NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संरासं महासचिब मुन नेपालको शान्ती प्रकृयाप्रति चिन्तित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 30 April 2011 13:26

काठमाडौँ- नेपालको शान्ति प्रकृया एकदमै गम्भीर मोडमा पुगेको ठहर संयुक्त राष्ट्र संघले गरॆको छ ।

शान्ति प्रकृयालाई सफल बनाउन र पूर्णता दिन जिम्मेवार पक्षहरुले अधिकतम लचकता अपनाउनुपर्ने कुरामा संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले जोड दिएका छन् । महासचिव मुनले शान्ति प्रकृयालाई्र सफलतापूर्वक पूर्णता दिन नेपालका राजनीतिक दलहरुसित आह्वानसमेत गरेका छन् ।

महासचिव मुनले जारी गरेको विज्ञप्तिमा निर्धारित समयमा संविधान निमार्णकालागि तत्परता देखाउन आग्रह गरिएको छ । संविधान जारी गर्नु पर्ने समय आउन एक महिना पनि नभएकोमा स्मरण गराउँदै मुनले सम्बिधान निर्माण र शान्ति प्रकृया सम्पन्न गर्नुपर्ने सम्बन्धका विवादित मुद्धाहरुमा सहमतिकालागि अधिकतम प्रयास गर्नपनि महासचिव मुनले नेपालका राजनीतिक दलहरुसँग आग्रह गरेका छन् ।

एक दशक लामो माओवादी विद्रोहपछिको निर्णायक क्षणमा रहेको बताउँदै राष्ट्र संघीय महासचिव मुनले माओवादी सेनाका लडाकुहरुको समायोजन र व्यवस्थापनसहित संविधान जारी गर्ने दिशामा अधिकतम लचकता अपनाउन र यी बिषयमा साझा धारणा बनाउन राजनीतिक नेतृत्वलाई सुझाव दिएका छन् । स्मरणीय छ, राष्ट्रसंघीय महासचिव मुनले नेपालको शान्ति प्रकृयाको सम्बन्धमा विशेष चासो देखाउँदै आएका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?