NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

उपमहासचिव पास्कोको प्रधानसेनापतिसँग भेट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 12 March 2010 16:09

काठमाडौं- उपमहासचिव पास्कोलॆ नेपालबाट फिर्ता हुनुअघि प्रधानसेनापति छत्रमानसिँह गुरुङ्गसँगपनि भेट गरेका थिए ।

सेनाको जङ्गी अड्डामा भएको भेटघाटमा पास्कोलॆ लामो समयदेखि नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

भेटका क्रममा उपमहासचिव पास्कोले नेपालको जारी शान्ति प्रकि्रयालाई नजिकबाट नियालेर हेरिरहेको र यसका विकसित घटनाक्रमप्रति पनि जानकार रहेको बताउँदै अनमिनको म्यान्डेट सानो भएको कुरालाई सबैले बुझ्नु पर्नेमा जोड दिएका थिए । प्रधानसेनापतिसँगको कुराकानीमा उनले सेना समायोजनबारेपनि जिज्ञाशा राखेका थिए । प्रधानसेनापति गुरुङ्गले नेपाली सेनाले नेपालको अन्तरिम संविधान, बृहत शान्ति सम्झौता पालना गरिरहेको बताउँदै जारी शान्ति प्रक्रियामा सेना अवरोधको रुपमा नरहने विश्वास दिलाएका थिए ।

गुरुङ्गले बृहत शान्ति सम्झौता लागु भएको छ महिनाभित्र माओवादी लडाकुहरुको रेखदेख, समायोजन तथा पुनस्र्थापना सम्पन्न भइसक्नु पर्नेमा नेपाली सेनासमेत तीन वर्षभन्दा लामो समयसम्म व्यारेकभित्र सिमित बस्नु परेको बताउँदै नेपाली जनताले नेपाली सेनालाई यसरी अनिश्चतकालसम्म ब्यारेकभित्र सिमित राख्न नचाहेको दावी गरेका थिए ।

पास्कोले सेनामा कति संख्यामा माओवादी लडाकूलाई समायोजन गर्न सकिन्छ भन्नेपनि बुझ्न चाहेका थिए । गुरुङ्गले बृहत राजनीतिक सहमति पश्चात व्यक्तिगत हैसियतमा स्थापित मापदण्ड पुरा गरेकालाईमात्र समायोजन गर्न सकिने, तर समुहगत रुपमा भने समायोजन गराउन नहुने बताएका थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?