NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपालद्वारा संरासं सुरक्षा परिषदको रिजोलुसन १३२५/१८२० कार्यन्बयन गर्न राष्ट्रिय कार्य योजना (National Action Plan) को भब्य अन्तरराष्ट्रिय समुद्घाटन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 24 February 2011 09:23

Exclusive: 1 video, 13 photos: न्यू योर्क- नेपालमा प्रधानमन्त्री झलनाथ खनाल सरकार बनाउन असफल रहेपनि न्यू योर्कमा प्रधानमन्त्री, मन्त्री र सभासद बिना आइपुगेका नेपाली प्रतिनिधीहरु भने विश्वभरका सरकार र मानबधिकारवादीहरुको सामू केही गर्न सक्ने आँट देखाउन सफल भएकाछन्।

 

Panelists at the launch of Nepal's National Action Plan which will implement UN Security Council Resolutions 1325 & 1820 at UN Millenlium Plaza Hotel, Manhattan, New York on February 23, 2011. Photos: eEyeCam.com

बुधवार अपरान्ह संयुक्त राष्ट्र संघ (संरासं) को मुख्यालय अघिल्तिर रहेको मिलेनियम युएन प्लाजा होटेलको एक सभाकक्षमा नेपाल सरकार, UNFPA, Norwegian Ministry of Foriegn Affairs र UN Women द्वारा आयोजना गरिएको संरासं सुरक्षा परिषदको रिजोलुसन १३२५/१८२०  कार्यन्बयन गर्न "राष्ट्रिय कार्य योजना" (National Action Plan) को अन्तरराष्ट्रिय उद्घाटन समारोहमा नेपालीहरुले उक्त ईतिहास रच्न सफल भएका हुन् ।

के हो संरासं सुरक्षा परिषदको रिजोलुसन १३२५ / १८२० ?

संरासं सुरक्षा परिषदको रिजोलुसन १३२५/१८२० ( UN Security Council Resolution 1325 & 1820) ले महिलाहरुको युद्धको बेला र युद्धपछि संक्रमणको बेला उनीहरुको शान्ती र सुरक्षाको ब्यबस्था गर्न संरासं सदस्य राष्ट्रहरुलाई निर्देसन गर्दछ।

रिजोलुसन १३२५ संरासं सुरक्षा परिषदद्वारा सन् २००० को अक्टोबर ३१ मा डाकिएको ४ हजार २१३ औं बैठकद्वारा पारित गरिएको हो भने रिजोलुसन १८२० सन् २००८ को जून १९ मा बसेको परिषदको ५ हजार ९१६ औँ बैठकद्वारा पारित गरिएको हो।

नेपाल यो रिसोलुसन अन्तर्गत "राष्ट्रिय कार्य योजना" (National Action Plan-NAP) पारित गर्ने पहिलो दक्षिण एशियाली मुलुक बनेको छ भने एशियामा फिलिपिन्सपछि नेपाल दोश्रो मुलुक बन्न सफल भएको छ।

तर खड्केको कुरो के भने नेपालमा महिलामाथि हिंशा, बलात्कार र हत्या गर्ने ब्यक्ती या समूहलाई संरक्षण दिने या कार्यबाही गर्न हिच्किचाउने सरकार र सरकारका सुरक्षा निकाय र राजनितिक दलहरु रहँदासम्म नेपाली प्रतिनिधीहरुले अन्तरराश्ट्रिय मन्चमा नेपालले नेशनल एक्सन प्लान बनाउन सफल भएको जति ठुल्ठुला कुरा गरेपनि नेपालमा महिलाहरुमाथि हिंशा, बलात्कार र हत्या जस्ता अमानबीय र लैँगिक बिभेद ज्युँकात्यूँ रहने छ।

उक्त उद्घाटन समारोहको सभापतित्व नेपाल सरकार शान्ती तथा पुनर्संरचना मन्त्रालयका सचिब ध्रुबप्रशाद शर्माले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य र मोडरेसन संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी एबं महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले गर्नुभएको थियो।


H.E. Ambassador Gyanchandra Acharya at the event. Photos: eEyeCam.com

कार्यक्रममा उक्त मन्त्रालयका संयुक्त सचिब साधुराम सापकोटाले नेपाल सरकारले कसरी उक्त 'राष्ट्रिय कार्य योजना' तयार गर्न सफल भयो भन्ने बिषयमा प्रकाश पार्नुभएको थियो भने नागरिक अगुवाहरुकोतर्फबाट "साथी" संस्थाकि प्रेसिडेन्ट बन्दना राणाले नेपालले 'राष्ट्रिय कार्य योजना' (NAP) निर्माणकाक्रममा हाँसिल गरेको उपलब्धीहरुको चर्चा गर्दै त्यसको साँचो कार्यन्बयन गर्नमा सरकार, राजनितिक दल र अन्य सम्बन्धित सबैको दायित्य भएको बताउनु भएको थियो।


Bandana Rana (center), President of Saathi, a Kathmandu based Nepalese NGO, Anne F. Stenhammer, Regional Programme Director, South Asia Sub-regional Office (left) and Dhrubaprasad Sharma, Secretary, Ministry of Peace and Reconstruction, Nepal. Photos: eEyeCam.com

हेर्नुहोस् उक्त कार्यक्रमबारे युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो:
Nepal's National Action Plan (UN SCR 1325 & 1820) on Women launching in NY, Feb23, 2011




कार्यक्रममा UNFPA (United Nations Population Fund) डेप्युटी कार्यकारी डाइरेक्टर पुर्णिमा माने, युएन महिला (UN Women) कि दक्षिण एशिया हेर्ने क्षेत्रिय कार्यक्रम डाइरेक्टर एन स्टेन्हामर र नवेजियन सरकारकि नेपालमा शान्ती स्थापनामा सहयोग समूहकि अध्यक्ष इङ्रिड फिस्काले सम्बोधन गर्दै नेपालले दश बर्से युद्ध पश्चात यती चाँडो NAP तयार पार्न सफल भएकोमा खुशी ब्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा नेपाल सरकारबाट सहभागी १२ जना र नागरिक समाजका ३ जना गरी १५ जना नेपाली प्रतिनिधीहरुको उपस्थित थियो।

नेपाल सरकारको प्रतिनिधी मन्डलकोरुपमा शान्ती तथा पुनर्संरचना मन्त्रालयका सचिब शर्मा र संयुक्त सचिब सापकोटाका अलावा प्रधानमन्त्री कार्यालयका संयुक्त सचिब कमलकुमार श्रेष्ठ, राष्ट्रिय महिला आयोगकि नैनकला थापा मगर, Women for Human Rights single women Group (WHR) कि अध्यक्ष चन्द्रिका भट्टराई, युएन महिला (UN Women) कि नेपाल कार्यक्रम संयोजक संगिता थापा, LDC Watch का डा. अर्जुन कार्की, नेपालस्थित रोयल नर्बेजियन राजदूताबासकि कमला बिष्ट, शान्ती तथा पुनर्संरचना मन्त्रालयका अन्डर सेक्रेटरी दलबहादुर केसी, सोही मन्त्रालयका सेक्सन अफिसर हरीप्रशाद चापागाइ महिला, बालबालिका र समाज कल्याण मन्त्रालयका गजबहादुर राणालगायतका हुनुहुन्थ्यो।


Nepalese delegates with other dignitaries at the launch of Nepal's National Action Plan which will implement UN Security Council Resolutions 1325 & 1820 at UN Millenlium Plaza Hotel, Manhattan, New York on February 23, 2011. Photos: eEyeCam.com

त्यसैगरी, नागरिक समाजकोतर्फबाट भाग लिनुहुनेहरुमा 'साथी' कि राणा अलावा WAPPDCA (Women's alliance for peace, power, democracy and the constituent assembly) कि कार्यक्रम अधिक्रित चन्दा थापा मगर र शान्ती मालिकाकि तुल्सालता अमात्य हुनुहुन्थ्यो।

पंक्तिकारलाई बिजिनेस कार्ड नै नलिइ आउनु भएका प्रधानमन्त्री खनाल कार्यालयका संयुक्त सचिब श्रेष्ठले हात पुछ्ने पेपर न्याप्किनमा आफ्नो नाम र पद लेखेर दिदा जति अनौठो लाग्यो त्योभन्दा बेशी राजदूत आचार्य जस्तो फुर्तिलो र अनुभवी डिप्लोम्याट हुँदाहुँदै शान्ती तथा पुनर्संरचना मन्त्रालयका त्यतिका सचिबहरुको लस्कर न्यू योर्कमा किन आउनु परेको होला भनेर मनमा कुरो खेलेको खेलेइ छ।

Note: आज बिहीवार संयुक्त राष्ट्र संघ अन्तर्गतको ४ महिला ममिला हेर्ने संस्थाहरु गत बर्षको जुलाईमा बिलय गरी बनाइएको नयाँ संस्था UN Women (युएन महिला) को शुभारम्भ गरिदैछ।

UN Women मा बिलय गरिएका संस्थाहरु United Nations Development Fund for Women (UNIFEM), Division for the Advancement of Women (DAW), International Research and Training Institute for the Advancement of Women (INSTRAW) र Office of the Special Adviser on Gender Issues and Advancement of Women (OSAGI) हुन्।

उता नेपालकि बन्दना राणा, संयुक्त राष्ट्र संघीय महासचिब बान कि-मुनलगायत केही देशका राष्ट्रपतिहरुसंग कुममाकुम जुधाएर प्यानेलमा सहभागी हुने कुरा युएनडिपिका भ्रस्टाचार निवारण सम्बन्धी बिभाग संयोजक डा. अङ्गराज तिमील्सिनाले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएको छ। युएस नेपाल अनलाइनको अपडेट जारी छ।

Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 



Ingrid Fiskaa, State Secretary for International Development, Ministry of Foriegn Affairs, Norway. Photos: eEyeCam.com



Anne F. Stenhammer, Regional Programme Director, South Asia Sub-regional Office (left) and Dhrubaprasad Sharma, Secretary, Ministry of Peace and Reconstruction, Nepal. Photos: eEyeCam.com

Purnima Mane, Deputy Executive Director (Programme), UNFPA. Photos: eEyeCam.com

Sadhuram Sapkota, Joint Secretary,  Ministry of Peace and Reconstruction, Nepal. Photos: eEyeCam.com


Dhrubaprasad Sharma, Secretary, Ministry of Peace and Reconstruction, Nepal. Photos: eEyeCam.com







Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?