र खुम्च्याउने गरी राख्ने प्रयासपनि आफूहरुलाई मान्य नभएको बताउँदै प्रचण्डले दुर्घटनामा पर्न लागेको नेपालको शान्ति प्रकृयालाई लिकमै डोर्याउनकालागि अनमिनको कार्यक्षेत्र यथावत राखेर यसको म्याद थप गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

-Santa Bagam & Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?