NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संरासं महासभाको सभापति पदको लबिङकालागि प्रधानमन्त्रीद्वारा रात्रिभोजको आयोजना गरिदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 28 August 2010 17:06

काठमाडौं- संयुक्त राष्ट्र संघीय महासभाको सभापति पदमा नेपालको तर्फबाट प्रत्यासी बनेका संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको पक्षमा लविङ्ग गर्न प्रधानमन्त्री माधब नेपालले सोमबार रात्रिभोजको आयोजना गरेका छन् ।


 

Kulchandra Gautam. Photos: Ang Kami Sherpa (PhotoHera.com) for USNepalOnline.Com

सोमबार (३० अगष्ट) कालागि आयोजना गरिएको सो रात्रिभोजमा नेपालमा दूतावास रहेका एसियाली मुलुकका राजदूतहरु उपस्थित हुनेछन् ।

नेपालले पहिलो पटक सन् २०११-१२ कोलागि राष्ट्र संघीय महासभाको सभापतिकालागि उम्मेदवारी दिएको हो । यस पटक एसियाली मुलुकको तर्फबाट सभापति चुनिन पाउने भएकाले नेपालले उम्मेदवारी दिएको हो । बिगतमा एसियाली मुलुक मलेसिया, दक्षिण कोरिया, बहराइन र बंगलादेशले अध्यक्षताको अवसर पाइसकेका छन् । यो अवसरकालागि नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्दैछ ।

गौतम संयुक्त राष्ट्र संघको पूर्व सहायक महासचिब पद र संयुक्त राष्ट्र संघीय बाल कोश-युनिशेफ (UNICEF) को पूर्व उप निर्देशक हुन्। उनी संरासंको सबैभन्दा माथिल्लो ओहदामा पुग्ने पहिलो नेपाली पनि हुन्। (Note: गौतमसंग युएस नेपाल अनलाइनले सन् २००८ मा लिएको बिशेष अन्तर्वाता पढ्नुहोस्)

अघिल्लो महिना गौतमलाई सभापतिको प्रत्यासी बनाउने निर्णय भएपछि नेपालले उनको पक्षमा यसै हप्तादेखि लविङ्ग सुरु गरिसकेको छ । यसैक्रममा प्रधानमन्त्री नेपालले विहीबार श्रीलंकाका राजदूत थोसापाला हेगावे, पाकिस्तानी राजदूत सैयद अब्बर हुसेन र बंगलादेशका राजदूत निमचन्द्र भौमिकसँग परामर्श गरी नेपाललाई मतदान गर्न आग्रह गरिसकेका छन् ।

अर्को बर्ष हुने निर्वाचनमा नेपाल बिजय हुन सके त्यो बर्ष संयुक्त राष्ट्र संघको महासभामा गौतमले सभापतित्वको अवसर पाउनेछन् । महासभाका सभापतिको महाशक्ति राष्ट्रका राष्ट्राध्यक्षहरुसँग सहजै भेटघाट र कुराकानी हुनसक्ने भएकाले नेपालजस्तो कमजोर र अल्पबिकसित राष्ट्रको उम्मेदवारले जित्न सके यो निकै उपलब्धिको बिषय हुन सक्छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?