NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संयुक्त राष्ट्र सङ्घद्वारा अयोग्य सावित भई बाहिरिएका माओवादी लडाकूलाई पुनःस्थापनाकालागि सम्पर्क राख्न आग्रह PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Sunday, 13 February 2011 09:55

काठमाडौं- शिविरबाट अयोग्य सावित भई बाहिरिएका एकीकृत नेकपा माओवादीका लडाकूलाई पुनःस्थापनाकालागि सम्पर्क राख्न नेपालस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयले आग्रह गरेको छ ।



संयुक्त राष्ट्र सङ्घीय कार्यालयले फागुन १ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका आवासीय प्रतिनिधि रोवर्ट पाइपरले पुनःस्थापना प्याकेजकालागि अयोग्य लडाकूहरुलाई ४० दिनभित्र सम्पर्क राख्न आह्वान गरेका हुन् ।

माओवादी शिविरबाट अघिल्लो वर्ष निकालिएका चार हजार ८ जना अयोग्य लडाकूमध्ये हालसम्म दुई हजार ३९३ जना मात्र राष्ट्र सङ्घले सचालन गरेको पुनःस्थापना कार्यक्रममा दर्ता भएको छ । पूर्व लडाकूको पुनःस्थापना कार्यक्रममा सहभागी हुने अन्तिम समय आगामी मार्च २२ निर्धारण गरिएको छ । शिविरबाट बाहिरिएका अन्य अयोग्य लडाकूलाई पनि छिट्टै सम्पर्कमा आएर सीप आर्जन गर्ने तथा नागरिक जीवन जिउने अवसरलाई सदुपयोग गर्न आवासीय प्रतिनिधि पाइपरले आग्रह गरे ।

कार्यक्रममा राष्ट्रस ङ्घले पुनःस्थापना प्याकेजअन्तर्गत चारवटा कार्यक्रम समावेश गरेको छ । जसमा शिक्षा, घरेलु तथा लघुउद्यम व्यावसायिक र स्वास्थ्य सेवासँग सम्बन्धित तालिम रहेका छन् । अयोग्य ठहरीएका लडाकुहरुको उचित व्यवस्थापन गर्न नसके शान्ति प्रकि्रयाको अर्थ नहुने भएपनि सम्बन्धीत निकायको यसतर्फ प्रर्याप्त ध्यान अझै पुगेको देखिदैन ।

-Santa Bagam in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?