NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनमिन नभएपनि काम चल्ने शान्ती मन्त्रिको दाबी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 21 November 2010 21:37

काठमाडौ- शान्ति तथा पुर्ननिर्माण मन्त्री रकम चेम्जोङले राष्ट्र संघीय नियोग अनमिन फिर्ता गएपनि शान्ति प्रक्रिया टुङगोमा पुर्याउन दलहरुको सहमतिमा छुट्टै संयन्त्र गठन गरिने बताएका छन् ।

सरकार र माओवादीबीच शान्ति सम्झौता भएको ४ बर्ष पुगी ५ बर्ष पुगेको अवसरमा राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री चेम्जोङले उपरोक्त कुरा बताएका हुन् । सरकार माओवादीबीच २०६३ मंसीर ५ गते बृहत शान्ति सम्झौता भएको थियो ।

मन्त्री चेम्जोङले पुष अन्तिम साता अनमिनको समयावधि सकिने भएपनि दलहरुले लडाकूको व्यवस्थापन र रेखदेखकालागि संयन्त्र गठन गर्नेमा सहमति जुट्ने बताए । 'अनमिन छँदै शान्ति प्रक्रिया टुङगोमा पुर्याउनुको विकल्प छैन, तर अनमिन गएपनि दलहरु शान्ति प्रकि्रया टुङ्ग्याउन सक्षम हुनेछन्' उनले भने- 'राजनीतिक दलहरुबीच यसबीचमा भएका सहमतिहरुको प्रकृतिलाई हेर्दा यस्तो विश्वास गर्न सकिने आधार छन् ।'

गोर्खाको पालुङ्गटारमा जारी माओवादीको विस्तारित वैठकमा सहभागी हुने माओवादी लडाकूलाई अन्य सुविधा प्राप्त भएपनि समायोजनमा सामेल गर्न नसकिने शान्ति मन्त्रीले चेतावनी दिए । 'राजनीतिक कार्यक्रममा सहभागी हुने लडाकूलाई कुनै हालतमा सुरक्षा अंगमा समायोजन गर्न सकिँदैन' उनले भने- 'राजनीतिक पार्टीको बैठकमा माओवादी लडाकू सहभागी हुनु शान्ति सम्झौता विपरित कार्य हो ।'
शान्ति सम्झौताले देखाएको बाटोमा सबै हिँडेको बताउदै उनले यसले गति नलिनुमा माओवादी सबैभन्दा बढी जिम्मेवार रहेको आरोप लगाए । माओवादीले सेना समायोजनमा उदासिनता देखाएको दावी गर्दै उनले शान्ति सम्झौता अवरुद्धपनि माओवादीकै कारण भएको आरोप लगाए । माओवादी स्वयंकालागि सेना समायोजन कार्य टाउको दुखाइको बिषय भएको उनको कथन थियो । उनले शान्ति सम्झौताका ४ बर्षको गम्भीरतापर्वक समीक्षा हुनुपर्नेमा जोड पनि दिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?