NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'शान्ति प्रक्रियालाई अनमिनका कारण कुनै अप्ठ्यारो पर्दैन, अनमिनको औचित्य पनि छैन'- शान्ति तथा पुननिर्माण मन्त्री रकम चेम्जोङ्ग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 21 December 2010 21:30

काठमाडौं- शान्ति तथा पुननिर्माण मन्त्री रकम चेम्जोङ्गले अकस्मात एकीकृत नेकपा (माओवादी) ले अनमिनको म्याद थप गर्नु पर्ने भनी राखेको नयाँ प्रस्ताव लडाकुलाई विशेष समिति मातहतमा नल्याउने रणनीति भएको दावी गरेका छन् ।

रोचक कुरा के छ भने, अनमिनको म्याद थप गर्नु्पर्छ भनेर सबैभन्दा पहिलो पटक प्रस्ताव राख्नेपनि शान्तिमन्त्री चेम्जोङ्ग नै हुन् । माओवादीले सोमबार शान्ति मन्त्रालयमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा अनमिनको म्याद थप्नुपर्ने प्रस्ताव राखेको थियो ।

मन्त्री चेम्जोङ्गले अहिले असान्दर्भिक रुपमा माओवादीले उठाएको नयाँ प्रस्ताव अनमिनको म्याद थप्नुभन्दा पनि विशेष समितिको मातहतमा लडाकुलाई ल्याउन नचाहने माओवादीको नियत भएको दावी गरे । 'माओवादी सेना समायोजन गर्न चाहँदैन भन्ने देखिन्छ, अनमिनको म्याद थपेर शान्ति प्रक्रियालाई लम्ब्याउँदै आफ्नो अभिष्ट पुरा गर्न चाहन्छ' उनले भने- 'सरकारले माओवादीको त्यो अभिष्ट पुरा हुन दिने छैन ।'

माओवादीले सोमबारको तीन ठूला दलको शीर्ष नेताको बैठकमा अनमिनको म्याद थप्नुपर्ने प्रस्ताव राख्नुभन्दा तीन हप्ता अघि मन्त्री चेम्जोङ्गले रसुवाको बेत्रावतीमा आयोजित कार्यक्रममा माओवादीसँग रहेका लडाकू व्यवस्थापन नभएसम्म अनमिन फर्काउन नमिल्ने, बरु अनमिनको म्याद थपिने बताएका थिए । उनको यो अभिव्यक्तिलाई सरकारी सन्चारमाध्यम राष्ट्रिय समाचार समितिलेसमेत दिएको थियो ।

नेपालको शान्ति प्रक्रिया नेपालकै राजनीतिक दल र नागरिक समाजको प्रयासमा अगाडि बढेको दावी गर्दै शान्ति प्रक्रियालाई अगाडि बढाउन राजनीतिक ईमान्तारिता भए कुनै पनि विदेशीको आवश्यकता नपर्ने चेम्जोङ्गले बताए । 'हाम्रो शान्ति प्रकि्रया कसैले मध्यस्थता गरेर अगाडि बढेको होईन' उनको भनाई थियो- 'त्यसैले कसैको मध्यस्थता चाहिदैन, शान्ति प्रक्रियालाई अनमिनका कारण कुनै अप्ठ्यारो पर्दैन, अनमिनको औचित्य पनि छैन ।'

कार्यक्रममा एकीकृत नेकपा (माओवादी) का सचिव सीपी गजुरेलले चाहिँ सेना समायोजन नहुँदै अनमिनलाई विदा गरे नेपालको शान्ति प्रकि्रया धरापमा पर्ने चेतावनी दिए । 'अनमिन बृहद शान्ति प्रक्रियाको अंग भएकोले अनमिनविना शान्ति प्रकि्रया निश्कर्षमा पुग्न सक्दैन' उनले भने अनमिन नेपालको शान्ति प्रकि्रयाबाट अलग भए बृहद शान्ति सम्झौता नै पुनरावलोकन गर्नु पर्छ ।' सरकारले शान्ति प्रक्रिया नसकिदै अनमिनलाई हटाएर शान्ति प्रक्रिया धरापमा पार्ने र बृहद शान्ति सम्झौतालाई पुनरावलोकन गरेर नयाँ परिस्थिति उत्पन्न गर्न खोजेको आरोप माओवादी नेता गजुरेलको थियो ।

अनमिनको म्याद अन्तिम पटक थप्ने विषयमा आफ्नो पार्टीको विमति रहेको बताउँदै गजुरेलले अनमिनलाई अहिलेकै म्याण्डेडमा म्याद थप गर्नु पर्ने माग गरे । 'अनमिनको म्याण्डेट सीमित गर्ने कार्य हामीलाई मान्य छैन' उनले भने- 'यसो गरिए त्यो शान्ति सम्झौताको ठाडो उल्लंघन हुन्छ, यसले शान्ति प्रक्रियालाई धरापमा पर्छ, राष्ट्र संघले नेपाल सरकारको चिठीको आधारमा अन्तिम पटक अनमिनको म्याद थपेको हो, फेरि नेपाल सरकार र राजनीतिक दलहरुले सहमति गरेर म्याद थप्न आग्रह गरे म्याद थप्न सकिनेछ ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?