NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"अनमिनले शान्ति प्रकि्रयामा विभेदकारी ढंगले प्रतिवेदन बुझाएको छ"- शान्तिमन्त्री रकम चेम्जोङ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 09 November 2009 15:12
काठमाडौं- राष्ट्रसंघीय महासचिव बान कि मुनले सुरक्षा परिषदमा पेश गरेको नेपाल प्रतिवेदनबाट अप्ठेरोमा परेपछि सरकारका मन्त्रीहरुले त्यसको दोष शान्ति स्थापनाकालागि कार्यरत मिसन (अनमिन) माथि थोपर्न थालेका छन् ।

शान्ति तथा पुननिर्माणमन्त्री रकम चेम्जोङले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा दिएको प्रतिवेदनबारे अनमिन प्रमुख करिन लिनग्रानसँग सरकारले स्पष्टिकरण लिइने चेतावनी दिएका छन् । माओवादी पक्षबाट प्रभावित भएर प्रतिवेदन बुझाएको भन्दै त्यसबारे सवाल उठाउने बताएका हुन् ।

'अनमिनले शान्ति प्रकि्रयामा विभेदकारी ढंगले प्रतिवेदन बुझाएको छ' मन्त्री चेम्जोङले भने- 'अनमिन प्रमुख आएपछि भेटेर त्यसबारे कुरा उठाइनेछ ।' अनमिनले आफ्नो दायरा नाघेर काम गर्न खोजेको आरोप लगाउँदै उनले सेना र हतियारको सुपरीवेक्षणको जिम्मेवारी पाएको अनमिनलाई राजनीतिक निर्देशन गर्ने अधिकार नभएको बताए । पछिल्लो समय सरकारको ढाँचाबारे टिप्पणी गर्नु आपत्तिजनक रहेको बताउँदै उनले भने- 'अनमिनले निर्देशन दिने होइन तोकेको काम गर्ने हो ।' अनमिनलाई नेपाल सरकारको विपक्षमा बोल्ने अधिकार नभएको बताए ।

आउँदो चार हप्ताभित्र अयोग्य लडाकुलाई शिविर बाहिर अस्थायी बसोबास गराइसक्ने बताउँदै उनले अयोग्य लडाकुलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारे चाडै टुंगोमा पुगिने जानकारी दिएका छन् । लडाकु व्यवस्थापन जतिसक्दो छिटो गर्न विशेष समितिको बैठक नियमित हुनथालेको बताउँदै उनले समितिको निर्णयका आधारमा काम अगाडि बढाइने स्पष्ट पारे । 'सेना समायोजन भने यही मितिभित्र हुन्छ भनेर चाहिँ कठिन भएको' उनको भनाई थियो । शान्ति प्रक्रियामा लडाकु व्यवस्थापन महत्वपूर्ण हुने बताउँदै उनले यसलाई प्राथमिकता दिने बताए ।

माओवादी आन्दोलनमाथि सेना परिचालन गर्ने कतिपय मन्त्रीको भनाईप्रति भने शान्तिमन्त्री चेम्जोङ्गले असहमति जनाएका छन् । 'माओवादी आन्दोलन नियन्त्रणका लागि सेना परिचालन हुँदैन' चेम्जोङ्गले भने- 'शान्ति सुरक्षा गर्न आवश्यक संयन्त्र परिचालन गर्न सक्षम भएपनि सेना परिचालन गर्ने छलफलसम्म पुगिएको छैन ।' माओवादी आन्दोलन लामो समयसम्म नलम्बिने बताउँदै शान्ति मन्त्री चेम्जोङ्गले 'सरकारका कतिपय मन्त्रीबाट सेना परिचालनबारे आएका अभिव्यक्ति उनीहरुको व्यक्तिगत विचार हुन्' शान्तिमन्त्री चेम्जोङ्गले ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?