NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रमद्वारा राष्ट्र सङ्घको महासभा अध्यक्ष निर्वाचनमा नेपाललाई समर्थन गर्न आग्रह PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Friday, 03 September 2010 07:59

काठमाडौं- काम चलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिका, जापान र बेलायतका राजनदुतहरुसँग भेटी संयुक्त राष्ट्र सङ्घको महासभा अध्यक्ष निर्वाचनमा नेपाललाई समर्थन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिँहदरबारमा भदौ १८ गते काम चलाउ प्रधानमन्त्री नेपालले अमेरिकी राजदूत स्कट एच डेलिसी, जापानी राजदूत तात्सुओ मिजुनो र बेलायती राजदूत जोन टकनोटलाई भेटेका हुन् ।

नेपालका तर्फबाट महासभा अध्यक्ष कुलचन्द्र गौतमले उम्मेदवारी दिएका छन् । जित्ने संभावना हुँदाहुँदै पनि सरकारले प्रर्याप्त तयारी नगरेको आलोचना आउन थालेपछि प्रधानमन्त्री नेपालले कुटनीतिक पहल थालेका हुन् ।

यसैवीच, भेटमा राष्ट्र सङ्घीय राजनीतिक मिसन अनमिनको अवधि तथा कार्यादेश, समसामयिक राजनीतिक स्थिति र द्विपक्षीय सहयोग अभिवृद्धि बारेमा पनि छलफल भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?