NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

शिवीरमा रहेका जनसेनाको तथ्याँक गोप्य रहने- संयुक्त राष्ट्र संघका उपमहासचिव वी लिन पास्को PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Thursday, 11 March 2010 18:20

काठमाडौं- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका उपमहासचिव वी लिन पास्कोले शिवीरमा रहेका जनसेनाको तथ्याँक गोप्य रहने स्पस्ट पारेका छन् ।

सरकारले अनमिनसंग जनसेनाका पछिल्लो तथ्याङक पटकपटक माग गरिरहेका वेला उनले लथ्याङक सरकारलाई उपलव्ध गराउनु जरुरी नभएको धारणा राखेका हुन् । नेपाल निति अध्ययन प्रतिष्ठानले राजधानिमा फागुन २७ गते आयोजना गरेको अन्तकिर्रयामा पास्कोले जनसेनाका शिविरको अनुगमनका लागि मात्रै आदेश पाएको अनमिनप्रति धेरै अपेक्षा गर्नु गल्ती हुने बताए ।

सेना समायोजन र व्यवस्थापन सम्वन्धी माओवादी र सरकार विचको विभिन्न सम्झौतामा दुवै पक्षले सेनाको तथ्याङक गोप्य रहने सहमति भएकाले सरकारले अनमिनको आलोचना गर्नु उचित नहुने पास्कोको भनाई छ । नेपालको शान्ती प्रकृया पछिल्लो चरणमा सुस्त हुँदै गएकोमा दुख व्यक्त गर्दै उनले तत्काल ठोस कदम चाल्न राजनैतिक दलहरुलाई आग्रह समते गरे । पास्कोले जनसेनाको व्यवशायीकरण, समायोजन र नेपाली सेनाको लोकतान्त्रिकरणमासमेत जोड दिए ।

नेपालको तीन दिने भ्रमणमा आउनुभएका राष्टसँघीय उपमहासचिव विलिन पास्कोले अनमिनको भूमिकालाई आफूखुशी व्याख्या नगर्न वर्तमान सरकार र त्यसमा सहभागि राजनैतिक दलहरुलाई आग्रहसमेत गरेका छन् ।  पास्कोले  अनमिनले आफ्नो म्याण्डेडभन्दा बाहिर गएर काम गर्न नसक्ने वताएपछि अन्तकिर्रयामा सहभागी सत्ताधारी दलका नेताहरुले अनमिनले सकारात्मक भूमिका खेल्न नसकेको गुनासो गरेका थिए ।

यसैबीच, नेपालको शान्ति प्रकि्रयाका बिषयमा छलफल गर्न नेपाल भ्रमणमा रहेका राष्ट्रसंघिय राजनितिक मामिलाका सम्वन्धि उप महासचिव बि. लिन पास्कोले आज चितवनको जृटपानीस्थि जनमुक्ति सेना नेपालको तेश्रो डिभिजनको अवलोकन गरे । चितवन पुगेका पास्कोले नेपालको शान्ति प्रकि्रयाका बिषयमा त्यहाँ रहेको अनमिनको टोली र जनमुक्ति सेनाका कमाण्डरसंग भेटघाट गरी शिविरको अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसको जफावमा जनमुक्ति सेना नेपालका तेश्रो डिभिजन कमाण्डर धनबहादुर मास्केले नेपालको शान्ति प्रकि्रया, भौतिक पुर्वाधार, अयोग्य बर्हिगमनका बिषयमा कुरा राख्नु भएको तेश्रो डिभिजन सचिव जनक बिष्टले जानकारी दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?